|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
अन्तत: उपराष्ट्रपति झाबाट देशबासीसँग माफि -UNO बिशेष सम्बाददाता काठमाडौं, July 29, 2008-
सिङ्गो देश आफ्नो बिरुद्धमा आन्दोलित हुन थाले पछि उपराष्ट्रपति
परमानन्द झाले हिन्दी भाषामा सपथ खाएको हप्ता दिन पुग्नै लाग्दा साउन १४
गते जारी अपिलमा भनेका छन्-"गणतन्त्र नेपालको प्रथम उपराष्ट्रपतिका रुपमा शपथ लिँदा मैले प्रयोग गरेको भाषालाई लिएर केही दिनयता प्रकट भइरहेको भावनाप्रति मेरो ध्यानाकर्षण भएको छ।" हिन्दी भाषामा सपथ खानुको कारण खुलाउदै उनी अगाडि भन्छन्- "मैले उपराष्ट्रपतिको गरिमामय पदको शपथ लिँदा सरकारी कामकाजमा प्रयुक्त हुने नेपाली भाषामा लेखिएको पद र गोपनीयताको शपथपत्रमा हस्ताक्षर गरेको छु। हिन्दी भाषा नेपालको मधेस क्षेत्रका अनेक भाषीहरु बीचको सर्म्पर्क भाषा हो र, मातृभाषा मध्येको एक हो। वर्तमान परिवेशमा नेपालमा हिन्दी भाषा विभिन्न समुदायले पनि बुझ्ने भाषा भएकाले मैले सबै समुदायले शपथको अर्थ र मर्म सहजताका साथ बुझुन् भन्ने अभिप्रायले हिन्दी भाषा प्रयोग गरेको हुँ।" तर उनको त्यो हिन्दी भाषामा शपथका कारण "केही दाजुभाइ, दिदीबहिनीहरुको मनमा चोट पुगेको" उल्लेख गर्दै "त्यसप्रति असन्तोष र विरोध भइरहेको देखिँदा मलाई दुःख लागेको छ।" भनेका छन। उनले बल्ल यो पनि भनेका छन्- "प्रत्येक नेपालीको पहिचान र आस्थाप्रति उच्च सम्मान प्रकट गर्दै म राष्ट्र भाषा नेपालीलगायत सम्पूर्ण राष्ट्रिय भाषाहरुलाई पनि समान रुपले सम्मान गर्दछु।" राष्ट्र, राष्ट्रियता, सार्वभौम अखण्डतामाथि कुनै आघात पुर्याउने आफ्नो अभिप्राय नभएको बताउदै उनले अगाडि भनेका छन्- "राष्ट्र, राष्ट्रियता, सार्वभौम अखण्डतामाथि कुनै आघात पुर्याउने मेरो अभिप्राय थिएन र रहने पनि छैन भन्ने कुरा सम्पूर्ण देशवासीलाई आश्वास्त गराउन चाहन्छु। शपथको वाचिका भाषालाई लिएर केही दाजुभाइ, दिदीबहिनीहरुको मनमा चोट पुगेको र त्यसप्रति असन्तोष र विरोध भइरहेको देखिँदा मलाई दुःख लागेको छ। प्रत्येक नेपालीको पहिचान र आस्थाप्रति उच्च सम्मान प्रकट गर्दै म राष्ट्र भाषा नेपालीलगायत सम्पूर्ण राष्ट्रिय भाषाहरुलाई पनि समान रुपले सम्मान गर्दछु। सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुको बीचमा एकअर्काको पहिचानलाई लिएर हुने अप्रिय वादविवादले सामाजिक सहिष्णुता र कायम रहेको सदभावलाई खलल पारी राष्ट्रिय एकता र अखण्डतालाई प्रहार गर्न चाहने साम्प्रदायिक तत्वहरुलाई मात्र फाइदा पुग्दछ। |
|
|
मेरो अभिव्यक्तिबाट राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र सबै
नागरिकको सम्मानमा कुनै पनि प्रकारको प्रतिकूल प्रभाव पार्ने मेरो मनसाय
होइन, कसैमा त्यस्तो आभास पर्न गएको भए म दुःख प्रकट गर्दछु। साथै मेरो
ध्यान सदैव नेपाल र नेपाली जनताको हकहित, सम्मान, समृद्धि र राष्ट्रिय
एकताको सुदृढीकरणमा केन्द्रित रहनेछ भनी आम नेपालीमा पूर्णतः विश्वास
दिलाउन चाहन्छु। सम्पूर्ण नेपाली जनताबीचको आपसी सदभाव र एकताले राष्ट्रिय एकता र सार्वभौमिकता सुदृढ हुँदै जाने हुनाले सबै देशवासीमा आत्मसंयम र आपसी सदभाव कायम गर्न हार्दिक अपिल गर्दछु। साथै असन्तोष र विरोध प्रकट गरिरहेका सबै नागरिकहरुको भावनालाई म हार्दिक सम्मान गर्दछु। साथै राष्ट्रमा कुनै द्वैषपूर्ण भावना भड्काउने खतरातर्फ सचेत हुन पनि म सबै नेपालीमा हार्दिक आग्रह गर्दछु। अन्तमा, सम्पूर्ण नेपाली र नेपालको समृद्धि एवम् समुन्नतिका लागि सबैले हातेमालो गरी आपसी एकता एवम् सद्भावलाई कायम राख्दै अगाडि बढौँ; म पुनः अपिल गर्दछु।" उपराष्ट्रपति झाको अन्तिम वाक्य हो- "जय नेपाल !" अब पनि शङ्का गर्ने ठाउँ छ कि उनको राष्ट्रियता प्रति? Vice-President Parmanada Jha. Photo: Santa |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||