फोटो- प्रहरी महानिरीक्षक हुने दौडमा रहेका
एआइजीपीहरु रबीन्द्रप्रताप शाह बायाँ र रमेश चन्द Photo: Sitaram
काठमाण्डौ, 4 Feb, 09-
नेपाल प्रहरीको महानिरीक्षक को हुने भन्नेमा दुई उच्च प्रहरी
अधिकृतहरुबीच तीब्र प्रतिस्पर्धा देखिएको छ ।
आगामी फागुनको पहिलो हप्ता प्रहरी महानिरीक्षक हिमबहादुर गुरुङ्गले अवकास
पाएपछि खाली रहने नेपाल प्रहरीको उच्च पदकालागि यस्तो प्रतिस्पर्धा देखिएको
हो । प्रहरी प्रमुखको प्रतिस्पर्धामा दुई जना ठकुरीहरु देखिएका छन् ।
अतिरिक्त प्रहरी महानिरीक्षक रबीन्द्रप्रताप शाह र रमेश चन्द आ-आफू प्रहरी
महानिरीक्षक हुन ज्यान फालेर लागेका छन् । यी दुईजना बीचको महानिरीक्षक
हुने दौड र प्रतिस्पर्धा काठमाडौंबाट प्रकासित हुने पत्रपत्रिकामा देख्न
सकिन्छ ।
जानकारी अनुसार दुबैले महानिरीक्षककालागि आफू बरिष्ट भएको बताउँदै आएका छन्
। पछिल्लो समयमा शाह चन्दभन्दा बरिष्ठ देखिन्छन् । दुबैजना एसएसपी
हुनुभन्दा अघि चन्द बरिष्ठ भएपनि त्यसपछि भने शाहले चन्दलाई उछिनेका थिए ।
यस हिसावले शाहलाई महानिरीक्षक बनाउनुपर्ने पक्षमा अधिकांस प्रहरी
अधिकृतहरु देखिएका छन् । उता चन्दलेपनि महानिरीक्षक बन्न व्यापारीहरु र
गृहमन्त्री गौतममाथि प्रभाव पार्न सक्ने एमालेका कतिपय नेताहरुलाई प्रयोग
गरेको चर्चा छ । जानकारी अनुसार कार्यक्षमता र अनुभवको आधारमा चन्द भन्दा
शाह अगाडि छन् ।