Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
प्रचण्डलाई प्रधानमन्त्री बन्न नदिने खेलमा को को छन्?

-बिशेष काठमाडौं ब्युरोबाट
काठमाडौं,  August 7, 2008- एक विश्वस्त स्रोतको अनुसार माओवादी अध्यक्ष प्रचण्डलाई कुनै हालतमा प्रधानमन्त्री बन्न नदिने षडयन्त्र भईरहेको दाबी गरेको छ । स्रोत भन्छ 'कोइराला र नेपाल दुबैलाई राष्ट्रपति बन्न नदिए पछि कुनै हालतमा प्रचण्डलाई प्रधानमन्त्री दिनु हुन्न भन्नेमा उनीहरु एक मत भएका हुन्‌ ।'

काम चलाउ सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला पुन: प्रधानमन्त्री बन्ने कसरतमा लागेका छन् । मर्यादाक्रममा आफूभन्दा दुई तह माथि अर्थात पहिलो मर्यादाक्रममा रहेका राष्ट्रपतिले समेत प्रधानमन्त्री निवासमै भेटन् आएका प्रधानमन्त्री कोइराला अहिले माधव नेपालको निवाससम्म पुगी रहेका छन् ।

संविधान सभा निर्वाचनमा दुबै क्षेत्रबाट लज्जास्पद पराजय भोगेका नेपालले पार्टी महासचिवबाट समेत राजिनामा दिई सकेका छन् । यद्यपि कोइरालाले नेपाललाई कोटेश्वर स्थित नेपाल निवास मै गएर भेटवार्ता गरे । 'आफ्नो स्वार्थको लागि … पनि पाउ मोल्नु' भने जस्तै प्रधानमन्त्री कोइराला गैर-माओवादी गठबन्धनको सरकार बनाउन हदैसम्मको गतिविधि गर्न तयार दैखिन्छन् ।

एक समय असक्त देखिएका प्रधानमन्त्री कोइराला आज भोलि दिनहुँ दर्जनौं मान्छेसँग भेटवार्ता गरिरहेका छन् । पछिल्लो पटक साउन २२ गते एमालेका पूर्व सांसद कृष्णलाल महर्जनको वालकुमारी स्थित घरमा प्रधानमन्त्रीसँग पूर्व महासचिव नेपालवीच करीब एक घण्टा कुराकानी भएको छ । भेटपछि नेपालले राष्ट्रिय सहमतीको सरकार बनाउने विषयमा कुराकानी भएको बताएका थिए।

एक विश्वस्त स्रोतको अनुसार माओवादी अध्यक्ष प्रचण्डलाई कुनै हालतमा प्रधानमन्त्री बन्न नदिने षडयन्त्र भईरहेको दाबी गरेको छ । स्रोत भन्छ 'कोइराला र नेपाल दुबैलाई राष्ट्रपति बन्न नदिए पछि कुनै हालतमा प्रचण्डलाई प्रधानमन्त्री दिनु हुन्न भन्नेमा उनीहरु एक मत भएका हुन्‌ ।'

उक्त स्रोतका अनुसार सकेसम्म माओवादीलाई सरकारको नेतृत्व गर्नै नदिने दिनै परे प्रचण्डलाई प्रधानमन्त्री बन्न नदिने बरु बाबुराम वा बादललाई प्रधानमन्त्री बनाउने खेल शूरु भएको छ । बाबुराम वा बादलको नेतृत्वमा सरकार बन्न दिएपनि महत्वपूर्ण मन्त्रालय नदिएर माओवादी सरकारलाई प्यारालाइज बनाउने षडयन्त्र भएको स्रोतको दाबी छ ।

उता एमाले निकट स्रोतका अनुसार प्रचण्ड र बाबुराम दुबैलाई प्रधानमन्त्री बन्न नदिने प्रयास जारी छ ।





   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®