Local:    Kathmandu:
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

भारतबाट २० हजार राइफल र ४० लाख थान गोला र बारुद भित्रियो

काठमाडौं, March 26, 2008-चुनावको मुखैमा सरकारले भारतबाट करिव २० हजार थान राइफल र ४० लाख थान गोली ल्याएको पुष्टि भएको छ । माओवादीले रुपन्देहीमा रोकिराखेका सशस्त्र प्रहरीको ट्रकमा बन्दोबस्तीका सामानमात्र ल्याएको सरकारको दावी भएपनि भारत सरकारको गोप्य सहयोगमा दिइएका ती हतियार ल्याइएको जानकारी परराष्ट्र मन्त्रालय श्रोतले दिएको छ ।

दुई महिना अघि नेपाल-भारत परराष्ट्र मन्त्रालयस्तरीय सुरक्षा बैठकमा यस सम्बन्धी गोप्य बैठक भएको थियो।

भारतबाट हतियार लिएर आउँदै गर्दा बुटवलको जोगीकुटीमा माओवादीले रोकेका ती ट्रकमा सशस्त्र प्रहरीका लागि ल्याइएका ५ हजार थान एसएलआर र त्यसका १६ लाख गोली थिए । तीन सयवटा टियर ग्यास गन र सेलका अलवा ग्रीनेडपनि त्यसमा सामेल थियो । राइफल र गोलीबाहेकका यी सामग्री दंगा नियन्त्रणका अलावा नेपाल प्रहरीलाई पनि भारतले गोप्य रुपमा हतियार उपलब्ध गराएको रहेछ ।

नेपाल प्रहरीलाई भारतले दिएका नौ हजार थान एसएलआर पनि यस्तै ट्रकमा थियो । यसअघि सेनाको आपत्तिका कारण एसएलआरजस्तो आधुनिक हतियार प्रहरीले राख्न पाएको थिएन । प्रहरीलाई गोप्य रुपमा हतियार दिइएको घटनाले सेनापनि सशंकित भएको छ । आफूले बोक्दै आएको एसएलआरजस्तो अत्याधुनिक हतियार प्रहरीलेपनि बोक्दा त्यसले सेनाको मनोविज्ञानमा नकरात्मक असर पर्ने दावी सेनाले गर्दै आएको छ ।

जानकारी अनुसार ती ट्रकमा तीन हजार थ्री नट थ्री राइफल पनि ट्रकमा राखिएका थिए । प्रहरीलाई दिइएका यी हतियारका लागि २० लाख थान गोली र ४२ वटा अश्रुग्यास हान्ने राइफलपनि ट्रकमै थियो ।

रुपन्देहीको कोटीहवामा माइक्रोबसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएपछि सडक अवरुद्ध हुनु नै ती हतियार आएको कुराको गोप्यता खुलुनुको प्रमुख कारण थियो । अवरुद्ध सडक खुलाउन भनेर गएको सशस्त्र प्रहरीले भारतबाट आएका ट्रकको सुरक्षामामात्र ध्यान दिएपछि नजिकै रहेका माओवादीले शंका गरेका थिए । त्यसपछि उनीहरुले सडक अवरुद्ध गर्न सुरु गरे ।

उनीहरुको शंका त्यसबेला सत्य ठहरियो जब त्यहाँ रहेका सशस्त्र प्रहरी प्रमुखले हतियार नै भएको बताए । र विना अवरोध छाडिदिन अनुरोध गरे । युपी ५३८०५० ५३८१३७ र ५३२८११ नं. का ट्रकबाट ती हतियार ल्याइएको थियो ।

- सीताराम बराल
-Sitaram Baral in Kathmandu
















































तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®