|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
'जनगणतन्त्र ल्याएरै छाड्छौं' -माओवादी वरिष्ठ नेता किरण |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
Maoist leader Mohan Baidhya 'Kiran'. Photo: Sitaram काठमाण्डौं, November 27, 2008- आफ्नो पार्टीको अन्तिम लक्ष्य जनगणतन्त्र नै भएको बताउँदै नेकपा माओवादीका वरिष्ठ नेता मोहन वैद्य 'किरण' ले जनगणतन्त्र ल्याएरै छाड्ने बताएका छन् । हालै सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलाले जनगणतन्त्र स्थापनाका लागि वातावरण निर्माण गरेको बताउँदै किरणले पार्टीले त्यसै अनुसारको कार्यनीति ल्याएकोपनि दावी गरेका छन् । 'जनगणतन्त्र ल्याएरै छाड्छौं' किरणले भने- 'राष्ट्रिय कार्यकर्ता भेलाले जनगणतन्त्र प्राप्तिका लागि वातावरण विकसित बनाएको छ ।' आफूहरुको लक्ष्यनै जनगणतन्त्र भएको उनको भनाई थियो । कार्यकर्ता भेलामा जनवादको उत्कृष्ट अभ्यास भएको बताउँदै माओवादी नेता किरणले आफ्नो दल कुनै हालतमा नफुट्ने बताए । पार्टीमा द्वन्द्वात्मक विधिको प्रयोग गरी संघर्षको बीचबाट एकता कायम गरिएको बताउँदै उनले भने- 'हामी अरु कम्युनिष्ट पार्टीभन्दा भिन्न तरिकाले एकता संघर्षबाट फुटमा नभई एकतामै अघि बढेका छौं ।' हालै पारित राजनीतिक कार्यनीतिले एकतालाई थप बल प्रदान गरिएको बताएका उनले मूल्यांकन, संगठन र कतिपय वैचारिक विषयहरु महाधिवेशनमा लगी टुंगो लगाइने जानकारी दिएका छन् । सय दिनको अवधिमा सरकारले खासै उपलब्धिमूलक काम नभएको भन्दै आलोचना गरेका उनले सरकारको सय दिन देख्दा ताजुब लागेको बताए । 'गर्नुपर्ने काम पनि भएका छैनन्' उनले भने- 'तर संयुक्त सरकार भएकाले अत्यावश्यक काम गर्न खोज्दा पनि कठिनाई आएको हुनसक्छ ।' सरकारलाई जनमुखी काम गर्न पार्टीले दबाब दिइरहने बताउँदै बरिष्ठ नेता किरणले राज्यसत्ताका पुरानै संयन्त्र राखेर नयां नेपाल बनाउन खोज्दा समस्या आएको बताए । आफूहरुले आर्थिक क्रान्तिसंगै राजनीतिक क्रान्ति पनि गर्न खोजेकोपनि उनले बताए । सेना समायोजनलाई कसैले रोक्न नसक्ने किरणको भनाई छ । |
|
|
सेना समायोजन कार्य नेपाली कांग्रेसले रोक्न नसक्ने उनको दावी छ । नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले सेना समायोजनमा हस्ताक्षर गरिसकेकाले मुखले गर्न दिन्न भन्दैमा केही नहुने बताएका उनले भने- 'गिरिजाबाबुले मुखले भनेर हुँदैन उहांले सेना समायोजन सम्बन्धी सम्झौतामा हस्ताक्षर गरिसक्नुभएको छ ।' सेना समायोजन हुन दिन्न भन्नेहरु शान्ति प्रकि्रयाको विरोधी ठहरिने बताउँदै किरणले सबै किसिमका अवरोधलाई पन्छाएर सेना समायोजन गराएरै छाड्ने दृढता व्यक्त गरे । किरणले आफ्ना दलका नेताहरु सुविधाभोगी भएकोमा उनले चिन्ता व्यक्त गरेका छन् । 'अनावश्यक रुपमा सुविधाभोगी भएकोमा पार्टीभित्रैपनि ब्यापक कुरा उठेको छ' उनले भने- 'त्यसलाई समयमै नियन्त्रण गर्नेतर्फ लागेका छौं ।' विगतमा माओवादीले उठाएको भूमिसुधारका नारालाई सरकारमा बसेर लागू गर्न नसकेको बारे सोधिएको प्रश्नमा उनले भने- 'भूमिसुधारको विषय नयां संविधान निर्माणमा ल्याउनेछौं ।' सामन्ती भूस्वामित्वको अन्त्य गर्न भूमिसम्बन्धी हदबन्दी लागू गर्ने एजेण्डा सार्ने उनको भनाई थियो । सरकार, सडक र सदनमा रहेर भूमिसुधारका लागि सशक्त रुपमा प्रस्तुत हुनेपनि उनले बताएका छन् । -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||