|
|
![]() |
|
| Click this link to see your Local city time and Kathmandu, Nepal time | ||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | ||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
|
|
पर्वत र नेपालगन्जका सशस्त्र प्रहरीका
जवानहरुले विद्रोह किन गरे ? काठमाडौं, June 23, 2008- पर्वतमा सशस्त्र प्रहरीका जवानहरुले रासनको विषयलाई लिएर सुरु गरेको विद्रोह सेलाउन नपाउँदै मध्य पश्चिमी जिल्ला बाँकेमा अर्को विद्रोह सुरु भएको छ । बाँकेको नेपालगन्ज नजिकै रहेको बागेश्वरी सशस्त्र प्रहरी गणका जवानहरुले गण आफ्नो नियन्त्रणमा लिएका छन् । गणभित्रैबाट माओवादीको पक्षमा नारावाजीसमेत भएको छ । गणभित्र अधिकृतहरुका व्यवहार र रासनमा हुने आर्थिक अनियमिताका बारेमा पटक पटक आवाज उठाउँदासमेत सुनुवाई नभएको भन्दै जवानहरु शनिवार असार ७ देखि विद्रोहमा उत्रेका हुन् । गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक शेखरिसंह बुढाथोकीमाथि कुटपिट गरी विद्रोहको सुरुवात भएको थियो । कुटपिटपछि उनी त्यहाँबाट उम्कन सफल भए । त्यसयता त्यहाँका जवानहरुले अन्य अधिकृतहरुलाई आफ्नो कब्जामा राखेका छन् । आइतबार सुर्खेतबाट मध्यपश्चिम क्षेत्रमा सशस्त्र प्रहरी डिआइजी राजकुमार राना स्थिति बुझ्न गणमा जान खोजेपनि आन्दोलनमा उत्रेका सशस्त्र प्रहरीका जवानहरुले उनीमाथिपनि ढुङ्गा मुढा गरी खेदेका छन् । गणको मूलढोकामा तालाबन्दी गरिएको र फलामे किला लगाएर अबरोध सिर्जना गरिएको छ । उनीहरुले गणभित्र नारावाजीसमेत गरिरहेका छन् । गणभित्र सशस्त्र प्रहरीका जवानहरुको नियन्त्रणमा रहेका अधिकृतहरुसँग रहेको फोन र सन्चार सेटसमेत जवानहरुले खोसेर आफ्नो नियन्त्रणमा राखेका छन् जसले गर्दा अधिकृतहरुसँग उपल्लो निकायले सम्पर्कसमेत गर्न सकेको छैन । घटनाकाबारेमा बुझ्नकालागि गृहमन्त्रायका सहसचिव मोदराज डोटेल सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक नारायण पाण्डेसहितको टोली नेपालगन्ज पुगेपनि उनीहरुसँग विद्रोही जवानहरुले सात दल, नागरिक समाज, मानवअधिकारवादी, सन्चारकर्मीहरुलाई अगाडि राखेरमात्र वार्ता गर्ने सन्देश पठाएका छन् । यसअघि यस्तै खालको विद्रोह पर्वतस्थित सशस्त्र प्रहरी चण्डिका गणमा भएको थियो । असमान रुपमा काम लगाइएको र रासनपानी वितरणमा भेदभाव गरेको भन्दै असार ४ गते राति ११ बजे गणका जवानहरुले प्रहरी निरीक्षक रामकृष्ण हमालसहित ५ जनालाई कुटपिट गरेका थिए । गणमा कार्यरत विरामी प्रहरी जवानहरुलाई ड्युटीमा नगएको भन्दै यातना दिइएको तथा कम गुणस्तरको रासन दिने गरिएको भन्दै जवानहरुले अधिकृतहरुलाई कुटपिट गरेका थिए । घटनापछि प्रहरी उपरीक्षक गणपति गोबिन्द क्षेत्री तीनजना निरीक्षकसहित गणबाहिरै लुकेर ज्यान जोगाएका थिए । स्थितिलाई नियन्त्रणमा लिन बाहिरबाट गएका सुरक्षाकर्मीका सवारी साधनमाथिपनि उनीहरुले आक्रमण गरेका थिए । गणपति क्षेत्रीलगायतका अधिकृतहरुको गल्तीकाकारण घटना भएको भन्दै सशस्त्र प्रहरीले गणपति क्षेत्रीलाई कपिलबस्तुको चन्द्रौटास्थित गण, डीएसपी सूर्य सेनलाई बीरगन्,ज डिएसपी रोशन श्रेष्ठ पूर्व क्षेत्रीय कार्यालय, इन्सपेक्टर रामकृष्ण हमाललाई काठमाडौंस्थित सशस्त्र प्रहरी अस्पतालमा सरुवाको निर्णय गरेको छ । सरुवापछि पर्वतको विद्रोह शान्त भएलगत्तै बाँकेमा बिद्रोह सुरु भएको छ । उपल्ला अधिकृतहरुले आफूहरुलाई हेप्ने, दुव्र्यवहार गर्ने र कमसल स्तरको खाना खुवाउने गरेको विषयलाई लिएर भएका यी दुई स्थानका सशस्त्र प्रहरीका सिपाहीहरुले गरेको विद्रोहले देशव्यापी रुप लिने सम्भावना बढेको छ । पर्वतमा भएको घटना सेलाउन नपाउँदै बाँकेमा घटना सुरु हुनुले यही देखाउँछ । सैनिक तथा प्रहरी संगठनमा उपल्ला तहका सैनिक अधिकृतहरुले तल्लो तहका सैनिकहरुमाथि व्यापक शोषण गर्ने गरेका छन् । लोकतन्त्र अघि अनुशासनको नाममा आफूमाथि हुने शोषणका विरुद्ध सिपाहीहरुले आवाज उठाउन नसक्ने स्थिति थियो । तर लोकतन्त्रको स्थापना र माओवादी शान्ति प्रकृयामा आएपछि सिपाहीहरुसमेत खुलेर आफूमाथि भएका अन्याय र शोषणकाविरुद्ध खुलेर बोल्नसक्ने भएको पर्वत र बाँकेको घटनाले देखाएको छ । यसबीचमा सैनिक तथा प्रहरी संगठनभित्रपनि लोकतान्त्रिकरण हुनुपर्ने आवाज व्यापक रुपमा उठेको छ । तर उपल्ला तहका अधिकृतहरुले सैनिक प्रकृतिका संगठनभित्र लोकतान्त्रिकरणले बिकृति ल्याउने बताउँदै आएका छन् । -Sitaram Baral in Kathmandu |
||
|
|
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. Published by US Nepal Media
Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®