|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
क- कस्ले जिते र हारे दुई- दुई स्थानमा ? काठमाडौं, April 14, 2008-नेकपा माओवादी, नेपाली कांग्रेस र मधेशी जनअधिकार फोरमका ६ जना नेताहरु २-२ स्थानमा विजयी बनेका छन् । माओवादी अध्यक्ष प्रचण्डले काठमाडौं- १० र रोल्पा २ मा भारी मतान्तरकासाथ विजयी बनेका छन् भने नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा कन्चनपुर- ४ र डडेल्धुरामा करिव १ हजार मतको अन्तरलेमात्र जितेका छन् । माओवादीका नेता देव गुरुङ्गलेपनि दुई स्थानमा विजय हासिल गरेका छन् । उनले मनाङ्ग र कास्की- १ मा जितेका हुन् । मधेशी जनअधिकार फोरमका तीन नेताहरुले दुई दुई स्थानमा विजय हासिल गरेका छन् । यसमध्ये फोरम अध्यक्ष उपेन्द्र यादवले सुनसरी- ५ र मोरङ्ग- ५ मा विजय हासिल गरेका छन् भने फोरमका अर्का नेता विजय गच्छेदारले मोरङ्ग- ७ र सुनसरी- ३ मा जितेका छन् । फोरमकै अर्का नेता ओमप्रकाश गुल्जारी यादवले रुपन्देहीको २ र ६ नं क्षेत्रबाट बिजय प्राप्त गरेका छन् । दुई दुई क्षेत्रबाट विजय हासिल गर्नेले एक स्थान छाड्नु पर्नेछ । र त्यहाँ उप- निर्वाचन हुनेछ । ०४८ को निर्वाचन यता भएका ४ वटै निर्वाचनमा लगातार जित्ने अवसर ४ जना नेताले पाएका छन् । नेकाका शेरबहादुर देउवा र रामचन्द्र पौडेल, नेमकिपाका नारायणमान विजुक्छे र तमलोपाका ह्दयेश त्रिपाठीले ०४८, ०५१, ०५६ र अहिलेको संविधान सभा निर्वाचनमा विजय हासिल गरी ह्यात्रिक गरेका छन् । तमलोपाका त्रिपाठी यसअघिका निर्वाचनमा नेपाल सद्भावना पार्टीबाट बिजयी बन्दै आएका थिए । उता यसअघिका ४ वटा निर्वाचनमा पराजय भोग्दै आएका एक मन्त्रीले पाँचौ चुनावमा विजय हासिल गरेका छन् । उनी हुन् एमालेका नेता तथा पर्यटन मन्त्री पृथ्वीसुब्बा गुरुङ्ग । लमजुङ्गबाट ०४३ को रापंस चुनावमा जनपक्षीय उम्मेदवार रहेका उनले त्यो निर्वाचनका अलवा ०४८, ०५१ र ०५६ को निर्वाचनमा पराजय भोगेका थिए । यस पटक उनले नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलबहादुर घर्तिलाई पराजित गर्दै विजय हासिल गरेका हुन् । पन्चायतकालदेखि बहुदलकालसम्मका सबै चुनाव सिन्धुपाल्चोकबाट जित्दै आएका राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले सिन्धुपाल्चोक- १ मा माओवादीका राजकुमार श्रेष्ठ र सिन्धुपाल्चोक- ३ मापनि माओवादीकै दावा तामाङ्गबाट पराजय भोग्नुपरेको छ । राणाले सिन्धुपाल्चोक १ मा उनी चौंथो स्थान प्राप्त गरेका छन् भने ३ नं क्षेत्रमा तेश्रो स्थानमा रही पराजयको सामना गरी सकेका छन् । काठमाडौं ५ र मकवानपुर ३ मा उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापालेपनि दुवै स्थानमा पराजयको सामना गर्नुपरेको छ । उनी दुवै स्थानमा चौंथो स्थानमामात्र रहेनन् मकवानपुरबाट यसअघिका जित्दै आएका उनको धरौटीसमेत जोगिएन । दुई स्थानका प्रत्यासी एमाले महासचिव माधव नेपाल काठमाडौंबाट हारिसकेका छन् भने रौतहट- ५ मा उनलाई अझै माओवादी उम्मेदवारले २ हजार मतको अन्तरले पछाडि पारिरहेका छन् । -Sitaram Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®