Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
उपराष्ट्रपति झा र फोरमका अध्यक्ष एबं परराष्ट्र मन्त्री यादव बिच जुवारी


उपराष्ट्रपति झा र फोरम अध्यक्ष यादव Photos: Sitaram

काठमाण्डौं, November 8, 2008-
सेना समायोजन सम्बन्धी विशेष समितिलाई असम्बैधानिक भनेर विवादमा तानिएका उपराष्ट्रपति परमानन्द झाको भनाई गलत भएको दावी झालाई उपराष्ट्रपतिमा प्रस्ताव गर्ने दलले गरेको छ ।

मधेशी जनअधिकार फोरमका अध्यक्ष एबं परराष्ट्र मन्त्री उपेन्द्र यादवले भनेका छन्- 'सेना समायोजन सम्बन्धी समिति असम्बैधानिक होइन बरु उपराष्ट्रपतिको झाको अभिव्यक्ति संविधानको भावना विपरित छ ।'

मधेशी पत्रकार समाजले जनकपुरमा आयोजना गरेको अन्तकृया कार्यक्रममा फोरम अध्यक्ष यादवले उपराष्ट्रपतिका पछिल्ला गतिविधि गलत र असम्बैधानिक भएको बताएका हुन् । यादवले संविधानले दिएको अधिकारमा सन्तुष्ट भएर बस्नपनि आग्रह गरेका छन् । 'संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिको अधिकारका विषयमा स्पष्ट व्याख्या छैन' उपराष्ट्रपति झालाई यादवको सुझाव छ- 'त्यसैले नयाँ संविधान नबनेसम्म अहिलेकै अधिकारमा सन्तुष्ट रहनुपर्छ ।'

उता उपराष्ट्रपति झाले भने आफ्नो भनाई गलत नभएको जवाफ फर्काएका छन् । विराटनगर पुगेका झाले दलहरुले संघीयताको विरोध गरेकाले आफूले आफ्नो दायित्व पुरा गरेको दावी गरेका छन् । 'राष्ट्रपति र उपराष्ट्रपति संविधानका संरक्षक हुन्' उनले भनेका छन्- 'संरक्षकको हैसियतले दलहरुलाई सचेत गराउन मैले मुख खोलेको हुँ ।' उनलाई उपराष्ट्रपतिमा प्रस्ताव गर्ने दलद्धारा उनको अभिव्यक्तिको विरोध र आफूले सही बोलेको उपराष्ट्रपति झाको जवाफले अध्यक्ष यादव र उपराष्ट्रपति झाबीच अरु विवाद बढाउने देखिएको छ ।
  उपराष्ट्रपति झाले बुधबार रिपोटस्र क्लबद्धारा आयोजित कार्यक्रममा सेना समायोजन सम्बन्धी समिति राजनीतिक दलहरुको सहमतिमा गठन हुनु पर्नेमा त्यो नभएको र आफूले अधिकारपनि नपाएको भन्दै असन्तुष्टि जनाएपछि उनीप्रति सत्तारुढ दलहरुको विरोध र आक्रोस चुलिएको हो । सो समितिमा सत्तारुढ फोरमको पनि सहभागिता छ । झालाई फोरमले नै उपराष्ट्रपति पदकालागि प्रस्ताव गरेको थियो । उपराष्ट्रपतिमा निर्वाचित भएदेखि नै झा विवादमा तानिदै आएका छन् ।

सम्बैधानिक उपराष्ट्रपतिले यस्ता विवादास्पद अभिव्यक्ति दिन थालेपछि सत्तारुढ माओवादी र एमालेले उनको अभिव्यक्तिबारे कुराकानी गर्न र यस्ता अभिव्यक्ति रोक्न आग्रह प्रधानमन्त्रीलाई भनिसकेका छन् । संविधान सभाको बैठकमा उनीमाथि महाअभियोग लगाउने मागसमेत हुन थालेको छ । यस्तो अवस्थामा आफूलाई निर्वाचित गराउने दलको अध्यक्षले नै आफ्नो आलोचना गरेपछि उपराष्ट्रपति झा अप्ठेरोमा परेका छन् । मधेशी जनअधिकार फोरमपनि झाको विगत र अभिव्यक्तिका कारण अप्ठेरोमा पर्दै आएको छ ।

-Sitaram Baral in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®