Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

जनताको मन छुने गरी आएको प्रधानमन्त्रीको सम्बोधनमा के के छ?



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
काठमाण्डौ, 26 Jan, 09- आफ्नो नेतृत्वको सरकारको पाँच महिने अवधि देशको वास्तविक स्थिति अध्ययनमै बितेको बताउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले अब जनतालाई सुविधा र राहत दिन तथा विकासको क्रमलाई अगाडि बढाउन सरकारको ध्यान वास्तविक रुपले केन्द्रित हुने घोषणा गरेका छन् ।

आइतबार बेलुकी राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रम कायान्वयनमा सहयोग नगर्ने पुरानै सोचका कर्मचारीहरुलाई कार्वाहीको चेतावनीसमेत दिएका छन् । सर्वसाधारण जनताको मन छुने गरी आएको प्रधानमन्त्रीको सम्बोधन अनुसार काम भएमा देशमा नयाँ संस्कृतिको विकास हुनुका साथै विकास निर्माणमा देशले निकै फड्को मार्न सक्ने देखिन्छ ।

सम्बोधनमार्फत् प्रधानमन्त्रीले सामाजिक सुधारका कार्यक्रमको घोषणासमेत गरेका छन् । दाइजो प्रथालाई यसैहप्ता पूर्ण रुपमा निशेष गरिनुका साथै छोरीलाई अंश दिने कानूनको कार्यान्वयन र विवाहमा निश्चित व्यक्तिमात्र सहभागी हुन पाइने व्यवस्था, छुवाछुतको निर्मूलीकरण गरिने घोषणापनि प्रधानमन्त्रीले गरेका छन् । आधा आकाशको रुपमा रहेका महिला र निकै ठूलो संख्यामा रहेका दलितहरुलाई प्रधानमन्त्रीको यो सम्बोधनले सरकारप्रति सकरात्मक बनाउने अपेक्षा गरिएको छ । प्रधानमन्त्रीले देश विकासमा विदेशीको नभै हामी नेपाली आफ्नै योगदान रहनुपर्ने बताएका छन् ।

सरकारी कार्यालयमा हुने ढिलासुस्ती र घुषखोरीको प्रबृति निर्मूल गर्न सरकारले घुष खानेलाईमात्र होइन घुष दिनेलाईपनि अपराधी सरह व्यवहार गर्ने भएको छ । सरकारी कार्यालयका अधिकारीहरुलॆ तत्कालै गर्न नसक्नुको कारणबारे लिखित रुपमा सम्बन्धित व्यक्तिलाई जानकारी दिनुपर्नेछ । उजुरी पेटिकालाई व्यवस्थित बनाइनुका साथै छड्के निगरानी कार्यलाई सरकारले व्यवस्थित बनाउने घोषणापनि प्रधानमन्त्रीले गरेका छन् । माओवादी नेतृत्वको सरकारले जनअपेक्षा गरेअनुरुपमा काम गर्न नसकेको गुनासो आइरहेका बेला प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गरी उपरोक्त घोषणा गरेका हुन् ।

सर्वसाधारण जनताको यो गुनासो जायज भएको बताउँदै प्रधानमन्त्रीले सम्भ्रान्त वर्गले सरकारमाथि लगाउने आरोपप्रति भने कडा व्यङ्ग गर्दै प्रहार गरेका छन् । 'एक करोडको बंगलामा बस्ने र ६० लाखको गाडी चढ्नेले घर अगाडिको खाल्डोमुनि कहिल्यै एक टि्रप गिट्टी खसाल्दैन बरु त्यो खाल्डो हेर्दै सरकारलाई नै गाली गर्छ' प्रधानमन्त्रीले आफ्नो सम्बोधनका क्रममा भनेका छन्- 'आफैले फालेको केराको बोक्राले चिप्लेर लड्नेले ऐनामा आफ्नो अनुहार हेर्देन बरु कुनै अदृष्य यात्रुलाई सराप्छ ।' चिया पसल र मदिरालयमा बसेर घन्टौं नचािहंदा गफ गर्ने प्रबृति बढेको बताउँदै उनले यसो गर्नुको सट्टा राष्ट्र निर्माणकालागि त्यो समय सदुपयोग गर्न सबै देशवासीसँग अपिल गरेका छन् ।

एमालेका केही नेताहरुले माओवादी नेतृत्वको सरकार ढालेर आफ्नै पार्टीको वा कांग्रेसको नेतृत्वमा सरकार ढाल्ने अभिव्यक्ति दिएको, एमाले-कांग्रेसलगायतका पार्टीसँग आवद्ध कर्मचारीहरुले नियोजित रुपमै सरकारलाई असहयोग गरिरहेको तथा सेनाको उपल्लो तप्काले सरकारका निर्देशनलाई चुनौति दिइरहेका बेला प्रधानमन्त्रीले गरेको सम्बोधनमा गरिव, बिपन्न बर्गका जनतालाई सम्बोधन गरेको छ । 'बहुसंख्यक जनतालाई आफ्नो पक्षमा पार्ने हो भने जस्ता सुकै षडयन्त्रलाई पनि परास्त गर्न सकिन्छ त्यसै अनुरुपमा प्रधानमन्त्रीको सम्बोधन आएको हो' माओवादीका एक केन्द्रीय नेताले भने- 'प्रधानमन्त्रीको सम्बोधनको कार्यान्वयनकालागि अब पार्टी पंक्ति एक भएर अघि बढ्छ जसले अबरोध सिर्जना गर्छ अब जनताले नै उनीहरुको प्रतिरोध गर्नेछन् ।'

-Sitaram Baral in Kathmandu
 
Special feature: प्रधानमन्त्रीको देशबासीको नाममा जारी सन्देशमा के त्यस्तो जादू छ?
Read the full text of Prime Minister Prachanda's address
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®