Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap
Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links
 


Local:    Kathmandu:
News from your web home at the capital of the world-New York City
विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


यो वेबसाइट पढ्‍न युनिकोड र प्रीती फन्‍ट Font चाहिन्‍छ:
लेख-रचना र खबर पठाउँदा यि 
दुइटा फन्‍टमा टाइप
 गरी पठाउनुहोला

नेपाली युनिकोड फन्‍ट डाउनलोड
Nepali Unicode Font Download
प्रीती Preeti font Download


बिबिध Miscellaneous

नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from New York

प्रबासी नेपालीहरुको रिमिट्‍यान्सले धानेको छ नेपाल (तल पढ्‍नुहोस)
एमालेको भिजन-२० कैले? जनतालाई खान छैन अैले!
काठमाडौं, न्यूयोर्क,  February 23, 2008-चुनावको मुखमा नेकपा एमालेले शुक्रबार भिजन-२० को घोषणा गरेको छ। बिस बर्ष भित्र नेपालको प्रति ब्यक्ती आय अमेरिकि डलर १००० पुर्याउने र कुल राष्ट्रिय उत्पादन ८ प्रतिसतमा उकास्ने भनिएको छ। नेपालको हालको प्रति ब्यक्ती आय डलर ३५० छ भने कुल राष्ट्रिय उत्पादन चाँही २ दसमलब ८ मात्र छ।

के यो गुलियो सपना एमालेको चुनाव जित्ने दाउ मात्र हो या साच्चै अब नेताहरु नयाँ नेपालको निर्माण गर्नेतिर लाग्ने भए?

सपनाको खेती
धेरै नेता र दलहरुले जनतालाई थुप्रै सपनाहरु देखाए। मेलम्चीको पानीले काठमाडौं नुहाइ दिने देखी देशलाई सिङापुर र स्‍वीजर्ल्यान्ड बनाइ दिने नेताहरुको बाचा सुन्दा सुन्दा वाक्क भएका जनताले अब एमालेको भिजन-२० मा विश्वाश गर्ने आधारहरु छन्‌ त?

पञ्चायती ब्याबस्थाको पतन र बहुदलिय ब्याबस्था आएको पनि सत्र बर्ष भई सक्यो। यसैबिच हालका निलम्बित राजा ज्ञानेन्द्रको शासन पनि भोग्न जनता वाध्य भए। अहिले फेरी जन आन्दोलन-२ गरेर पुन: बहुदल आएको पनि एक बर्ष बित्दैछ। यस हिसाबले हेर्दा अर्को २० बर्ष भित्र साच्ची नै नयाँ नेपालको निर्माण एमालेले भने जस्‍तै होला भन्ने प्रश्नमा सन्देह गर्ने मनग्य ठाउँ छ।
तथ्याङ्कले के देखाउछ? रिनमा डुबेको देश
पञ्चायतकालको अन्ततिर सन्‌ १९८९/९० मा नेपालको बैदेशिक रिन ५ दशमलब ५ अर्ब थियो भने त्यो रिनले २००२/३ मा १५ अर्ब रुपैयाँ नाघ्यो। अझ सन्‌ १९९६/९७ मा त २५ अर्बसम्म पुग्यो। अहिले सरकारले वार्षिक आयको २० प्रतिसतभन्दा बढी यि बैदेशिक रिनहरु तिर्न मै खर्च गर्नु पर्ने तितो यथार्थ छँदैछ।

सन्‌ १९९१ मा कुल ग्राहस्थ उत्पादन अन्तर्गत प्रति ब्यक्ती आम्दानी २४४ अमेरिकि डलर थियो भने १७ बर्ष पछि अहिले त्यो आम्दानी बढेर जम्मा ३५० डलर भएको छ। अर्थात १७ बर्षमा सिर्फ १०६ डलर आम्दानी बढ्‍यो। यता एमालेले २० बर्षमा १००० अमेरिकि दलर प्रतिब्यक्ती आम्दानी बढाउने योजना (सपना?) के साकार होला? संरासंको मानब बिकास प्रतिबेदनकोअनुसार नेपाल अहिले विश्वको १४२ ओै स्थानमा आउछ। देशको कुल ग्राहस्थ उत्पादन (GDP) ले तीन प्रतिसत भन्दा माथि उक्लिन नसकी रहेको अवस्थामा हामीले भारत र चीनको जस्तो ७ अथवा ९ प्रतिसतको बृद्धिदरको सपना देख्नु पनि फगत छ।

उज्यालो भबिष्‍य: नेपाल धान्ने नेपालीहरु
सरकारी तथ्याङ्क कै अनुसार बिदेसमा रहेका झन्डै १० लाख (भारत बाहेक) नेपालीहरुले बाहय मुलुकमा आर्जन गरी पठाएको बैदेशिक मुद्रा बिप्रेशन अर्थात रिमिट्‍यान्स (remittance) गत बर्ष मात्र २ दशमलब ६ बिलियन अमेरिकि डलर थियो जुन नेपालको कुल वार्षिक बजेटभन्दा धेरै हो।

गरीबीको रेखा मुनी (दैनिक १ डलरभन्दा कम कमाइ हुने) ३८ प्रतिसत नेपाली जनताको जिबनस्तर उकास्ने मात्र हैन देश कै अर्थतन्त्रको प्रमुख मेरुडण्‍ड बनेको रिमिट्‍यान्स प्रति नेपाली डियासपोराले मात्र होइन देशले नै गर्ब गर्ने ठाउँ बनेको छ। अझ दक्ष जनशक्तीको उत्पादन गर्न सरकार लाग्नु पर्छ।

रिणको मार र भार
अहिले हाम्रो मुलुकले कुल ग्राहस्थ उत्पादनको ५५ प्रतिशत बैदेशिक रिणको भार खेपी रहेको भयाबह अवस्था छ। अर्थशास्त्रीहरुका अनुसार यस्तो बढी रिन भार लामो समयसम्म रही रह्यो र देशले तत्काल रिन भार घटाऊन सकेन भने राष्ट्रले आर्थिक भार थेगी रहन कठिन हुन्छ। हामी गरीब मात्र हैन, रिन भारबाट अरु थिचिने र देश नै टाट पल्‍टिने (Bankrupt) स्थिती पनि आउन सक्ने सम्भाबनालाई नकार्न सकिदैन।

जनताको सरोकार: दैनिक जोहो टार्नै ठीक्क
जनताको दैनिक आधारभूत आबस्यक्ताको पुर्तीको त कुरै छोडौं। दिनमा ८/८ घण्टा बिद्युत आपुर्ती बन्द भए पछि अहिले काठमाडौंको ब्यापार, ब्यवसाय र जनजिबन कतिसम्म बिचल्लीमा परेको छ भन्ने कुरा हाम्रा एक सम्पादन सहकर्मिलाई यो पङ्तिकारले एमालेको भिजन-२० को सफ्ट कपी झिकाउन फोन गर्दा पाएको जवाफले नै प्रष्‍ट पार्दछ-"मित्र, अहिले यहाँ भिजन-२० ले खासै महत्व राख्दैन। मै पनि अहिले बाइकमा पेट्रोल सकिएर एक घण्टादेखी पालो कुरी रहेको छु। बिजुलीको अभाबले गर्दा मोबाइल चार्ज गर्न नपाएर फोन मै संपर्क नहोला भन्ने डर भई रहेछ। पछि कुरा गरौं है।"

यता न्यूयोर्कमा पनि भिजन-२० भन्दा पनि आगामी अप्रिल १० मा हुने संबिधान सभाको चिन्ता बढी भएको कुरा संरासंको लागि नेपालको स्थाई नियोगमा ५ बर्षसम्म रही काम गरी सक्नु भएका पूर्व कुटनितिज्ञ रामबाबु ढकालको भनाइबाट बुझ्‍न सकिन्छ। उनी भन्छन्-"भिजन-२० जस्ता कार्यक्रमहरु आउनु राम्रो कुरा हो। तर हामीले संबिधान सभाको चुनाव नै गर्न सकेनौं भने त यस्ता योजनापत्रहरुको उपादेयता रहदैन। नेपाली जनताको लागि जीवन अझ कष्‍टकर हुने छ। नेपालको लागि कुनै पनि लक्ष्य हाँसिल गर्न त्यहा पहिले शान्ती र सुरक्षाको स्थाईत्व हुनु पर्‍यो। सबैलाई बाँच्न पाउने अधिकारको ग्यारण्‍टी हुनु पर्‍यो तब मात्र नयाँ नेपालको निर्माणको पूर्वधार खडा गर्न सकिन्छ।"

हुन पनि अबको ४५ दिन पछि चुनावमा भोट हाल्न पर्ने जनतालाई यो समाचार लेख्दासम्म कुनै दलले पनि चुनावी कार्यक्रम र घोषणापत्र छापेर बाँडेका छैनन्‌। जनता त्रिकालदर्शी हैनन्‌। चुनावमा भोट माग्न जाने नेता र दललाई के आधारमा भोट हाल्ने? पहिले आगामी पाँच बर्षमा आ-आफ्ना दलले के के गर्नेछन्‌ भन्ने चुनावीपत्र त ल्याउ! अनि कुरा गरौंला भिजन-२० को कुरा।
-प्रथा मगर, न्यू जर्सी, युएसए
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®