![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: बिशेष रिपोर्ट: संबिधान सभाको चुनाव चिरफार-१ |
||
|
माओवादी, एमाले र काङ्रेस: क-कस्ले को सँग चुनावमा भिडदै छन्? काठमाडौं, February 27, 2008-यस पटकको संविधानसभा निर्वाचन सबैजसो पार्टीका शीर्ष नेताहरुकालागि फलामको च्युरा सावित हुने देखिएको छ । एमाले कांग्रेस र माओवादीका शीर्ष नेताहरुका विरुद्ध प्रतिद्धन्दी पार्टीहरुले पनि बलिया उम्मेदवारहरु उठाएका छन् । कुनैपनि शीर्ष नेताकालागि यस पटकको चुनाव जित्न सजिलो हुने देखिएको छैन । यसअघिका निर्वाचनमा नेपाली कांग्रेस तथा नेकपा एमाले का बीच मुख्य प्रतिस्पर्धा हुने गरेकोमा १० वर्षे जनयुद्धपछि पहिलो पटक चुनावमा भाग लिएको माओवादीपनि मुख्य प्रतिस्पर्धी पार्टीको रुपमा देखिएको छ । माओवादीको उपस्थितिका कारण कुन क्षँेत्रमा कसले जित्छ अनुमान लगाउन गार्हो हुने स्थिति देखिएको छ । एमालेका महासचिव माधव नेपाल काठमाडौं २ र रौतहट ६ बाट उम्मेदवारी दिएका छन् । उनका विरुद्धमा काठमाडौंमा कांग्रेसले जोरपार्टीका पूर्व गाविस अध्यक्षँ चत्रबहादुर ठकुरीलाई उठाएको छ भने माओवादीले झक्कुप्रसाद सुवेदीलाई खडा गरेको छ । महासचिव नेपालविरुद्ध उठेका कांग्रेसका ठकुरी स्थानीय लोकपि्रय नेता हुन् भने ०४९ मा रोल्पा जिविस सभापति रहेका सुवेदी प्रखर बक्ता हुन् । उता काठमाडौं १० बाट खडा भएका माओवादी अध्यक्षँ प्रचण्डसँग एमालेका सानु श्रेष्ठ र कांग्रेसका राजन केसी उठेका छन् । काठमाडौं जिविसका पूर्व सभापति सानु त्यस क्षँेत्रमा लोकपि्रय मानिन्छन् । जनयुद्धको उद्गमथलो रोल्पा २ बाटसमेत उम्मेदवार बनेका प्रचण्डका विरुद्ध एमालेका शान्तकुमार ओली र कांग्रेसबाट भीमकुमारी मगर उम्मेदवार बनेका छन् । कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा दुई क्षँेत्रबाट चुनाव लडेका छन् । उनको जन्मथलो डडेलधुराका अलवा काचनपुर ४ बाट समेत उम्मेदवारी दिएका उनलाई डडेलधुरामा माओवादीका खगराज भट्ट र एमालेका बिक्रमबहादुर शाहीले तथा काचनपुरबाट एमालेका राजेन्द्रिसंह रावल र माओवादीका कमल क्षँेत्रीले चुनौति दिएका छन् । माओवादीका बरिष्ठ नेता डा। बाबुराम भटराई गोर्खा २ बाट चुनाव लडेका छन् । त्यहाँ एमाले र कांग्रेसले क्रमश हरि काफ्ले र चन्द्र न्यौपाने उठेका छन् । शीर्ष माओवादी नेता सीपी गजुरेल सिन्धुली २ बाट उठेका छन् भने त्यस क्षँेत्रमा एमालेले केशव देवकोटा र कांग्रेसले उज्वल बराललाई उठाएको छ । जनमोर्चाका महासचिव लीलामणि पोखरेल सिन्धुली ३ मा उठेका छन् भने त्यसक्षँेत्रमा माओवादीले निरु दर्लामी कुँवर एमालेले सूर्य पाखि्रन र कांग्रेसले श्रीमति दीपशिखा शर्मा ढकाल उठाएको छ । काठमाडौं ५ मा एमालेका इश्वर पोख्रेल र कांग्रेसका नरहरि आचार्य भिड्दैछन् । कांग्रेसलाई गणतन्त्रको मुद्दामा ल्याइपुर् याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका आचार्यको उम्मेदवारी एमालेका पोख्रेलका लागि निकै ठूलो चुनौति बनेको छ । यस क्षँेत्रमा माओवादीले विपिन्द्र महर्जनलाई उठाएको छ । माओवादीले कमजोर उम्मेदवार उठाउनुको कारण कांग्रेसका गणतन्त्रवादी नेता नरहरि आचार्यलाई समर्थनकालागि हो भन्ने अनुमान हुन थालेको छ । काठमाडौं ६ मा माओवादीका केन्द्रीय सदस्य हितमान शाक्यका विरुद्ध एमालेका योगेश भटराई र कांग्रेसका भीमसेनदास प्रधानले उम्मेदवारी दिएका छन् । प्राध्यापक संघका पूर्व सभापति प्रधानपनि यो क्षँेत्रमा कमजोर छैनन् । उपत्यकाभित्रको सर्वाधिक चर्चित काठमाडौं १ मा कांग्रेसले उपसभापति एवं गणेशमान िसंहका पुत्र प्रकाशमान िसंहलाई उठाएको छ भने एमालेले प्रदीप नेपाललाई उठाएको छ । ०४८ मा एमालेका महासचिव मदन भण्डारीले तत्कालिन प्रम कृष्णप्रसाद भटराईलाई पराजित गरेको यस क्षँेत्रमा माओवादीले अध्यक्षँ प्रचण्डलाई उठाउने भनेपनि अन्त्यमा प्रँध्यापक डा। राममान श्रेष्ठलाइई खडा गरेको छ । माओवादीका उम्मेदवार श्रेष्ठ एमालेबाट माओवादीमा प्रवेश गरेका हुन् । उनी एमालेको तर्फबाट राष्ट्रिय सभाको सांसदपनि बनेका थिए । काठमाडौं ७ भने एमाले र माओवादीबाट क्रमश हिसिला यमी र राजेन्द्र श्रेष्ठ खडा भएका छन् भने कांग्रेसले प्रमिला िसंहलाई उठाएको छ । काठमाडांै ८ मा एमालेकी अष्टलक्ष्मी शाक्य कांग्रेसका नबीन्द्रराज जोशी खडा भएका छन् । यहाँ माओवादीले सर्वाेत्तम डङ्गोललाई उठाएको छ । यी तिनै नाम काठमाडौंबासीकालागि परिचित नाम हुन् । एमालेकी शाक्य त्यसै क्षँेत्रबाट चुनाव जित्दै आएकी छन् भने कांग्रेसका जोशी ०४९ काठमाडांै नगरपालिकामा निर्वाचित उपमेयर हुन् । माओवादीका डंगोललेपनि २०४९ को स्थानीय निर्वाचनमा जनमोर्चाबाट मेयरमा उम्मेदवारी दिएका थिए । काठमाडौं ८ मा एमालेले केन्द्रीय सदस्य कृष्ण गोपाल श्रेष्ठलाई उठाएको छ । माओवादीले भने लोकपि्रय कलाकार माइला लामालाई खडा गरेको छ । त्यहाँ काठमाडौं कांग्रेसका बरिष्ठ नेता ध्यानगोविन्द रन्जित उठेका छन् । उपत्यकाभित्रकै अर्काे जिल्ला ललितपुर १ बाट माओवादी नेता वर्षमान पुन अनन्त उठेका छन् । उनी जनमुक्ति सेनाका डेपुटी कमाण्डरपनि हुन् । उपत्यकाभित्र माओवादीले आÏनालागि सर्वाधिक सुरक्षिँत यही क्षेत्रलाई मानेको छ । त्यहाँ एमालेबाट टिकट पाएकी सुशीला नेपालको नाम काटेर एमालेले मधुसुदन पौडेललाई अन्तिम समयमा उम्मेदवार बनाएको छ भने कांग्रेसले उदयशमशेर राणालाई प्रत्यासी बनाएको छ । ललितपुरको २ बाट एमालेका केस सिद्धिलाल िसंहलाई माओवादीका राजकाजी महर्जन र कांग्रेसका चन्द्र महर्जनले चुनौति दिएका छन् । ३ न मा भने माओवादीले महिला तथा समाजकल्याणमन्त्री एवं चर्चित नेतृ पम्फा भूषाललाई खडा गरेको छ । एमालेको तर्फबाट जित्दै आएका रघुजी पन्त यसपटकपनि त्यही क्षँेत्रबाट उम्मेदवार बनेका छन् । त्यहाँ कांग्रेसले मोहनश्याम पौडेललाई उठाएको छ । नेमकिपाका अध्यक्षँ नारायणमान बिजुक्छे रोहित यसअघिका ३ निर्वाचन झैं यसपटकपनि भक्तपुर १ बाट लडेका छन् । त्यहाँ एमालेले कृष्णसुन्दर द्यो माओवादीले दिवाकर श्रेष्ठ र कांग्रेसले महेश श्रेष्ठलाई उठाएका छन् । त्यहाँ उठाइएका ठूला पार्टीका तीनै उम्मेदवारहरुलाई हेर्दा बिजुक्छेको जीत सहज होस् भन्ने हिसावले मात्र उठाइएको अनुमान हुन्छ । एमालेका शीर्ष नेता झलनाथ खनाल इलाम १ बाट उठेका छन् । त्यहाँ कांग्रेसले बेनुप प्रसाईंलाई उठाएको छ । प्रसाईं कांग्रेसका तिनै उम्मेदवार हुन् जसले खनाललाई ०५६ को निर्वाचनमा पराजित गरेका थिए । त्यहाँ माओवादीले महिला तथा जनजाति उम्मेदवार सूर्यवाला राईलाई उठाएको छ । सभामुख सुवाष नेम्वाङ्गको क्षँेत्रपनि त्यति सुरक्षिँत देखिएको छैन । त्यहाँ माओवादीका हर्क कान्छा लावोती सभामुखका विरुद्धमा खडा भएका छन् । नेपाली कांग्रेसले भने केशव थापालाई खडा गरेको छ । बताइए अनुसार माओवादीका लावोती सभामुख नेम्वाङ्गका बलिया प्रतिद्धन्दी हुन् । गृह जिल्ला इलाम भएपनि कांग्रेस महामन्त्री कुलबहादुर गुरुङ्ग समानुपातिकबाट उम्मेदवार बनेका छन् । झापा ७ का एमालेका उम्मेदवार एबं एमालेका शीर्ष नेता केपी शर्मा ओलीसँग कांग्रेसबाट श्रीमति महेन्द्रा सुब्बा उठेकी छन् भने माओवादीले सुरेश लिङ्देनलाई उठाएको छ । जनमोर्चा नेपालबाट युक्त भेटवाल उठेका छन् । यो क्षँेत्रमा माओवादीले जनमोर्चाका भेटवाललाई समर्थन गर्ने बलियो सम्भावना छ । २०५७ को निर्वाचनमा एमालेको उम्मेदवारको रुपमा खडा भएका युक्त भेटवाल कांग्रेसका चक्र बास्तोलासँग जम्मा २६ मतको अन्तरले पराजित भएका थिए । उता झापा २ का एमाले उम्मेदवार ओली कांग्रेसकी गिरिराजकुमारी प्रसाईंसँग १६ मतले पराजित भए । कांग्रेसका शीर्ष नेता चक्र बास्तोला र एमाले नेता ओली दुवै ती निर्वाचन क्षँेत्रमा हारेपनि षडयन्त्रमूलक सहमति मार्फत् ४ मा चक्रलाई र २ मा केपी ओलीलाई जिताइएको आरोप लाग्यो । दुवैका विरुद्ध अदालतमा मुद्दा पर् यो । २६ मतले हारेका एमाले उम्मेदवार भेटवाललाई मुद्धा फिर्ता गर्न ओलीले दबाव दिएपछि भेटवालले पार्टी छाडे । र जनमोर्चामा प्रवेश गरे । झापामा लोकपि्रय मानिने तिनै भेटवाल अहिले ओलीका विरुद्ध ७ नं क्षँेत्रमा खडा भएका छन् भने ४ नं मा पनि चक्र बास्तोलाका विरुद्ध खडा भएका छन् । उनलाई माओवादीले समर्थन गरेमा जनमोर्चाका भेटवालले ओलीलाई अप्ठ्यारोमा पार्ने देखिएको छ । झापा ४ का कांग्रेस उम्मेदवार चक्र बास्तोलाका विरुद्ध माओवादीले धर्मशीला चापागाईंलाई उठाएको छ । धर्मशीला माओवादीका उम्मेदवारमध्ये झापामा सबैभन्दा बलियो र जनाधार भएको मानिन्छिन् । त्यहीं क्षँेत्रमा जनमोर्चाका लोकपि्रय उम्मेदवार युक्त भेटवालपनि खडा भएका छन् । युक्तले धर्मशीलालाई समर्थन गरी उम्मेदवारी फितर्ँ लिने सम्भावना छ । प्रम गिरिजाप्रसाद कोइरालाले प्रतिस्पर्धा गर्दै आएको मोरङ्ग १ मा नेकाले आमोद उपाध्यायलाई उठाएको छ भने एमालेको तर्फबाट गंगादेवी डाँगी खडा भएका छन् । त्यही क्षँेत्रमा माओवादीले शिवा हमाललाई खडा गरेको छ । मोरङ्ग ६ मा नेकाबाट केन्द्रीय सदस्य महेश आचार्य नेकपा एमाले बाट महेश रेग्मी र माओवादीबाट शान्ति मोदी खडा भएकी छन् । विश्वको सर्वाेच्च शिखर सगरमाथा अवस्थित सोलुखुम्बुमा कांग्रेसले केन्द्रीय सदस्य बलबहादुर केसीलाई चौंथोपटक उम्मेदवार बनाएको छ भने माओवादीलेपनि केन्द्रीय सदस्य गोपाल खम्बु किराँतीलाई उठाएको छ । खम्बुवान मुक्ति मोर्चा गठन गरी सशस्त्र संघर्ष सुरु गरेर मोर्चालाई माओवादीमा विलय गराएका किराँतीसँगै एमालेका बुद्धि राजभण्डारीपनि कांग्रेसका केसीसँग प्रतिस्पर्धा गर्दैछन् । मोरङ्गको २ नं उठेका भरतमोहन अधिकारीको क्षँेत्रलाई भने सर्वाधिक सुरक्षिँत क्षँेत्र मानिएको छ । त्यहाँ नेपाली कांग्रेसबाट बसन्त भटराई खडा भएका छन् भने माओवादीले जनजातिका लालबहादुर सुस्लिङ्ग मगरलाई उठाएको छ । मोरङ्ग ८ मा एमालेका केन्द्रीय सदस्य गुरु बरालकै क्षँेत्रमा नेपाली कांग्रेसबाट शेखर कोइराला उठेका छन् भने माओवादीले गोपी अछामेलाई उठाएको छ । धनुषा १ मा उठेका एमाले केन्द्रीय सदस्य रामचन्द्र झासँग माओवादीका श्रवण यादव उठेका छ । माओवादीका केन्द्रीय सल्लाहकार समेत रहेका यादव माओवादी सेनामा मधेशी समुदायबाट बृगेड कमाण्डर बन्ने पहिलो व्यक्ति हुन् । त्यहाँ कांग्रेसले स्मृतिनारायण चौधरीलाई उठाएको छ । धनुषा ६ मा माओवादी सल्लाहकार एवं मधेशी राष्ट्रिय मुक्ति मोर्चाकी पूर्व अध्यक्ष रामकुमारी यादव खडा भएकी छन् भने त्यस क्षँेत्रमा एमालेका योगनारायण यादव र कांग्रेसका प्रेमकिशोर िसंहलाई उठाएको छ । कांग्रेस महामन्त्री डा। रामबरण यादव उठेको धनुषा ५ मा एमालेले रामरतन यादवलाई आफ्नो उम्मेदवार बनाएको छ भने माओवादीले महादेव यादवलाई । एमालेका केन्द्रीय सदस्य रघुवीर महासेठ र कांग्रेस नेतृ लीला कोइराला धनुषाको ै निर्वाचन क्षँेत्र नं ४ बाट लड्दैछन् । त्यस क्षँेत्रमा माओवादीले अरविन्द्रलाल कर्णलाई उठाएको छ । कांग्रेस महामन्त्री बिमलेन्द्र निधि उठेको धनुषा ३ मा माओवादीले शोभित यादव र एमालेले हरिदेब मण्डललाई उठाएको छ । माओवादीका केन्द्रीय सल्लाहकार एबं मधेशी मोर्चाका हालका अध्यक्षँ कृष्णदेब िसंह दनुवार सिरहा १ बाट चुनाव लडेका छन् । त्यहाँ कांग्रेसले पदमनारायण चौधरी र एमालेले गंगाप्रसाद यादवलाई उम्मेदवार बनाएका छन् । सिरहामा बलियो मानिने जनमोर्चाले मुनि यादवलाई उठाएको छ । क्षँेत्र नं ७ मा कांग्रेस केस आनन्द ढुंगाना एमालेका तर्फबाट शत्रुघन महतो र माओवादीबाट जागेश्वर महतो उठेका छन् । सिरहा ३ मा एमाले उम्मेदवार बनेका सामान्य प्रशासन राज्यमन्त्री रामचन्द्र यादवसँग कांग्रेसका तर्फबाट सीतादेवी यादवले प्रतिस्पर्धा गर्दैछिन् । त्यहाँ माओवादीले बोधमाया यादवलाई उठाएको छ भने राम्रै संगठन रहेको जनमोर्चाले जिवछ यादवलाई उठाएको छ । सिरहा ५ मा जनमोर्चाका केन्द्रीय कोषाध्यक्षँ विश्वनाथ शाहसँग कांग्रेसका मोती श्रेष्ठ एमालेका धर्मनाथ शाह माओवादीका महेन्द्र पासवान उठेका छन् । चारै जना उम्मेदवार यस क्षँेत्रमा सशक्त मानिन्छन् । कांग्रेसका इमान्दार नेता मानिने भीमबहादुर तामाङ्गका विरुद्ध दोलखामा एमालेले केन्द्रीय सदस्य पशुपति चौलागाईंलाई उठाएको छ । त्यही क्षँेत्रमा माओवादीले लोकपि्रय नेतृ देबी खड्कालाई उम्मेदवार बनाएको छ । जनयुद्धकालमा पक्राउ परी प्रहरीबाट बलात्कृत भएकी खड्काको उम्मेदवारी एमाले र कांग्रेसकालागि निकै ठूलो चुनौति बनेको छ । नुवाकोट १ मा तर्फबाट सहमहामन्त्री अर्जुननरिसंह केसी र २ बाट अर्थमन्त्री डा। रामशरण महत कांग्रेसबाट उम्मेदवार बनेका छन् । यीमध्ये क्षँेत्र नं १ मा माओवादीबाट बिमला सुवेदी र एमालेबाट राजेन्द्र लोहनी तथा २ नं मा एमालेकी बृन्दा ढुंगाना र माओवादीबाट हितबहादुर तामाङ्ग चुनाव लड्दैछन् । नुवाकोट क्षँेत्र नं ३ मा भने माओवादीका शीर्ष नेता पोष्टबहादुर बोगटी दिवाकर खडा भएका छन् । यस क्षँेत्रमा एमालेका केन्द्रीय सदस्य महेन्द्रबहादुर पाण्डेले उम्मेदवारी दिएका छन् । धादिङ्ग ३ मा एमालेका राजेन्द्र पाण्डेविरुद्ध माओवादीका मजदुर नेता शालिकराम जमरकटेल र कांग्रेसका डा। राजाराम कार्की खडा भएका छन् । चितवन क्षँेत्र नं २ मा माओवादीका शीर्ष नेता रामबहादुर थापा मगर बादल उठेका छन् । यो क्षँेत्रमा एमालेका केस काशिनाथ अधिकारी खडा छन् भने कांग्रेसका एकनाथ रानाभाट । देशभरिका २ सय ४० मध्ये यो क्षँेत्रपनि सर्वाधिक चासोको क्षँेत्र बनेको छ । चितवनको ५ नं क्षँेत्रमा जनमोर्चा अध्यक्षँ अमिक शेरचनकाविरुद्ध कांग्रेसका नारायण शर्मा र एमालेका विजय सुवेदी तथा माओवादीका सूर्यप्रकाश सुवेदीले उम्मेदवारी दिएका छन् । उता लमजुङ्ग क्षँेत्र नं २ मा एमाले र कांग्रेस दुवैबाट केन्द्रीय नेताहरुले चुनाव लडेका छन् । एमालेले केस एवं पर्यटनमन्त्री पृथ्वीसुब्बा गुरुङ्गलाई उठाएको छ भने नेकाले केन्द्रीय सदस्य दीलबहादुर घर्ति मगरलाई । ४ पटकसम्म चुनाव हारिसकेका एमालेका गुरुङ्गका विरुद्ध कांग्रेसका उम्मेदवार घर्तिले भने जीवनमा पहिलो पटक चुनाव लड्दैछन् । माओवादीले भने मधु अधिकारीलाई आफ्नो उम्मेदवार बनाएको छ । भ्रष्टाचार र राजावादीको आरोप खेपिरहेका कांग्रेस केस गोविन्दराज जोशीका विरुद्ध तनहुँ क्षँेत्र नं १ मा माओवादीले सुरेश आले मगरलाई उठाएको छ । त्यहाँ एमालेका तर्फबाट एकबहादुर राना मगर उठेका छन् । तनहुँ २ मा कांग्रेसका शीर्ष नेता रामचन्द्र पौडेल उठेका छन् भने माओवादीबाट दलित नेता डम्बर बिक तथा एमालेबाट प्रतापलाल श्रेष्ठ खडा भएकाछन् । स्थानीय विकास मन्त्री देब गुरुङ्ग मनाङ्गका अलवा गुरुङ्गहरुको बाहुल्यता रहेका कास्की २ बाटपनि उम्मेदवार बनेका छन् । मनाङ्गमा उनलाई कांग्रेसका पाल्तेन गुरुङ्ग र एमालेका मंगलबहादुर गुरुङ्गले तथा कास्की २ मा कांग्रेसका सावित्री पौडेल र एमालेकी गजकुमारी गुरुङ्गले चुनौति दिनेछन् । बाँके ३ मा कांग्रेसका कार्यबाहक सभापति सुशील कोइराला उठेका छन् । मुस्लिम बहुल त्यस क्षँेत्रमा एमालेले समसुद्दिन सिद्दिकीलाई उम्मेदवार बनाएको छ भने माओवादीकोपनि उत्तिकै प्रभाव रहेका त्यहाँ माओवादीले पर्मानन्द बर्मालाई खडा गरेको छ । एमालेका शीर्ष नेता बामदेब गौतम बर्दिया १ बाट उठेका छन् । माओवादीले क्रमश सरला रेग्मी र मालती सोडारीलाई उठाएको छ । थारु बहुल दाङ्ग को १ नं क्षँेत्रबाट चुनाव लडेका कांग्रेसका खुमबहादुर खड्काविरुद्ध माओवादीले थारु समुदायकै इन्द्रमणि चौधरीलाई उठाएको छ भने एमालेले रेवतीरमण शर्मालाई खडा गरेको छ । माओवादी प्रवक्ता एवं सूचना तथा साचारमन्त्री कृष्णबहादुर महरा दाङ्ग ३ बाट खडा भएका छन् जहाँ एमालेबाट छविलाल ओली तथा कांग्रेसबाट अनिता देवकोटा उम्मेदवार बनेका छन् । -Sitaram Baral in Kathmandu. |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®