|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
राष्ट्रपति बन्न नपाउने भएपछि आक्रोसित प्रम
कोइरालाले हिजो के भने? काठमाडौं, June 20, 2008- सत्ता छाड्ने र राष्ट्रपतिपनि नहुने सम्भावना बढेपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले त्यसको रिस हिजो सात दलको बैठकमा पोखेका छन् । संविधान सभा चुनाव भएको दुई महिना बितिसक्दापनि नयाँ सरकार गठनको बाटो खुला नगरेका प्रधानमन्त्री कोइरालाले माओवादी-एमाले सहमति र सहकार्यको बाटो भन्दा गणितीय बाटोमा लागेको आरोपसमेत लगाएका छन् । राष्ट्रपति कसलाई बनाउने भन्नेबारेमा सहमति हुन नसकेपछि संविधान सभाको बहुमतले राष्ट्रपतिको चयन गर्ने आन्तरिक सहमति संविधान सभाको सबैभन्दा ठूलो दल नेकपा माओवादी र तेश्रो ठूलो दल नेकपा एमाले बीच भएको छ । नेपाली कांग्रेसले भने प्रम कोइरालालाई नै सहमतिका आधारमा राष्ट्रपति बनाउनुपर्ने माग राखेको छ । कोइरालाले राष्ट्राध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर पाइसकेकाले अब उनलाई राष्ट्रपति नबनाउनेमा माओवादी र एमालेले सहमति गरेका छन् । सहमतिका आधारमा राष्ट्रपति चयन हुन नसके संविधान सभाको बहुमतले राष्ट्रपति चयन गर्नुपर्ने प्रस्ताव माओवादी र एमालेले राखेपछि कोइराला विहीबारको बैठकमा आक्रोसित भएका थिए । 'सहकार्य र सहमतिको आधारमा अघि बढ्नुपर्नेमा तपाई्हरु गणितिय हिसावकितावतिर लाग्नुभयो' माओवादी र एमाले मिल्दा सजिलै साधारण बहुमत देखिने र त्यो स्थितिमा आफू राष्ट्रपति बन्ने सम्भावना अन्त्य भएपछि आक्रोसित कोइरालाले भने- 'जे जे गर्नुपर्ने हो तपाईंहरु आ-आफै मिलेर गर्नुस् ।' आफू राष्ट्रपति नबन्ने स्थितिमा संविधान सभामा नेपाली कांग्रेसले विपक्षको भूमिका निर्वाह गर्ने चेतावनी कोइरालाले दिएका छन् । 'अब नेपाली कांग्रेस विपक्षीको भूमिकामा बस्छ, जिन्दगीभर हामी लडेर आएका हौं अबपनि लड्छौं' कोइरालाले भने- 'मैले माओवादीलाई यहाँसम्म ल्याइपुर्याएँ अहिले ममाथि नै यस्तो व्यवहार भयो ।' क्रुद्ध कोइरालाले आफूले राजिनामा दिने ठाउँ कहाँ हो ? भनेर माओवादी र एमालेका नेताहरुसँग प्रश्नपनि सोधेका थिए । आफूले राजिनामा दिने र प्रतिपक्षमा बस्ने चेतावनी दिएपनि कोइरालाले आफूलाई सात पार्टीले प्रधानमन्त्री बनाएकाले हटाउनपनि सात पार्टीकै सहमति हुनुपर्ने चुनौति माओवादी र एमालेलाई दिएका छन् । त्यसैले राजिनामा दिने ठाउँ नभएको बखेडा झिकेर नयाँ सरकार गठनको बाटो प्रधानमन्त्री कोइरालाले हत्पत्ति नखोल्ने स्थिति देखिएको छ । बैठकमा आफ्ना कुरा राखेर आक्रोसित कोइराला बैठकबाट बाहिरिएका थिए । -Sitaram Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®