Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

'भिजिट नेपाल २०११' सम्म वार्षिक १० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

Official logos courtesy: Nepal Tourism Board. (WelcomeNepal.Com)

काठमाण्डौं, October 14, 2008-पर्यटन तथा नागरिक उड्डयनमन्त्री हिसिला यमीका अनुसार 'भिजिट नेपाल २०११' सम्म वार्षिक १० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य सरकारले लिएको छ।

नेपालमा बढि भन्दा बढि पर्यटकहरुलाई आकर्षित गर्न तत्कालिन सरकारले सन् १९९७ लाई भिजिट नेपाल बर्षको रुपमा मनाएको थियो । मन्त्री यमीले सन् २०११ सम्म पर्यटक बढीभन्दा बढी भित्राउन सरकारले आवस्यक कदम चालिसकेको छ ।

पर्यटन तथा नागरिक उड्डयनमन्त्री हिसिला यमीले नेपाल वायु सेवा निगमका लागि कम्तिमा दुईवटा विमान खरिद गरिने बताएकी छिन् । जहाज संकट र जहाज अभावका कारण जीवन मरणको दोसाँधमा रहेको निगमकालागि तीन महिनाभित्र विमान खरिदको टुंगो लागिसक्ने ठोकुवा गरेकी छिन् ।

यमीका अनुसार तत्कालका लागि कम्तिमा दुईवटा विमान लिजमा लिने प्रकृया अगाडि बढाइएको छ । 'विमान खरिद र लिजमा लिनेबारे सुझावका लागि गठन गरिएको समितिबाट कात्तिक ५ गते प्रतिवेदन आउँदैछ' यमीको भनिन्- 'सरकारले राष्ट्रिय ध्वजावाहक विमानको अभावलाई सदाका लागि अन्त गर्ने नीति लिएको छ ।'

बोइङ वा एयरबस कुन खरिद गर्ने भन्नेबारे सुझाव समितिको रायबमोजिम काम अगाडि बढाइने बताउँदै मन्त्री यमीले विमान खरिदका लागि डेढदेखि दुई वर्ष लाग्ने भएकाले तत्कालका लागि विमान लिजमा लिइन लागिएको जानकारी दिइन् । उनले भनिन्-'त्यसैले कम्तिमा पनि दुईवटा विमान लिजमा लिइनेछ ।'

विमान खरिद गर्दा या लिजमा लिदा पारदर्शी ढंगबाट गरिने बताउँदै उनले त्यसक्रममा कुनैपनि अनियमितताको गन्धसमेत आउन नदिने दृढता व्यक्त गरिन् । नेपाल वायुसेवा निगमलाई 'पब्लिक प्राइभेट पार्टनरशिप' अन्र्तगत लगिने बताउँदै मन्त्रिपरिषदको बैठकबाट प्रस्ताव पारित गरिने जानकारी दिइन् । यसबाट निगमलाई नयां ढंगबाट संचालन गरी नाफामूलक संस्था बनाउन सकिने उनको कथन छ ।

मन्त्री यमीका अनुसार सरकारले पर्यटन क्षेत्रको विकासका लागि पब्लिक प्राइभेट पार्टनरशिपको नयां नीति अघि सारेको हो । साथै पब्लिक प्राइभेट पार्टनरशिपका लागि आवश्यक पूर्वाधार खडा गर्न २८ करोड विनियोजन गरेको जानकारीपनि उनले दिइन् । पर्यटनको विकासका लागि कानुनी अड्चन भए परिवर्तन गरिने दृढतापनि उनले व्यक्त गरेकी छिन् ।

नेकपा माओवादी की केन्द्रीय सदस्यसमेत रहेकी मन्त्री यमीले जनगणतन्त्र शब्द सुनेर नतर्सन
कांग्रेससँग आग्रहसमेत गरेकी छन् । जनताको शासनलाई जनगणतन्त्रको रुपमा व्याख्या गर्दै उनले सेना समायोजन शान्ति प्रकृयाको महत्वपूर्ण विषय भएकाले सेना समायोजन छिटोभन्दा छिटो गर्नु पर्ने बताइन् ।

-Sitaram Baral in Kathmandu
   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®