|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
'मलाई अधिकार दिएको भए यसरी संविधान उलंघन गर्ने
दललाई कारवाही गर्थें'-
उपराष्ट्रपति झा Vice President Paramanda Jha. Photo: Sitaram काठमाण्डौं, November 5, 2008- के सेरमोनियल राष्ट्रपति र उपराष्ट्रपतिले कुनै राजनीतिक विषयमा टिप्पणी गर्न मिल्छ ? नमिल्नु पर्ने हो । राष्ट्रपति डा. रामबरण यादवले कतिपय राजनीतिक विषयमा टिप्पणी गरेकोमा त्यसको आलोचना गर्ने उपराष्ट्रपति परमानन्द झालेसमेत राजनीतिक विषयबस्तुमा टिप्पणी गर्न थालेपछि उनीहरुले आफ्नो पदको मर्यादा राख्न नसकेको देखिएको छ । पदको शपथग्रहण गरेको दिनदेखि नै विवादमा तानिएका उपराष्ट्रपति झाले कार्तिक २० गते राजधानीमा रिपोर्टस क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै सेना समायोजनका लागि गठित विशेष समिति संविधानविपरित भएको बताएर आफूलाई विवादमा तान्ने काम गरेका हुन् । बुधबार रिपोर्टस्र क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले संविधानमा प्रमुख दलको व्याख्यानै नभएको अवस्थामा प्रमुख दलका नामबाट समिति गठन भएको भन्दै असंवैधानिक भएको जिकिर गरेका छन् । 'सेना समायोजनका लागि गठित विशेष समिति संविधानविपरित छ' उपराष्ट्रपति झाले भने- 'प्रमुख दल भनेको को हो व्याख्यानै अस्पष्ट नभएको अवस्थामा समिति संवैधानिक छैन ।' प्रमुख दलको निक्र्यौल सर्वोच्च अदालत, निर्वाचन आयोग र संविधान सभाले मात्र गर्न सक्ने बताएका उनले निक्र्यौल गरेपछि मात्र कमिटी को गठन गर्न मिल्ने जिकिर गरे । समितिको गठन कानुनबमोजिम नभएकाले सेना समायोजनको मापदण्डबारे केही नबोल्ने बताए । |
|
|
नेकपा माआवेादी, एमाले र मधेशी जनअधिकार फोरम सहभागी रहेको विशेष समितिमा
नेपाली काँग्रेसले अझै सहभागिता जनाएको छैन । सर्वोच्च अदालत, संविधान सभा
वा निर्वाचन आयोगले प्रमुख चार दलको परिभाषा गरेपछि मात्रै समिति बनाउन
उपराष्ट्रपति झाले सुझाव दिए । कार्यक्रममा उपराष्ट्रपतिले संविधानमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरीसकेको उल्लेख भएपनि राजनीतिक दलहरुबाटै त्यस विरोधी वक्तव्य आउनु वा विरोधका कार्यक्रम हुनु अन्तरिम संविधानको उलंघन भएको उल्लेख गरे । 'मलाई अधिकार दिएको भए यसरी संविधान उलंघन गर्ने दललाई कारवाही गर्थे' झाले भने । संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी कार्यलाई रोक्न नसक्नु राज्यको कमजोरी भएको उनको भनाई थियो । कुनै पनि दल संविधान निर्माण प्रकृया शूरु गर्न कोही अग्रसर नभएकोमा आफूलाई निकै दुःख लागेको उपराष्ट्रपतिले बताए । उनले भने 'संविधान लेखौं भनेर कोही त बोल्न पर्यो' । उपराष्ट्रपति भएपछि प्रधानमन्त्रीले आफूलाई एक पटक मात्रै भेटेको त्यो पनि आफ्नै पहलमा भन्दै झाले सचारकर्मी माझ गुनासो पोखे । अहिले जनतालाई भेटेर िहंड्ने वाहेक आफ्नो कुनै जिम्मेवारी नभएको कुरा उनले पुनः दोहोर्याए । उनले आफूसँग पत्रकार जनतादेखि विद्यार्थीसम्म आर्थिक सहयोग माग्न आउनेगरेको खुलासा गरेका छन् । समस्या देखाएर आउनेलाई आर्थिक सहयोग गर्नेबाहेकको काम गर्न आफूले नपाएको बताए । उपराष्ट्रपति झाले दलहरुले संविधान निर्माणमा आलटाल गरिरहेको आरोपसमेत लगाएका छन् । दलहरुले समयमै संविधान लेख्नमा शंका व्यक्त गर्दै सचेत गराउनुपर्ने बताएका उनले भने- 'संविधान लेखनमा आलटाल भइरहेको छ कोही त बोल्नुपर्यो त्यसैले म बोलेको हुँ ।' तोकिएको समयभन्दा अगावै संविधान लेखन कार्य पूरा हुनुपर्नेमा उनको जोड थियो । नेपाली जनताको चाहनाबमोजिमको संविधान तोकिएको समयमै नलेखिने स्थिति सिर्जना भएमा आफूले भविष्यमापनि बोल्ने बताए । राजनीतिक दलहरुले दुई तीन पटक संविधान उल्लंघन गरिसकेको बताउँदै उपराष्ट्रपति झाले जनताले राष्ट्रपति र उपराष्ट्रपतिबाट चाहना राखेकाले आफूहरुको भूमिका सम्बैधानिक रुपले नै स्पष्ट हुनुपर्ने मागसमेत गरेका छन् । तर संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिको भूमिका स्पष्ट नभएको उनको जिकिर गर्दै झाले भने- 'कानुनले तोकेबमोजिम कार्यसम्पादन गर्ने भनिएको छ तर कानुन बनेको छैन ।' छिटोभन्दा छिटो आफ्नो कार्यसम्पादनको कानुन बनाउन उनको जोड थियो । दलहरुले कार्यसम्पादको कानुन बनाउन कुरा नउठाएको बताएर असन्तुष्टि व्यक्त गरेका उपराष्ट्रपति झाले आफूले अझै संयमता राखेकाले अहिलेसम्म सरकारप्रति कडा कदम नचालेको दावीपनि गरेका छन् । उनले यस्तो बताएपछि सम्बाददाताहरुले सोधे- 'त्यसो भए तपाईंको भूमिकासमेत स्पष्ट नगरिएको स्थितिमा राजीनामा दिनुहुन्छ ?' उनले राजिनामा भने नदिने बताए । उनको जवाफ थियो- 'हतारमा यस्तो कदम उठाउदिन अहिले संयम हुनुपर्ने बेला हो ।' एक मधेश एक प्रदेशका बारे दलहरुले नै स्पष्ट पार्ने बताउँदै उनले आफू दलीय भावनाबाट प्रभावित भएर बोल्न नहुने स्पष्ट पारे । 'मधेशको माग एक मधेश एक प्रदेश थिएन' तैपनि उनले यसबारेमा थोरै बोले- 'समयअनुसार दलको माग एउटै रहिरहन्छ भन्नेपनि छैन ।' देश संघीयतामा जाने स्पष्ट उल्लेख भएपनि दल र नेताहरुले जनताको भावनाविपरितको काम गर्न खोजेको आरोपपनि उनको छ । उनको थप भनाई छ- 'संघीय लोकतान्त्रिक गणतन्त्र र स्वायत्त प्रदेशको चाहनालाई दलका नेताहरुले उल्लंघन गरेका छन् ।' आफूलाई कानुन क्षेत्रको ज्ञान भएकाले संविधान निर्माणमा आफ्नो अनुभवलाई दलहरुले उपयोग गर्न सक्ने उनको भनाई थियो । -Sitaram Baral & Santa Bagam in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||