Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

१० वर्ष वर्षभित्र १० हजार मेगावाट विद्युत उत्पादन गर्न भीजन-2020



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

काठमाण्डौं, November 24, 2008- आगामी १० वर्ष वर्षभित्र दश हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य पूरा गर्न, नेपालको जलविद्युत क्षेत्रको विकास, सम्भावना र चुनौतीबारे छलफल गर्न काठमाण्डुमा सरोकारवालाहरुको सम्मेलन शुरु भएको छ ।

सरकारको लक्ष्यलाई सहयोग गर्ने उद्धेश्यले नेपाल उद्योग वाणिज्य महासंघले जलविद्युत विकासमा राष्ट्रिय दृष्टिकोण बनाउन भीजन-2020 दश बर्षको अवधारणा अगाडि ल्याउनेसमेत जनाएको छ ।

यसैक्रममा दश वर्षमा दश हजार मेगावाट विजुली उत्पादनको लक्ष पूरा गर्न लिनुपर्ने रणनीति, आन्तरीक समस्या र संभावनाबारे अवधारणा बनाउन महासंघले जलविद्युत सम्बन्धी वृहत् सम्मेलनसमेत आयोजना गरेको छ ।

राजधानीमा मंसिर ९ गते आयोजित सम्मेलनको उद्घाटन समारोहमा सम्बोधन गर्दै जलस्रोत मन्त्री विष्णु पौडेलले नेपालका सबै क्षेत्रमा विद्युतीकरण गर्ने सरकारको लक्ष्य रहेको बताउँदै त्यसका लागि निजी क्षेत्रको सहयोगको खाँचो औंल्याए ।

दश बर्षमा दश हजार विद्युत उत्पादन गर्ने लक्ष्य अनुसार ४ सय मेगावाटको अरुण तेश्रो, ३ सय मेगावाटको माथिल्लो कर्णाली, ७ सय पचास मेघावटको पश्चिम सेती आयोजना, २ सय पचहत्तर मेघावाट को नौमुरे परियोजनाको निर्माण सम्पन्न गर्न सरकारले आवश्यक कदम चाल्ने पनि उहाले जानकारी दिए । मन्त्री पौडेलले सरकारको सो लक्ष्य हासिल गर्न ठोस कार्यनीति छिट्टै ल्याइने पनि सम्मेलनमा बताए ।

मन्त्री पौडेलले लोडसेडिङ अन्त्य गर्न उर्जा संकट घोषणा गरी तात्कालिक र दिर्घकालीन योजना ल्याउने तयारी भइरहेको बताउनुभयो ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले निजी क्षेत्रलाई जलविद्युतको विकासमा सहभागी गराउने हो भने सरकारले निश्चित मापदण्ड र स्पष्ट नीतिनियम तर्जुमा गर्नुपर्ने धारणा राखे । निजी क्षेत्रले जलविद्युतमा लगानी गर्नका लागि के कस्ता आधार हुने भन्ने विषयको निक्र्यौल नभई ठूला आयोजनामा निजी क्षेत्रले हात हाल्न नसक्ने अध्यक्ष जोशीको भनाई थियो ।

नेपाल उद्योग वाणिज्य महासंघको 'जलविद्युत विकास फोरम' का सभापति ज्ञानेन्द्रलाल प्रधानले नारामात्रै अघि सार्ने र काम नगर्ने सरकारको प्रवृत्तिलाई झक्झकाउन सम्मेलन आयोजना गरिएको जानकारी दिँदै सम्मेलनको सुझाब सरकारलाई बुझाइने उल्लेख गरे ।

नेपाली जलविद्युत क्षेत्रका विज्ञ, सरकारी अधिकारी तथा क्यानडाका प्रतिनिधिहरुको सहभागिता रहेको सम्मलेनमा जलविद्युतका लागि क्यानडाको सहयोग र त्यहाँको अनुभवबारे पनि छलफल हुनेछ ।

'जलविद्यूत विकासः सन् २०२० सम्मको दृष्टिकोण' नाम दिइएको सम्मेलन नेपाल विद्युत प्राधिकरण र हाइड्रो सोलुसन प्रा.लि.को सहयोगमा नेपाल सरकार र नेपाल उद्योग बाणिज्य महासंघले संयूक्त रुपमा गरेका हुन् ।

-Santa Bagam & Khagendra Makhim Limbu in Kathmandu
   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®