|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
बदर र क्रस मतपछि लठुवा सभासदहरुलाई मतदान प्रशिक्षण काठमाडौं, July 21, 2008- गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा धेरै मत रद्द भएपछि साउन ५ गते प्रायः सबै दलले आ-आफ्ना सभासदलाई मतदान गर्न सिकाएका छन्। साउन ४ गते भएको निर्वाचनमा राष्ट्रपतिमा २५ र उपराष्ट्रपतिमा परेको २४ मत खेर गएको थियो । नेकपा माओवादी, नेपाली काँग्रेस, मधेशी जनअधिकार फोरम र तराई मधेश लोकतान्त्रिक पार्टीले सिंहदरबार स्थित संविधान सभा दलको कार्यालयमा सभासदहरुलाई मतदान गर्ने तरिका सिकाए । निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रपति र उपराष्ट्रपतिलाई मत दिँदा आफूले रोजेको उम्मेदवारको नामको अगाडि भएको बक्समा 'ठीक' लगाउनु पर्ने व्यवस्था गरेको थियो । तर मतदाता सभासदहरुले सही किसिमले मतदान गर्न नजानेपछि मतदान प्रशक्षण चलाउनु परेको हो । बदर भएका मध्ये धेरै मतपत्रमा अंग्रेजी अक्षर एल जस्तो संकेत गरिएको थियो । केही मतपत्रमा माईनस - चिन्ह परेको थियो भने दुई जनाले हस्ताक्षर गरेर मत खसालेको पाईएको छ । रद्द भएका २५ मध्ये १८ मत रामराजाप्रसाद सिंहको रहेको तराई मधेश लोकतान्त्रिक पार्टीका नेता ह्रदयश त्रिपाठीले बताएका छन् । त्रिपाठीका अनुसार डा. रामबरण यादवलाई परेको ७ मत मात्रै रद्द भएको थियो । यस हिसावले सिंह र यादववीचको मतअन्तर २ रहेको छ । सिंहको सदर मत २ सय ७० तथा बदर १८ गरी २ सय ८८ र यादवको सदर मत २ सय ८३ र बदर ७ गरी २ सय ९० मत देखिन्छ । जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचनले यादवलाई समर्थन गरेको प्रेस वक्तव्य निकाले पछि शेरचन वाहेक बाँकी सात सभासदले सिंह र उपराष्ट्रपतिमा शान्ता श्रेष्ठलाई नै मतदान गरेको अर्को वक्तव्य सार्वजनिक गरिएको थियो । एकता केन्द्रका महासचिव प्रकाश, स्वास्थ्य तथा जनसंख्या मन्त्री गिरिराजमणी पोखरेल लगायत सातै सभासदको हस्ताक्षर भएको सो विज्ञप्तीमा भोलिको निर्वाचनमा सिंहलाई पुनः मत दिने घोषणा गरिएको छ । एकमत मात्रै रहेको चुरे भावर राष्ट्रिय एकता पार्टीका सभासद केशवप्रसाद मैनाली, मधेशी समुदायको भएकाले दुबै राष्ट्रपतिका उम्मेदवारलाई मत नदिएको र उपराष्ट्रपतिमा शान्ता श्रेष्ठलाई दिएको दाबी गरेका छन् । काँग्रेस गठबन्धनको उम्मेदवारलाई फोरमको सबै मत नपरेको कुरा आएपछि आजको वैठकमा निकै चर्काचर्की परेको वैठकमा सहभागी एक सभासदले जानकारी दिएका छन् । फोरम अध्यक्ष उपेन्द्र यादवले भने हिजो पनि यादवलाई मत दिएको र भोलि हुने निर्वाचनमा पनि उनैलाई मत दिने कुरा सन्चारकर्मीलाई बताएका छन् । सिंहलाई मत दिने सहमती भएका मध्ये तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीले पनि शान्ता श्रेष्ठलाई मत दिएनन् । श्रेष्ठले प्राप्त गरेका २ सय ४३ मध्ये २ सय २६ मत माओवादी पार्टीको मात्रै भएको बताइएको छ । |
|
|
माओवादी र काँग्रेसका सभासदहरुलाई आ-आफ्ना उम्मेदवारलाई मतदान गर्नको लागि दिएको कडा निर्देशनबाट पनि केही 'क्रस मत' परेको आँकलन गर्न सकिन्छ । -Santa Bagam in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||