Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal : नेपाली खबरहरु

अब हेर्नु छ राष्ट्रपति हरुवा नेतालाई कि नागरिक समाजका अगुवालाई

काठमाडौं,  June 6, 2008- ठूलो पद दाउपेचपनि ठूलै । संघीय गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति बन्न माओवादीलाई रोक्ने र त्यो पद आफूले हत्याउने नेपाली कांग्रेस र एमालेको 'दाउपेच' लाई असफल पार्न संविधान सभाको सबैभन्दा ठूलो दल नेकपा माओवादी पनि नयाँ दाउपेचमा लागेको छ ।

कार्यकारी अधिकारसहितको प्रधानमन्त्रीको जिम्मेवारी आफूले सम्हाल्ने निर्णय गर्दै माओवादी केन्द्रीय सचिवालयको सोमबारको बैठकले राष्ट्रपतिको जिम्मेवारी नागरिक समाजका प्रतिष्ठित व्यक्तिलाई दिनुपर्ने प्रस्ताव गरेको छ ।

राष्ट्रपतिकालागि कांग्रेस र एमाले लालायित थिए । यसै प्रयोजनस्वरुप आइतबार एमाले-कांग्रेसका शीर्ष नेताहरुले प्रधानमन्त्री र राष्ट्रपति दुबै पद माओवादीलाई नदिने निर्णय गरेका थिए । संविधान सभामा ठूलो दलमात्र होइन कांग्रेस र एमालेको कूल सिटभन्दापनि आफ्नो बढि सिट भएकाकारण दुबै जिम्मेवारी आफूले पाउनुपर्छ भन्ने थियो । प्रधानमन्त्री र राष्ट्रपतिको जिम्मेवारी अलग अलग पार्टीले िलंदा दुई शक्ति केन्द्रको निर्माण हुन्छ र त्यसले द्धन्द निम्त्याएर राजनीतिक अस्थिरता सिर्जना गर्छ भन्ने माओवादीको तर्क थियो ।

प्रधानमन्त्री र राष्ट्रपति माओवादीलाई नदिने निर्णयका पछाडि कांग्रेस र एमालेकापनि आ-आफ्नै स्वार्थ थिए । कांग्रेस प्रधानमन्त्रीको जिम्मेवारी माओवादी अध्यक्ष प्रचण्डलाई हस्तान्तरण गरेर राष्ट्रपतिमा गिरिजाप्रसाद कोइरालालाई ल्याउन चाहन्थ्यो । 'सेरमोनियल' भएपनि पहिलो राष्ट्रपति बन्ने लालसा कोइरालामापनि थियो । संविधान सभामा दुई दुई क्षेत्रबाट चुनाव हारेपनि एमाले महासचिव माधव नेपालले यो पद ताकेका थिए ।

एमाले मुखपत्र बुधबारले 'माधव नेपाल नैतिकवान नेता' भन्दै उनी राष्ट्रपति बन्ने सम्भावना रहेको समाचार प्रकासित गर्नुकोकारण यही थियो ।

तर बिहीबार विहान सम्पन्न माओवादीको केन्द्रीय सचिवालयको बैठकले कांग्रेस र एमालेका नेताहरुको राष्ट्रपति बन्ने लालसामाथि चिसो पानी खन्याइदिएको छ । प्रधानमन्त्री र राष्ट्रपतिको जिम्मेवारी आफ्नो पार्टीले पाउनुपर्ने अडान त्‍याग्दै माओवादीले गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति बौद्धिक क्षमताको, विभिन्न पेशामा काम गरेको तथा पार्टीगत राजनीतिमा सकृय नभएको हुनुपर्ने शर्त अघि सारेको छ ।

राष्ट्रपति र प्रधानमन्त्री चयनकालागि दुई तिहाईको अडान माओवादीले कायमै राखेको छ । माओवादीले राष्ट्रपतिकालािग नयाँ अडान सार्वजनिक गरेपछि राष्ट्रपति हुने ताकमा रहेका कांग्रेस-एमालेका नेताहरु अप्ठेरोमा परेका छन् ।

माओवादी सचिवालय बैठकले राष्ट्रपति नागरिक समाजका स्वतन्त्र व्यक्तिलाई बनाउन निर्णय गरेपछि बेलुकी एमाले र माओवादीका शीर्ष नेताहरुबीच बैठक बसेको थियो । तर माओवादीको यो नयाँ प्रस्ताव एमालेले अस्वीकार गरेको बुझिएको छ ।


नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत सचिवालय सदस्यहरु जेठ २३ गतेको वैठकमा। Photo: Dinesh Shrestha

नयाँ बन्ने सरकारमा राष्ट्रपति र प्रधानमन्त्री दुबै पदको दाबी गर्दै आएको नेकपा माओवादीले राष्ट्रपतिमा कुनै स्वतन्त्र व्यक्तिलाई समर्थन गर्ने भएको छ । आफ्नो प्रश्तावमा काँग्रेस र एमाले सहमत हुन नसकेपछि 'डेढ लक' हटाउन यस्तो निर्णय गरिएको सचिवालय सदस्य बर्षमान पून 'अनन्त'ले युएस नेपाल अनलाइनलाई बताएका छन् । वैठकपछि अनन्तले भने 'जनताको अभिमतलाई काँग्रेस र एमालेले स्विकार नगरे पनि मुलुकलाई अगाडि बढ्नबाट रोक्न त भएन । त्यसैले हामीले यस्तो निर्णय लियौं ।'

संघीय गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति नागरिक आन्दोलनका अगुवा हुनुपर्ने जेठ २३ गते बसेको सचिवालय वैठकले निर्णय गरेको हो । यस अघि प्रधानमन्त्री र राष्ट्रपति एउटै पार्टीको नभए शक्ति विकेन्द्रीत हुने बताउँदै आएको माओवादीले राष्ट्रपति कुनै पार्टीको नभएपछि काम पावर शेयरीङ्ग नहुने निश्कर्ष निकालेको छ ।

सचिवालयको निर्णय जेठ २६ गते बस्ने केन्द्रिय समितिको वैठकमा राखिने छ । केन्द्रीय समितिको वैठकमा सरकार गठन वा विघटनको लागि आवश्यक दुई तिहाई बहुमतको वैधानिक प्रावधान संशोधनको विषयमा पनि छलफल गरिने सचिवालय सदस्य अनन्तले जानकारी दिए ।

-Sitaram Baral and Santa Bagam Magar in Kathmandu
 
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®