Local:    Kathmandu:
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल



































































News from Nepal: नेपाली खबरहरु

चुनावी परिणामको 'विद्युतीय झड्का'-१ एमाले ले सरकार किन छोड्यो?

काठमाडौं, April 17, 2008-चुनावी परिणाम एमालेकालागि साँच्चिकै 'विद्युतीय झड्का' साबित भएको छ । त्यही झड्काको परिणाम एमालेको तर्फबाट अन्तरिम सरकारमा सामेल एमालेका मन्त्रीहरुले बुधवार प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासमक्ष राजिनामा बुझाएका छन् । चुनावसम्बन्धी अन्तिम नतिजा नआउँदै सरकारबाट हट्ने निर्णयको आलोचना पार्टीपंक्तिभित्र र वाहिरबाट समेत हुन थालेको छ ।

अपरान्ह साँढे तीन बजे प्रधानमन्त्री निवास वालुवाटार छिरेका एमाले मन्त्रीहरुले पार्टी निर्णय बमोजिम आफूहरु राजिनामा दिन आएको बताए । जवाफमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजिनामा बारे पुनर्विचार गर्न भनेका थिए। तर परराष्ट्रमन्त्री शाहना प्रधानले प्रम कोइरालासँग 'यो पार्टीको निर्णय हो हामीले पुनर्विचार गर्न मिल्दैन ।' भनेर जवाफ दिएकी थिइन्‌ । राजिनामाकालागि बालुवाटारमा आधा घण्टा बिताएका एमाले मन्त्रीहरु गाडीको लस्करकासाथ बाहिर निस्केका थिए । राजिनामाकालागि जाँदा भने उनीहरु भिन्दाभिन्दै समयमा बालुवाटार छिरेका थिए ।

एमाले मन्त्रीहरुले दिएको राजिनामा प्रधानमन्त्री कोइरालाले स्वीकृत गर्नुभएको छैन । सरकार सात दलीय सहमतिको आधारमा चल्नुपर्ने सम्बैधानिक प्रावधानका कारण प्रधानमन्त्रीले राजिनामा स्वीकृति नगर्नुभएको बुझिएको छ । सात दल र माओवादीबीच खटपट भै गत भदौमा माओवादीका सबै मन्त्रीहरुले सामुहिक राजिनामा िदंदापनि प्रधानमन्त्रीले उनीहरुको राजिनामा स्वीकृत गर्नुभएको थिएन ।

त्यसको करिव पाँच महिनापछि माओवादीका मन्त्रीहरु पुन सरकारमा सामेल हुन पुगेका थिए । एमालेको हकमापनि यही कुरा दोहोरिने देखिएको छ । प्रधानमन्त्री कोइरालाले मंगलबार एमालेका निवर्तमान महासचिव माधव नेपाल र कावा महासचिव अमृत बोहरासँगको वार्तामापनि यही कुराको जनाउ दिनुभएको थियो ।

प्रधानमन्त्री कोइरालाले एमालेको शीर्ष नेतृत्व टोलीलाई भन्नुभएको थियो- 'मेरो आग्रह छ सरकारबाट नहट्नुस् बरु चुनावी परिणाम आएपछि हामीसिँगै हटौंला । हामीसँगै माओवादीपनि यो सरकारबाट हट्छ । तर तपाईंहरुले हट्ने औपचारिक निर्णय गरिसक्नुभएकाले तपाईंहरुका मन्त्रीहरुको राजिनामा आउला । निर्णय गरेपछि कार्यान्वयपनि गर्नुपर्छ । तर राजिनामा स्वीकृत भने हुनेछैन ।' प्रधानमन्त्रीको भनाईमा नेपाल र बोहराले सहमति जनाएका थिए ।

एमाले मन्त्रीका एक दिन
एमाले स्थायी समितिको बैठकले सरकारबाट हट्ने निर्णय आइतबार नै गरिसकेको थियो । तर सबै मन्त्रीहरु काठमाडौंमा थिएनन् । सामान्य प्रशासनमन्त्री रामचन्द्र यादव प्रत्यासी रहेको सिरहा- ३ मा एक मतदान केन्द्रको मतदान रद्द भएकाले जिल्लातिरै थिए । यसअघिका ४ चुनाव हारेपनि यसपटक लमजुङ्ग- २ मा भारी मतान्तरले विजयी पर्यटनमन्त्री पृथ्वीसुब्बा गुरुङ्ग लमजुङ्गमै पहिलो जीतको खुसीयालीमा हर्षोल्लाष मनाउँदै थिए ।

कैलाली- २ बाट चुनाव हारेका शिक्षा राज्यमन्त्री मोहन सिंह राठौरपनि उतै थिए । पर्सामा पार्टीलाई जिताउन खटिएका कृषि राज्यमन्त्री नागेन्द्र चौधरीपनि जिल्लामै थिए । परराष्ट्रमन्त्री शाहना प्रधान, काठमाडौं- १ बाट पराजित प्रदीप नेपाल, स्याङ्जा- ३ कालागि टिकट पाएपनि जिल्ला कार्यकर्ताद्धारा टिकट खोसिएका कृषिमन्त्री छविलाल विश्वकर्मामात्र भने काठमाडौंमै थिए ।

उनीहरु सबैलाई बुधबार विहानसम्म राजिनामाकालागि काठमाडौं आउन एमालेले निर्देशन दिएको थियो । तर काठमाडौं बाहिर भएकामध्ये मन्त्री गुरुङ्ग र चौधरीमात्र आउन सके । मंगलबार परराष्ट्र मन्त्रालयमा ड्राफ्‍ट गरिएको संयुक्त राजिनामा पत्रमा सबैलाई हस्ताक्षर गराइयो । र ५ जना एमाले मन्त्रीहरु अपरान्ह बालुवाटार पुगे ।


बालुवाटार जानुअघि एमाले मन्त्रीहरु आ- आफ्‍नो मन्त्रालयमा पुगी कर्मचारीहरुको विदाई ग्रहण गरेका थिए । परराष्ट्र मन्त्रीको रुपमा पार्टीको नेतृत्व गर्नुभएकी शाहना प्रधानले परराष्ट्रमा आयोजित विदाई कार्यक्रममा आफ्‍नो कार्यकालमा भएका कामहरुबारे कर्मचारीहरुलाई जानकारी गराउँदै आफूलाई कर्मचारीतन्त्रबाट पूर्ण सहयोग मिलेको बताउनु भएको थियो । उहाँले आफूलाई सहयोग गर्ने कर्मचारीहरुलाई धन्यवाद दिनुभयो । अन्य मन्त्रीहरुले पनि यसै गरे ।

परराष्ट्र मन्त्रालयमा आफ्‍नो कार्यकाल छोटो हुने सोचका साथ आफू आएपनि लामो सयम कार्यभार सम्हाल्नु परेको मन्त्री प्रधानको भनाई थियो । 'पोहोर बैशाखमा चुनाव हुन्छ भनेर हामी सरकारमा गएका थियौं तर न बैशाखमा भयो न त मंसीरमा नै । चैत्रमा आएर चुनाव भयो । र हामी १३ महिना सरकारमा रह्यौं । अव चुनाव सम्पन्न भैसकेको छ । त्यसैले सरकारबाट हट्न म राजिनामाकालागि अब बालुवाटार जाँदैछु ।'

द्धैध भूमिका
एमालेले चुनावपछिपनि सहमतिकै आधारमा संयुक्त सरकार बनाइने तर जसको बहुमत हुन्छ सरकार उसैको नेतृत्वमा बन्ने बताउँदै आएको थियो । एमाले, माओवादी र नेपाली कांग्रेसको चुनावी घोषणा पत्रमा भेटिएका थोरै समानतामध्ये चुनावपछिको सरकार गठनसम्बन्धी यो प्रावधानपनि थियो । एमालेले संविधान सभामा जसको बहुमत हुन्छ उसैको नेतृत्वमा सरकार गठन हुनेभएपनि संविधान सभामा हुने समानुपातिक प्रतिनिधित्वको हैसियतका आधारमा सरकारमा सामेल गरिने कुरा आफ्‍नो चुनावी घोषणा पत्रमा उल्लेख गरेको छ ।

चुनावी भाषणहरुमा एमाले महासचिव माधव नेपाल लगायतका नेताले एमाले उदार दिलको पार्टी भएको बताउँदै चुनावपछिपनि माओवादीलाई सरकारमा ल्याइने बताएका थिए । माओवादी चुनावमा नराम्रोसँग पराजित हुनेछ भन्ने एमालेको विश्लेषण थियो र चुनावपछिपनि माओवादीलाई सरकारमा ल्याइने बताउँदै एमाले नेताहरुले 'नआत्तिन सुझाव' दिने गरेका थिए । उनीहरुको आसय चुनाव हारे माओवादी जंगल पस्छ र फेरिपनि एमाले अप्ठेरोमा पर्छ त्यसैले सरकारमा केही स्थान दिएर उनीहरुलाई जंगल जानबाट रोक्नुपर्छ भन्ने थियो ।

यसरी चुनाव घोषणा पत्र सार्वजनिक गर्दासम्म एमाले नेताहरु आफ्‍नै पार्टीले पूर्ण बहुमत ल्याउने विश्वासमा थिए । पछिल्लो समय भने एमालेका नेताहरुले माओवादीले तीसदेखि चालिस सीटको हाराहारीमा ल्याउने अनुमान गरेका थिए । चुनावका दिनसम्म एमालेको ९० देखि सय सीटसम्म आउने र एमाले सबैभन्दा ठूलो पार्टी बन्छ भन्ने विश्लेषण उनीहरुको थियो । तर परिणाम उल्टो आयो । प्रत्यक्ष तर्फको सिटमा माओवादीले एमालेले सोचेभन्दा बढि अर्थात् पूर्ण बहुमत ल्यायो । समानुपातिक तर्फको मतपनि माओवादीले निकै ठूलो संख्यामा बटुल्ने देखियो । त्यसैले चुनाव परिणाम आइनसक्दै एमाले नेताहरु सरकारबाट हट्ने निर्णयमा पुगे।

पूर्ववत निर्णयबाट पछि हटेर सरकारनै छोड्ने निर्णयमा पुग्नुको पछाडि शीर्ष नेताहरुलेसमेत चुनाव हार्नुको झड्काले काम गरेको थियो । एमालेका एक केन्द्रीय सदस्य भन्छन्- 'अहिले पार्टीले संविधान सभामा जति सिट हासिल गरेको छ ती सिटहरुसहित शीर्ष नेताहरुले चुनाव जितेको भएमात्रपनि यस्तो निर्णय हुन्नथ्यो । तर महासचिव माधव नेपाल, केपी ओली, बामदेव गौतम, भरतमोहन अधिकारीजस्ता नेताहरुले शर्मनाक रुपले चुनाव हारे । त्यसैले सरकारबाट हट्ने अहिलेको निर्णय चुनावी झड्काले सिर्जना गरेको हताशाको परिणाम हो।'

चुनावी झड्काका अलवा शीर्ष नेतृत्वका उग्र माओवादीविरोधी केही नेताका कारणपनि एमाले यो निर्णयमा पुगेको श्रोतले बताएको छ । चुनावमा पराजय भोगेपछि एमाले महासचिव नेपाल स्थायी समिति सदस्य बामदेव गौतमको सल्लाह अनुसार महासचिवबाट राजिनामा दिने मनस्थितिमा पुग्नुभएको थियो । यसै निर्णयका लागि उहाँले झापामा रहेका एमाले स्थायी समिति सदस्य केपी ओली लगायतका नेताहरुलाई काठमाडौं बोलाउनु भयो ।

ओली माओवादीसँग कुनैपनि प्रकारको सम्बन्ध राख्न नहुने धारणाका पक्षपाति मानिन्छन् । 'माओवादीको नेतृत्वमा सरकारमा जाँदा माओवादीलाई सहयोग गरेको देखिने' विश्लेषण गरेका ओलीले 'चुनावमा जनताले हामीलाई जनादेश नदिएकाले सरकारबाट हट्नुपर्छ' भन्ने दबावयुक्त सुझाव महासचिव नेपाललाई दिए । यस्तो सुझाव दिनेमा इश्वर पोखरेल, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठलगायतका नेताहरुपनि रहेको बताइएको छ । दुई दुई ठाउँबाट चुनाव हार्दा उत्पन्न तनावका कारण महासचिव नेपाललले एक महिना अघि आफैले सार्वजनिक गरेको घोषणा पत्रमा के कुरा उल्लेख छ भन्ने कुरा समेत सम्झन सक्नुभएन ।

आलोचित एमाले
एमालेलाई बोली फेर्नॆ पार्टीको रुपमा आलोचना गिरंदै आएको छ । माओवादी र नेपाली कांग्रेसलेपनि चुनावका बेला एमालेको यो कमजोरीलाई आफ्‍नो चुनावी मुद्धा बनाएका थिए । एमालेले गणतन्त्र भनेपनि चुनावमा बहुमत हासिल गरेमा राजतन्त्र राख्न प्रयास गर्छ भन्ने माओवादी नेताहरुको प्रचार थियो । आफ्‍ना नेताको भनाईलाई पुष्टि गर्न माओवादी कार्यकर्ताहरुले राजा ज्ञानेन्द्रलाई एमाले नेताहरुले दाम चढाएको फोटो जनतालाई देखाउने गरेका थिए ।

सधैं 'दुई जिब्रे' नीति लिएको आरोप खेपेका एमालेका नेताहरुले चुनाव लगत्तै आफ्‍ना बोली र व्यवहारमा तालमेल ल्याउनुको साटो फेरि पुरानै प्रबृत्ति देखाउन थालेपछि झन् बढि आलोचित हुनुपरेको छ । बुद्धिजीवी प्रा. कृष्ण पोखरेल भन्‍नुहुन्छ- 'एमालेले चुनावपछिपनि सहमतिकै आधारमा सरकार बनाउने भनेको थियो । अहिले यस्तो अप्रत्यासित निर्णय किन गरियो कसैले बुझ्नसकेको छैन । एमालेले यो निर्णय सच्याउनु पर्छ नत्र जनतामा एमालेप्रति राम्रो सन्दैश जाँदैन ।'

एमालेमाथि चुनाव सम्पन्न गराउने दायित्वबाट विमुख भएको आरोपपनि यो निर्णयसँगै लागेको छ । अन्तरिम सरकार चुनाव सम्मकालागि गठन गरिएको हो । तर चुनाव सम्पन्न भैसकेको छैन । चुनावको सम्पूर्ण परिणाम आइसकेको छैन । मतदान रोकिएका र रद्द कतिपय जिल्लाका मतदान केन्द्रमा अझैपनि मतदान हुँदैछ । समानुपातिक तर्फको मतगणना परिणामपनि आइसकेको छैन । चुनावको सम्पूर्ण परिणाम आउन अझै एक हप्ता लाग्ने देखिन्छ ।

समानुपातिक तर्फको मतगणना सकिएर प्राप्त मतपरिणामको आधारमा पार्टीहरुले पठाएका प्रतिनिधिले प्रमाणपत्र पाएपछि र अन्तिम चुनावी परिणामबारे निर्वाचन आयोगले जानकारी गराएपछिमात्र चुनाव सम्पन्न भएको मानिन्छ । त्यसपछि संविधानतः यो सरकारको औचित्य समाप्त हुन्छ । त्यसैले यो सरकारले बढिमा पन्ध्रदिनमात्र निरन्तरता पाउने देखिन्छ ।

सरकारमा जुन दायित्व निर्वाहका लागि एमाले गएको हो त्यो दायित्व पुरा नहुँदै र पन्ध्र दिनपछि स्वत सरकारबाट हट्ने स्थिति हुँदाहुँदै अहिल्यै छाड्ने एमालेको निर्णयलाई अपरिपक्व निर्णयको रुपमा राजनीतिक विश्लेषकहरुले लिएका हुन् । चुनावसम्बन्धी अन्तिम नतिजा नआउँदै सरकारबाट हट्ने निर्णयको आलोचना पार्टीपंक्तिभित्र र वाहिरबाट समेत हुन थालेको छ । हेरौं एमालेले यो निर्णय समयमै सच्याएर चुनावपछिको संयुक्त सरकारमा सामेल हुन्छ वा सारा देशले सहमतिको राजनीति खोजिरहेका बेला फेरि झगडाको राजनीति गर्छ ।
-Sitaram Baral in Kathmandu
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®