|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
![]() Archive» Words: Sitaram. Photos: Sources. See for details. Illustration: eEyeCam पूर्व युवराज पारशको बिदेश पलायनको कारण के हो? काठमाडौं, July 2, 2008- राजतन्त्रको अन्त्यसँगै "पूर्व युवराज" हुन पुगेका पारश शाह मंगलबार सिङ्गापुरतर्फ लागेका छन् । उनको सिङ्गापुर गमनको उद्देश्यका बारेमा केही बताइएको छैन । पिता ज्ञानेन्द्रले नेपालमै बसेर देशको बृहत्तर हितकालागि केही गर्छु भन्ने बताइरहेका बेला छोरा पारशको देश छाड्ने निर्णयले विभिन्न आशंका जन्माएको छ । पूर्व युवराज पारश मंगलबार दिउसो निर्मल निवासबाट आफैले गाडी हाँकी त्रिभुवन विमानस्थल पुगेका थिए । साधारण नेपाली नागरिकमा परिणत भएपनि विमानमा नपुगुन्जेलसम्म उनकालागि विमानस्थलको बिशिष्ठ कक्ष प्रयोग गर्न दिइएको थियो । विमानस्थलको विशिष्ठ कक्ष विदेशी राजनीतिक पार्टीका बरिष्ठ नेता, मध्यमस्तरका विदेशी पाहुना र सभासद्सम्मलाई प्रयोग गर्न दिने चलन छ । पूर्व युवराज पारशको सिङ्गापुर यात्रामा साथमा आफ्नै बहिनी ज्वाईं राजबहादुर िसंह र अर्का ज्वाईं आदर्शविक्रम राणा (स्वं धीरेन्द्रका छोरी ज्वाई) छन् । विमानस्थलसम्म उनलाई पूर्व शाही परिवारका युवा नातेदारहरु पुगेका थिए । अर्को हप्ता पारश पत्नी हिमानी, पूर्व नवयुवराज ह्दयेन्द्र, छोरी पूर्णिका र कृतिकासँगै सिङ्गापुर जाने बताइएको छ । पिता ज्ञानेन्द्रले सहजै गद्दी छाडेकोमा असहमत पारशले आफ्ना निकटस्थहरुलाई अब आफूले केही गरेर देखाइदिने बताउने गरेका छन् । दुई वर्षअघि आन्दोलन उत्कर्षमा रहेका बेला 'पिता ज्ञानेन्द्रले गद्दी त्याग गरेर आफूलाई छाडेको भए केही गरेर देखाउन सक्थें' भन्ने गरेका पारशले नेपालीहरुको नियमित र सहज आवतजावत हुने िसंगापुर छान्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कतिपयले भने तीन सन्तानको शिक्षादीक्षाको उचित प्रबन्धकालागि पारश त्यसतर्फ गएको अनुमान गरेका छन् । पूर्व शाही परिवार यतिबेला पारशका तीन बच्चाहरुको सुरक्षाप्रति चिन्तित रहेको बताइन्छ । उनीहरु राजधानीको रुपिज इन्टरनेशनल स्कूलमा पढ्दै आएका थिए । राजतन्त्रको अन्त्यसँगै पूर्व शाही परिवारको सुरक्षामा भारीमात्रामा कटौति भइसकेको छ । त्यसयता उनीहरु स्कुलपनि जान छाडेका थिए । |
|
|
पूर्व युवराज्ञी हिमानी अहिलेमात्र होइन शाही कदमपछि राजतन्त्रको विरोध हुन
थालेदेखि नै आफ्ना बच्चाहरुको सुरक्षामा चिन्तित थिइन् । लोकतान्त्रिक
आन्दोलन सफल भएपछि उनको चिन्ता अरु बढेको थियो । त्यसैले उनले परिवारको
सुरक्षा तथा बच्चाहरुको उचित शिक्षादीक्षाकालागि भारतको देहरादुन वा
अन्यत्र कतै जाने प्रस्ताव राखेकी थिइन्। तर जे जस्तो स्थिति उत्पन्न भएपनि नेपालमै रहने ससुरा पूर्व राजा ज्ञानेन्द्रको अडानको कारण उनको प्रस्ताव शाही परिवारमा स्वीकार्य हुनसकेको थिएन । तर पारश परिवारले भने बच्चाहरुलाई पढाउन सिङ्गापुर लैजाने र त्यसै बहानामा उतै 'सेटल' हुने योजना बनाएको बुझिएको छ । पारशले सिङ्गापुर गएर स्कूललगायत बासस्थानको व्यवस्था गर्ने त्यसपछि हिमानी बच्चासहित सिङ्गापुर पुग्ने र विस्तारै उतै बस्न थाल्ने चर्चा राजधानीमा व्याप्त छ । -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||