|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
एमाले महासचिव नेपाललाई पराजित गर्ने
सभासद् र अन्य कुर्मी सभासद्हरु अभिनन्दित 'राजनीतिमा लाग्नुअघि म आफूलाई बाहुन ठान्थें राजनीतिमा लागेपछि त्यो भावना हराएको छ'- नेपाली कांग्रेसका उपसभापति तथा शान्ति मन्त्री रामचन्द्र पौडेल एमाले महासचिव माधव नेपाललाई पराजित गर्ने सभासद् देबेन्द्र पटेल कुर्मी, दायाँ र समानुपातिकबाट सभासद्मा निर्वाचित कांग्रेसका बादशाह कुर्मी Photos: Sharmila Thapa काठमाडौं, June 15, 2008- एमाले महासचिव माधबकुमार नेपाललाई रौतहट- ६ बाट पराजित गर्ने माओवादीका देबेन्द्र पटेल कुर्मीलगायत तराईको कुर्मी समुदायबाट सविधान सभामा निर्वाचित सभासद्हरु अभिनन्दित भएका छन् । अभिनन्दन कार्यक्रममा बोल्दै मधेशी नेताहरुले मधेशीहरुले संघीय मधेश राज्यमात्र होइन जनसंख्याको अनुपातमा केन्द्रमा समेत हक र अधिकार खोज्ने उद्घोष गरे । तराई मधेश लोकतान्त्रिक पार्टीका नेता ह्दयेश त्रिपाठीले भने- 'हामीलाई मधेश प्रदेश दिएरमात्र हुन्न केन्द्रमापनि उत्तिकै अधिकार चाहिन्छ ।' उनले आफूहरुको लडाईं मधेश र केन्द्रीय राज्य दुबैतर्फ अधिकार प्राप्तिकालागि हुने बताए । संविधान सभा चुनाव सम्पन्न भैसकेपछिपनि नयाँ सरकार बन्न नसकेकोमा असन्तुष्टि व्यक्त गर्दै त्रिपाठीले मधेशी दलहरु सत्ताको भागदौडमा नलागेको बताए । 'मधेशीलाई सत्ता होइन प्रभुसत्ता चाहिएको छ सरकार होइन अधिकारको आवस्यकता छ' त्रिपाठी भने- 'हामी सत्ताको लडाईंमा होइन अधिकारको लडाईंमा छौं ।' देशमा पहाडी र माओवादी सेना गरी दुई सेना रहेको तर सेनामा मधेशी प्रतिनिधित्व अत्यन्त कम भएकाले सेना समायोजनकाक्रममा मधेशीहरुलाईपनि समूहगत रुपमा सेनामा प्रवेश दिइनुपर्ने बताए । कार्यक्रमको प्रमुख अतिथिको रुपमा निम्त्याइएका थिए- नेपाली कांग्रेसका उपसभापति तथा शान्ति मन्त्री रामचन्द्र पौडेल । मधेशीहरुकोबीचमा भएकाले होला उनले आफूलाई जातीय राजनीति मन नपर्ने बताए । 'राजनीतिमा लाग्नुअघि म आफूलाई बाहुन ठान्थें राजनीतिमा लागेपछि त्यो भावना हराएको छ' उनले उपदेशको शैलीमा भने- 'तपाईंहरुलेपनि जातीय लघुताभाष र हीनताबोध त्याग्नुपर्छ ।' कार्यक्रमका सहभागीहरुले मधेशीलाई राष्ट्रपति बनाउनुपर्छ भन्ने मागको सम्बन्धमा उनीसँग जिज्ञाशा राखेका थिए । तर उनले यससम्बन्धमा उत्तर दिन चाहेनन् । उनले भने- 'म जात भात मान्दिन त्यसैले मधेशकै मान्छे राष्ट्रपति हुनुपर्छ भन्नेपनि मलाई लाग्दैन ।' बायाँबाट माओवादी सभासद चिनक कुर्मी तमलोपाका सभासद् दानबहादुर चौधरी कुर्मी कार्यक्रमका सभापति शान्तिमन्त्री रामचन्द्र पौडेल र तमलोपाका नेता ह्दयेश त्रिपाठी कुर्मी समुदायलाई तराईको अन्न उत्पादनकर्ता समुदायको रुपमा चिनिन्छ । २०५८ को जनगणता अनुसार कुर्मी समुदायको जनसंख्या करिव १ लाख ५० हजार रहेको देखिएपनि कुर्मी समुदायका अगुवाहरुले ८ लाख भएको दावी गर्दै आएका छन् । संविधान सभामा कुर्मी समुदायबाट ४ जना चुनिएका छन् । सो कार्यक्रममा एमाले महासचिव नेपाललाई पराजित गर्ने नेकपा माओवादी का देवेन्द्र पटेलका अलवा माओवादीकै चिनक कुर्मी, तमलोपाका दानबहादुर चौधरी कुर्मी, र नेपाली कांग्रेसका वादशाह कुर्मीलाई सम्मान गरिएको थियो । पटेल शिक्षा तथा संस्कृति समाज र पटेल कुर्मी समाजले कार्यक्रमको संयुक्त आयोजना गरेका थिए । -Sharmila Thapa in Kathmandu |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®