|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
एमाले नेतामा को को आउलान्? बुटबल, 24, 09- बुटबलमा जारी नेकपा एमालेको आठौं महाधिवेशन अन्तर्गत नेतृत्व चयनकालागि भएको निर्वाचनमा अध्यक्षका दुई प्रत्यासी निवर्तमा महासचिव झलनाथ खनाल र बरिष्ठ नेता केपी शर्मा ओलीबीच चर्को प्रतिस्पर्धा देखिएको छ । खसेका १ हजार ८ सय मतमध्ये गनिएका करिव १ हजार मतमा खनाल अगाडि देखिएका छन् । उनले ओलीमाथि करिव ५० मतले अग्रता हासिल गरिरहेका छन् । महासचिवमा पनि खनाल पक्षका इश्वर पोखरेल ओली पक्षमा प्रदीप नेपाल भन्दा १ सय मतले अगाडि छन् । अध्यक्ष र महासचिवमा झिनो मतान्तरले खनाल समूह अगाडि भएपनि उपाध्यक्ष र सचिवमा भने ओली समूहका उम्मेदवारहरु खनाल समूहभन्दा अगाडि देखिएका छन् । प्रधानभन्दा अगाडि देखिएका छन् । उपाध्यक्षमै खनाल समूहका बामदेब गौतमपनि अगाडि नै छन् । आफूलाई स्वतन्त्र रुपमा पेश गरेका भरतमोहन अधिकारीको चािहं पराजयको अधिक सम्भावना छ । एमालेको विधानमा ३ जना उपाध्यक्षको व्यवस्था गरिएको छ । विधानमा व्यवस्था गरिएको तीन जना सचिवमापनि ओली समूहका उम्मेदवारहरु अग्रस्थानमा छन् । ओली समूहका बिष्णु पौडेल र शंकर पोखरेलले मंगलबार विहानसम्म खनाल समूहका सचिवका उम्मेदवारहरु राजेन्द्र श्रेष्ठ र रामचन्द्र झामाथि बढत हासिल गरिरहेका छन् । खनाल समूहकै सचिवका उम्मेदवार युवराज ज्ञवालीपनि प्रतिस्पर्धामा अगाडि छन् । ओली समूहले आफ्नो उम्मेदवार बनाएका बिष्णु पौडेललाई खनाल समूहलेपनि समर्थन गरेको छ । मंगलबार विहानसम्मकॊ स्थिति हेर्दा अध्यक्षमा कसले जित्छ भन्न सकिने स्थिति छैन । यद्यपी थोरै मतको अन्तरले अध्यक्षमा खनालले नै बाजी मार्ने सम्भावना अधिक छ । महासचिवमा खनाल समूहका इश्वर पोखरेल अध्यक्षका प्रत्यासी खनाल भन्दा अपेक्षाकृत सुरक्षित देखिएका छन् । उपाध्यक्षमा ओली समूहका अशोक राईको विजय सुनिश्चित देखिएको छ भने बाँकी दुई उपाध्यक्षमध्ये ओली समूहका विद्या भण्डारी र भीम रावल एबं खनाल समूहका बामदेब गौतममध्ये दुई जना आउनेछन् । सचिवमा ओली समूहका विष्णु पौडेल र शंकर पोखरेलको जीत सुनिश्चित जस्तै देखिएको छ भने बाँकी १ मध्ये खनाल समूहका युवराज ज्ञवाली आउने सम्भावना अधिक छ । ज्ञवालीले वाजी मार्न नसकेमा ओली समूहका रघुबीर महासेठले विजय हासिल गर्नेछन् । यस हिसावले शीर्ष स्थानका ८ पदाधिकारीमा हालसम्म अध्यक्ष र महासचिव, १ उपाध्यक्ष र १ सचिवससहित खनाल समूहका ४ र २ उपाध्यक्ष र २ सचिवसहित ओली समूहकापनि ४ जना आउने सम्भावना छ । केन्द्रीय सदस्यकालागि भएको चुनावमा धेरै स्थानमा खनाल समूहका उम्मेदवारहरु प्रतिस्पर्धामा अगाडि देखिएका छन् । ८ पदाधिकारीहरुकालागि भएको चुनावमा खनाल र ओली समूहका बराबर चुनिने सम्भावना भएकाले यदि केन्द्रीय सदस्यमा खनाल समूहका धेरै नेताहरु चुनिन सकेनन् भने अध्यक्षमा खनाल चुनिएपनि उनी अप्ठेरोमा पर्नेछन् । यदि अध्यक्षमा ओली चुनिए तर केन्द्रीय सदस्यमा खनाल समूहका धेरै चुनिए भने ओलीलेपनि उस्तै स्थिति व्यहोर्नुपर्नेछ । |
|
|
यही अप्ठेरो स्थिति एमालेको विद्यार्थी संगठन अनेरास्ववियूमा देंिखंदै आएको छ । अध्यक्षमा खनाल निकट रामकुमारी झाँक्री अत्याधिक मतले विजयी भएपनि महासचिवसहित बहुमत केन्द्रीय सदस्यहरु माधव नेपाल- केपी ओली समूहका विजयी भएकाकारण अध्यक्ष झाँक्रीले निकै अप्ठेरो स्थिति र अवरोधको सामना गरिरहनु परेको छ । हालसम्मको मत परिणामको गणनाको आधारमा खनाल र ओली दुबैले जीतको दावा गरिरहेका छन् । ओलीलाई पूर्व महासचिव माधव नेपालको समर्थन रहेका कारण उनी प्रतिस्पर्धामा आएका हुन् । अध्यक्षमा खनालले विजय हासिल गरेमा सबैभन्दा ठूलो धक्का पूर्व महासचिव माधव नेपालले व्यहोर्नुपर्नेछ । आफै निर्विरोध अध्यक्ष हुने दाउमा रहेका नेता नेपालले निर्विरोध हुन नसकेपछि खनालका विरुद्ध ओलीलाई मैदानमा उतारेका थिए । त्यसैले अध्यक्षमा ओलीको हार भएमा त्यसको चोट नेपाललाई लाग्ने देखिएको छ । ओलीले जित्न नसकेमा नेपालको राजनीतिक भविष्यसमेत संकटमा पर्नेछ । नेता नेपालकैलागि बरिष्ठ नेता पदको व्यवस्था गरिएपनि गुटबन्दीमा लागेकाले खनालले अध्यक्षमा जितेमा अब नेपालले बरिष्ठ नेताको जिम्मेवारी नपाउने आशंका बढेको छ । यो चुनाव एमालेभित्रको आन्तरिक चुनाव भएपनि राजनीतिक विश्लेषकहरुले यसलाई एमालेभित्र माओवादी र कांग्रेसबीचको प्रतिद्धन्दिताको रुपमा लिएका छन् । माओवादीले खनाल-गौतम समूहको विजय चाहेको छ भने नेपाली कांग्रेसले नेपाल-ओली समूहको विजयको कामना गरेको छ । खनालले जितेमा माओवादी-एमालेबीचको सत्ता समीकरणले निरन्तरता पाउनेछ भने ओलीले जितेमा सत्ता समीकरण संकटमा पर्नेछ । चुनावी मैदानकै क्रममा नेता ओलीले आफू विजयी भएमा कांग्रेससहितको सरकार बन्ने उद्घोष गरिसकेका छन् । केन्द्रीय सदस्यकालागि परेको अत्याधिक उम्मेदवारी र अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिवजस्ता धेरै पदाधिकारीहरुको व्यवस्थाकाकारण मतगणना अत्यन्त धीमा गतिमा भैरहेको छ । सोमबार दिउसोदेखि मत गणना प्रारम्भ भएपनि मंगलबार विहानसम्ममा जम्मा १ हजार मत गणना हुन सकेपछि मत गणना गर्ने स्थानहरु बढाइएको बताइएको छ । गणना कार्यमा संलग्नहरुले मंगलबार बेलुकीसम्म मात्रै सम्पूर्ण मत परिणाम आउनसक्ने बताएका छन् । -Sitaram Baral in Kathmandu |
||
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||