Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
कांग्रेसले प्रधानमन्त्रीमा कस्लाई उठाउने भो?

काठमाडौं,  August 13, 2008- अर्थमन्त्री डा. रामशरण महतले प्रधानमन्त्रीमा आफ्नो दलले उम्मेदवार खडा गर्नसक्ने बताएका छन् । तर को होला त बलिको बोको?

सकेसम्म राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्ने नभए प्रधानमन्त्रीका लागि उम्मेदवार खडा गर्ने उनको भनाई छ।

कांग्रेस श्रोतले बताए अनुसार कांग्रेसको तर्फबाट शान्‍ति तथा पुन्रस्थापना मन्त्री एवं उपसभापती रामचन्द्र पौडेल या डा. महत प्रधानमन्त्री पदको उम्मेदवार हुनेछन् । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई उम्मेदवार हुन भन्दा हार्ने निश्चित भएका कारण देउवा उम्मेदवार हुन नमानेको बताइन्‍छ।

'प्रधानमन्त्रीका लागि उम्मेदवारी दिन पनि सक्छौं अरुलाई समर्थन दिन पनि सक्छौं' नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्री पदका सम्भावित उम्मेदवार डा. महतले बुधबार सम्बाददाताहरुसँग भने- 'माओवादीले सहमति बनाउन नसके उसको नेतृत्वमा सरकारमा सहभागी हुँदैनौं ।' माओवादीको अर्धसैनिक बल कायमै रहेको, कब्जा गरिएका घरजग्गा र सम्पत्ति फिर्ता नगरेको कारण उसको नेतृत्वको सरकारमा जान नसकिने उनले बताएका छन् ।

सेना समायोजनलाई तार्किक निष्कर्षमा पुर्याउन आफूहरुले माओवादी बाहेकका पार्टीले रक्षा मन्त्रालय लिनुपर्नेमा जोड दिएको बताउँदै डा. महतले भने- 'दुईवटा सेना एउटै शक्तिले संचालन गर्न मिल्दैन ।' आफूहरु संयम भएर सहमतिको सरकार बनाउन अन्तिम समयसम्म जुटिरहने बताए । रिपोटस्र क्लबद्धारा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री महतले उपरोक्त कुरा बताएका हुन् ।

अर्थमन्त्री महतले देशभर विद्यमान खाद्य संकट समाधानका लागि सरकार सकृय भएको जानकारीपनि दिए । रोल्पा, रुकुम लगायत कर्णाली अन्‍चल र सुदुर पश्चिमी जिल्लामा अहिले खाद्य अभाव छ । अर्थमन्त्रीले समस्या परेका स्थानमा खाद्यान्न पठाउन आवश्यक रकम दिन तयार भएको बताउँदै भने- 'सरकारको मात्र नभई अरुको पनि समस्या समाधानको जिम्मेवारी हो, बाटो अवरुद्ध गर्ने, गाडी चल्न नदिने अवस्थाको अन्त गर्नुपर्छ ।' ढुवानी बृद्धि, सडक बन्द आदिका कारणले पनि खाद्यान्न अभाव भएको उनको भनाई थियो ।

कार्यक्रममा एमाले स्थायी कमिदी सदस्य वामदेव गौतमले माओवादीलाई सरकारको नेतृत्व गर्न सहयोग गर्ने निर्णय भइसकेकाले आफ्नो दलको मत माओवादी उम्मेदवारलाई जाने बताएका छन् । डा. महतसँगै सम्बाददाताहरुसँग रहेका एमाले नेता गौतमले भने- 'माओवादीले प्रचण्डलाई प्रधानमन्त्रीमा खडा गर्ने भनेअनुसार उहाँलाई हाम्रो १०८ मत जानेछ ।' आफूहरु शर्तसहित सरकारमा जाने बताउँदै आफ्ना शर्तहरु पालना नभए २० दिनभित्रै समर्थन फिर्ता लिनेपनि उनले बताए ।

नेकपा माओवादी का सचिवालय सदस्य एबं जनमुक्ति सेनाका डेपुटी कमाण्डर वर्षमान पुन 'अनन्त' ले रक्षा, गृह, र अर्थमध्ये एक मन्त्रालय मात्र छाड्नसकिने बताए । अनन्तको भनाई थियो- 'रक्षा माओवादीलाई दिनु हुँदैन भन्ने हो भने ठीकै छ हामी रक्षा छाड्न तयार छौं तर गृह र अर्थ हामीले पाउनुपर्छ ।' आफूहरुले रक्षा पाउनैपर्छ भनेर अडान नराखेको स्पष्ट पार्दै अनन्तले शक्तिशाली दुई मन्त्रालयमा आफूहरुको हक लाग्ने बताए । उनले आफ्नो दलका अध्यक्ष प्रचण्डले नै सरकारको नेतृत्व गर्ने बताए ।
 
कांग्रेसले रक्षाको अडान राखेर सरकारमा सहभागी नहुने बहाना झिकेको आरोप लगाएका अनन्तले रक्षा दिएपनि अर्थ र गृहमा बखेडा हुनसक्ने संकेत आफूहरुले पाएको दावी उनले गरे । नेपाली कांग्रेस सरकारमा नआए बहुमतीय प्रणालीमा जाने बताउँदै माओवादी नेता अनन्तले आफूहरु अन्तिम समयसम्म सहमतीय सरकारको पक्षमा रहने बताए । उनको भनाई थियो- 'कांग्रेसपनि सरकारमा सहभागी हुनुपर्छ बहुमतीय प्रणालीमा नगए संविधान निर्माण हुनसक्दैन ।'

-Sitaram Baral in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®