|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
उपराष्ट्रपतिको हिन्दी मोहले उब्जिएको संकट संबिधान सभामा काठमाडौं, July 29, 2008- उपराष्ट्रपतिले हिन्दीमा सपथ लिएको विरोधमा भएको आन्दोलनले हिंसात्मक रुप लिँदै गएपछि संविधान सभाले सरकारलाई सार्वजनिक सुरक्षा र साम्प्रदायिक सद्भाव कायम राख्न प्रभावकारी कदम चाल्न निर्देश गरेको छ । साउन १३ गते बसॆको संविधान सभा वैठकमा चन्द्रप्रकाश गजुरेलले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रश्तावमा भनिएको छ 'उपराष्ट्रपतिले सपथ ग्रहण गर्दा प्रयोग गर्नु भएको भाषाको विषयलाई लिएर शुरु भएको विरोध कार्यक्रमको क्रममा पछिल्ला दिनमा राजधानी लगायत मुलुकका विभिन्न स्थानमा देखापरेका अराजक र साम्प्रदायिक सद्भावनमा आँच पुर्याउने गतिविधि र घट्ना प्रति सदनको गम्भिर ध्यानकर्षण भएको छ ।' यस्ता विषयमा आफ्ना अभिमत प्रकट गर्दा मुलुकको जातीय, भाषिक, धार्मिक र साँस्कृतिक विविधता राष्ट्रिय एकता एवं संवेदनशीलतालाई ध्यान राख्नु पर्ने कुरा सो प्रश्तावमा उल्लेख गरिएको छ । २५ दलले ध्वनी मतबाट पारित भएको उक्त प्रश्तावामा भनिएको छ 'मुलुक संक्रमणकालबाट गुजि्ररहेको यस विशेष घडीमा नवस्थापित संघीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय एकता र सामाजिक सहिष्णुता एवं सद्भावलाई कमजोर पार्न अवान्छित तत्वहरुले खेल्न नपाउन भन्ने कुरामा सजग हुँदै सम्यम र धैर्य राख्न सम्बद्ध सबै पक्षलाई अपिल गर्दछ ।' सार्वजनिक महत्वको प्रश्तावमा उठेको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री कृष्णप्रसाद सिटौलाले जरुरी सार्वजनिक महत्वको प्रश्ताव पारित गर्दा दलहरुमा देखिएको एकताले जनतामा नयाँ उत्साह थपेको बताए । 'संविधान सभाबाट पारित यो प्रश्तावले सरकारलाई थप बल मिल्ने छ ।' गृहमन्त्री सिटौलाले वैठकमा भने । संविधान सभा वैठकमा गृहमन्त्री सिटौलाले 'संविधान सभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश' पेश गरेका थिए । प्रधानमन्त्रीको राजिनामा राष्ट्रपति डा. रामवरण यादवले स्विकृत गरेको औपचारिक जानकारी सभामुख सुवासचन्द्र नेम्वाङ्गले गराएका थिए । राष्ट्रपतिले सपथ ग्रहण गरेकै दिन प्रधानमन्त्रीले लिखित राजिनामा दिएका थिए । संविधान सभाको अर्को वैठक साउन १५ गते विहान ११ बजे बस्दैछ । वैठकले 'व्यवस्थापिका संसद नियमावली संशोधन मस्यौदा समिति गठन' गरेको छ । समितिमा अग्नीप्रसाद खरेल, केशवप्रसाद मैनाली, खिमलाल देवकोटा, प्रकाशचन्द्र लोहनी, मिनेन्द्रप्रसाद रिजाल, रामजनम चौधरी र सरिता गिरी रहेका छन् । -Santa Bagam in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||