Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

राष्ट्रपति को हुने? रामराजा कि गिरिजा ?


गणतन्त्रबादी नेता रामराजाप्रसाद सिंह Ramrajaprasad Singh. Photo: Sitaram

काठमाडौं,  June 7, 2008- राष्ट्रपति कस्तो व्यक्ति हुने र कसलाई नेपालको प्रथम राष्ट्रपति बनाउने भन्ने बहस जारी छ । प्रथम राष्ट्रपतिको जिम्मेवारी नागरिक समाजका अगुवालाई दिनुपर्ने माग गरेको नेकपा माओवादी अध्यक्ष प्रचण्डले शक्ति बाँडफाँडको सम्बन्धमा आफ्नो पार्टी अरु लचिलो हुन तैयार रहेको बताएका छन् ।

उनले राष्ट्रपतिकालागि उपयुक्त पात्र गणतन्त्रबादी नेता रामराजाप्रसाद सिंह भएको बताएका छन् । उता नेपाली कांग्रेसले भने मुखै खोलेर राष्ट्रपति आफ्नो पार्टीका सभापति गिरिजाप्रसाद कोइरालालाई बनाउनुपर्ने माग गरेको छ । मन्त्रीसमेत रहेका माओवादी नेता देब गुरुङ्गले भने आफ्नो पार्टीले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नमान्ने जनाउ दिएका छन् ।

माओवादी सम्बद्ध अखिल नेपाल महिला संघ क्रान्तिकारीले शुक्रबार संविधान सभामा निर्वाचित महिला सभासद्कालागि आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले भने- 'हामी देश, जनता र परिवर्तकालागि हदैसम्म लचक हुन तैयार छौं, यसको संकेतपनि हामीले सम्बन्धित राजनीतिक पार्टीका नेताहरुलाई दिइसकेका छौं ।' उनले पदको भागबण्डामा लाग्नुभन्दा जनताको अपेक्षा अनुसार नयाँ नेपाल निर्माणमा लाग्नुपर्नेमा जोड दिए । शुक्रबार बेलुकी नेपाल टेलिभिजनलाई दिएको अन्तर्वार्तामा माओवादी अध्यक्ष प्रचण्डले गणतन्त्रबादी नेता रामराजाप्रसाद सिंहजस्ता राजनीतिक व्यक्तित्वलाई आफ्नो पार्टीले राष्ट्रपतिको रुपमा प्रस्तावित गर्ने बताए ।

प्रम गिरिजाप्रसाद कोइराला PM Girijaprasad Koiral. Photo: eEyeCam

उता नेपाली कांग्रेसका महामन्त्री डा. रामवरण यादवले राष्ट्रपतिका रुपमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सबैभन्दा योग्य नेता रहनुभएकाले उहांलाई सबैले समर्थन गर्नुपर्ने माग गरेका छन् । कोइरालाले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अग्रणी भूमिका निभाएकाले नेपाली कांग्रेसले कोइरालालाई राष्ट्रपतिका रुपमा प्रस्ताव गर्ने कुरा महामन्त्री डा. यादवले बताएका छन् । 'लोकतन्त्रका लागि जीवन अर्पण गर्नुभएको गिरिजाप्रसाद कोइरालालाई राष्ट्रले सम्मान गर्ने बेला आएको छ' रिपोटस्र क्लबद्धारा आयोजित साक्ष्यातकार कार्यक्रममा डा. यादवले भने- 'गिरिजाप्रसादलाई राष्ट्रपति बनाउनुपर्छ, हामीले उहाँप्रति कृतघ्नता प्रदर्शन गर्नुहुन्न ।' विधिको शासनका लागि निरन्तर संघर्ष गर्ने कोइरालाजस्ता नेतालाई उचित स्थान िदंदा शक्ति सन्तुलन मिलाउन सजिलो हुने उनको दाबी छ ।

यता स्थानीय विकास मन्त्री देव गुरुङले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति मान्नै नसकिने जवाफ डा. यादवलाई दिए । माओवादी अन्तरिम कालकालागि 'सेरमोनियल राष्ट्रपति' को पक्षमा रहेको बताउँदै मन्त्री गुरुङ्गले प्रधानमन्त्री कोइराला कार्यकारी अधिकारसहितको राष्ट्रपति बन्ने षडयन्त्रमा रहेको आरोप लगाए । 'सेनाको परमाधिपति र संवैधानिक वाधा अड्चन फुकाउने अधिकार लिई कोइराला राष्ट्रपति बनेर राजनीतिक चलखेल गर्ने योजना बनाइरहनुभएको छ, त्यसैले उहांलाई राष्ट्रपति मान्न सकिदैन' गुरुङ्गले भने- 'जनादेशविपरित नेपाली कांग्रेसले पदलोलुपता प्रदर्शन गरेको छ, सहमतिकासाथ जाने हो भने कोइरालालाई २५ दलको संयन्त्र बनाएर त्यसको प्रमुख बनाउनुपर्छ यही नै उहाँकालागि उचित सम्मान हुन्छ।'

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले राष्ट्रपति र प्रधानमन्त्रीका लागि अलमल गर्ने बेला नभएको बताउँदै पदका लागि अलमल गर्दा राजनीतिक जटिलता बढ्ने दावी गरे । 'तपाईंहरु कसलाई राष्ट्रपति मान्नुहुन्छ ?' भन्ने सन्‍चारकर्मीहरुको प्रश्नमा उनले भने- 'कसैलाई राष्ट्रपति या प्रधानमन्त्री बनाउन जनताले संविधानसभामा मतदान गरेका होइनन् नयाँ संविधान बनाउने म्याण्डेट दिएका हुन् ।'

त्यसै गरी एमाले स्थायी कमिटी सदस्य इश्वर पोखरेलले एमालेले कुनै पदको दाबी नगरेको बताउँदै कसले कुन पद लिने भन्ने विवादमा अल्झनुभन्दा कस्तो विधि र प्रकृया स्थापित गर्ने भन्ने विषयमा केन्द्रित हुनुपर्ने कुरामा जोड दिए । लोकतान्त्रिक विधिअनुरुप साधारण बहुमतबाटै सरकार बन्ने र हट्ने प्रावधान राख्नुपर्नेमा उनको जोड थियो । एमालेले संविधान संशोधन र राजनीतिक सन्तुलनका लागि जिम्मेवारी बांडफांडको अडान नछाड्ने पोखरेलले बताए।

नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितलेपनि राष्ट्रपतिका लागि रामराजाप्रसाद सिंह सबैभन्दा उत्तम व्यक्ति भएको जिकिर गरेका छन् । सो कार्यक्रममा बोल्दै उनले भने- 'जसले गणतन्त्रका लागि निस्वार्थ संघर्ष गर्यो उसैलाई राष्ट्रपति बनाउनुपर्छ ।' नागरिक समाज राष्ट्रपतिको दौडमा सहभागी नहुने डा. दीक्षितको भनाई थियो । 'नागरिक आन्दोलन राष्ट्रपतिको पद पिउन जाँदैन' उनले भने- 'नागरिक समाज राष्ट्रपति होइन सडकपति भएर रहनेछ ।' प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला राष्ट्रपतिका लागि उपयुक्त व्यक्ति भएपनि कोइरालाले आराम गर्ने बेला आएको डा. दीक्षितको सुझाव थियो ।

-Vivek Baral in Kathmandu
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®