![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
को बन्ला संविधान सभाको पहिलो सदस्य ? - बिशेष काठमाडौं ब्युरोबाट काठमाडौं, March 23, 2008-संविधान सभा चुनावको सबैभन्दा पहिलो सदस्य को होला ? विगतका निर्वाचनमा सबैभन्दा चर्चित मानिने काठमाडौं- १ को मतगणना विद्युतीय मतदान हुने भएपछि यो निर्वाचन क्षेत्र फेरि एकपटक चर्चामा आएको छ । ![]() Electronic Voting Machine. Photo: Santa Gaha Magar ०४८ को निर्वाचनमा अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भटराईलाई पराजित गरी एमाले महासचिव मदन भण्डारीले विजय हासिल गरेपछि चर्चामा आएको काठमाडौं-१ मा मात्र संविधान सभा निर्वाचनमा विद्युतीय मतदान उपकरणबाट मतदान हुनेछ । र देशभरिको सबैभन्दा पहिलो परिणामपनि यहींबाट आउनेछ । त्यसैले काठमाडौं- १ मा जसले विजय हासिल गर्छ संविधान सभाको पहिलो निर्वाचित सदस्य उही हुनेछ । सो क्षेत्रमा कांग्रेस, एमाले र माओवादी तीब्र प्रतिस्पर्धामा छन् । पहिले एमालेको प्रभाव क्षेत्र मानिएका गाउँ क्षेत्रहरु अहिले काठमाडौं- २ मा परेका छन् । का.म.न.का १० र ३४ जस्ता विगतमा कांग्रेसको एकछत्र प्रभाव भएको वडा र कांग्रेस-एमालेको समान पकड रहेको ३२ र ११ नं वडा यसपटक यस निर्वाचन क्षेत्रमा परेका छन् । त्यसैले यस क्षेत्रमा विजय हासिल गर्न सजिलो हुने योजनाका साथ कांग्रेस उपसभापति प्रकाशमान िसंह यो क्षेत्रमा आएका छन् । उनको घर रहेको क्षेत्र भने क्षेत्र नं ७ मा परेको छ । एमालेले भने शिक्षामन्त्री प्रदीप नेपाललाई उठाएको छ । उनलाई निर्वाचन क्षेत्र विकास कोषको रकम उनले भोजपुरमा खर्च गरेको आरोप लाग्दै आएको छ । उता माओवादीले भने यसै क्षेत्रमा डा. राममान श्रेष्ठलाई उठाएको छ । माओवादीका श्रेष्ठ एमालेका नेपाल र कांग्रेसका िसंह दुवैका गुरु हुन् । त्रिभुवन विश्वविद्यालयमा लामो समय प्राध्यापन गरेका श्रेष्ठ एमालेको तर्फबाट राष्ट्रिय सभाको सदस्यसमेत भैसकेका व्यक्ति हुन् । उनी त्रिविको रजिष्ट्रारपनि भएका थिए । आफुले पढाएका हजारौं विद्यार्थीहरु यस क्षेत्रमा बसोबास गर्ने भएकाले श्रेष्ठले नेका र एमालेको थुप्रै भोट काट्ने देखिएको छ । यस हिसावले उनी कांग्रेस र एमाले दुवैका बलिया प्रतिस्पर्धीको रुपमा देखिएका छन् । पहिलो संविधान सभा सदस्य यी तीनमध्येबाटै बन्ने देखिएको छ । तर यी तीनमध्ये को बन्ला भन्ने कुराको आंकलन गर्न सो क्षेत्रका जनतालाई गार्हो भैरहेको छ । |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®