कुनै दलले भन्दैमा आफू माथि महाअभियोग नलाग्ने-
उपराष्ट्रपति झा
काठमाण्डौं, November 7, 2008- उपराष्ट्रपति परमानन्द झाले कुनै दलले
भन्दैमा आफू माथि महाअभियोग नलाग्ने बताएका छन् ।
पछिल्लो पटक एउटा साक्षात्कार कार्यक्रममा सेना समायोजन विशेष समिति
असंवैधानिक भएको बताएपछि विवादमा तानिएका झाले कार्तिक २२ गते विराटनगर
विमानस्थलमा संचारकर्मीहरुसँगको कुराकानी यस्तो धारणा राखेका हुन् ।
आफू साढे दुई करोड जनताबाट निर्वाचित भएर आएकाले महाअभियोग नलाग्ने दाबी
गरेका हुन् ।
उपराष्ट्रपति झाले संविधानको दायरामा वसेर देखेको र लागेको कुरा मात्र
वोलेको दाबी गरे । आफुले संविधान उल्लंघन गरेको नगरेको भन्दा पनि दलहरुले
उल्लंघन गरेका छन् की छैनन् हेर्नुपर्ने त्यस पछि अरु कुरा हुने उनको भनाई
थियो ।
उपराष्ट्रपतिले सन्चारकर्मीको जिज्ञासामा भने 'संविधान वनाउने हाम्रो
मुख्य भुमिका भएको र संविधान संरक्षण गर्ने दायीत्व पनि हाम्रै हो ।'
ब्रह्मकुमारी राजयोग सेवा केन्द्र कार्तिक २२ गतेदेखि आयोजना गर्ने वृहद्ध
मोटरसाइकल र्याली उद्घाटन गर्न उपराष्ट्रपति झा बिराटनगर पुगेका हुन् ।
र्याली नेपाल र भारतमा १५ दिन सम्म जारी रहने आयोजकले जनाएको छ ।