![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
बैरिको मुटु थर्काउने
गोर्खाली भिसी भानुभक्त अब रहेनन् काठमाडौं, न्यूयोर्क, March 2, 2008-ब्रिटिश सेनाको सर्बोच्च युद्ध पदक भिक्टोरिया क्रस (भिसी) बिजेता गोर्खाली योद्धा भानुभक्त गुरुङको ८६ बर्षको उमेरमा हिजो आफ्नै घर गोर्खा बजारमा निधन भएको छ। उनी बिगत केही बर्ष देखी दम र अन्य रोगले ग्रसित थिए। ![]() VC Bhanubhakta Gurung talking to late king Birendra at Narayanhiti Royal Palce. नेपाल तारा सम्मानले समेत बिभुसित गोर्खा योद्धा भानुभक्तले भिसी दोस्त्रो विश्व युद्धको दौरान सन् १९४५ मार्च ५ मा बर्माको जङलमा भएको निर्णयक युद्धमा बहादुरी पूर्वक लडी सत्रुलाई परास्त गरे बापत त्यसै बर्षको जुन ५ तारिखमा पाएका हुन्। हालसम्म विश्वभर भिसी युद्ध पदक बिजेता योद्धाहरु १२५७ छन् भने त्यस मध्ये १३ जना गोर्खालीहरु यो पदकबाट सम्मानित भएका छन्। यि १३ गोर्खाली भिसी मध्ये अब तीन जना जिबित छन्-भिसी तुलबहादुर पुन मगर, भिसी लछिमन गुरुङ र भिसी रामबहादुर लिम्बु। विश्वभर अब जम्मा ११ जना भिस बिजेता योद्धा जिबित छन्। यस अघी मृत्यु भई सकेका गोर्खा भिसीहरुमा भिसी कुलबिर थापा मगर, कर्णबहादुर राना मगर, लालबहादुर थापा मगर, शेरबहादुर थापा, थमन गुरुङ, गजे घले, गन्जु लामा, अगमसिङ राइ र भानुभक्त गुरुङ हुन् । ![]() L to R: VC Agamsing Rai, VC Ganju Lama, King Birendra, VC Bhanubhakta Gurung and VC Rambahadur Limbu at Narayanhiti Royal Palce. Photos courtesy: Gurkha Museum Nepal, Pohara. एक मात्र पेन्सन नपाउने गोर्खा भिसी गोर्खाली भिसीहरु मध्ये भानुभक्त यस्ता एक मात्र गोर्खा भिसी थिए जसको नियमित पेन्सन थिएन। उनले सन् १९९४ सम्म भिसी युद्ध पदकको बहादुरी भत्ता स्वरुप वार्षिक १०० स्टर्लिङ पौन्ड मात्रै बुझ्दै आएका थिए भने सन् १९९४ मा काठमाडौंमा भएको गोर्खा भिसीहरुको नागरिक अभिनन्दन पछीको हल्ला खल्ला पछी ब्रिटिश सरकारले सबै गोर्खा भिसीहरुलाई मासिक १०० पौन्ड दिन थाले पछी भानुभक्तले वार्षिक १३०० पौन्ड पाउदै आएका थिए। भेंडी गोठाले भानुभक्त कसरी लाहुरे भए? भिसी भानुभक्त गुरुङको जन्म सन् १९२१ मा गोर्खा जिल्लाको मुचोक गाबिसको फाल्फु गाउमा भएको थियो। दोश्रो विश्व युद्धको मुखैमा सन् १९४० मा दोश्रो गोर्खा राइफल्सको तेश्रो बाटलियनमा भर्ती भएका भानुभक्त सेनामा नाइक पदसम्म बढुआ भएका थिए। सिपाहीमा झारियो तर उनी निक्ले भिसी बिजेता तर रोचक घटना के छ भने आफुभन्दा माथिको गोरा अफिसरसँग लडाईंको रणनितीमा छलफल हुँदा भनाभन भयो र उनले रिसको झोकमा आफुले भिरेको राइफलको नाल तिनै गोरा अफिसरतिर तेर्स्याए। यसरी आफ्नै अफिसर माथि 'अभद्र' व्यबहार गरेको कारण उनको नाइक पदको फुली झिकियो र उनी फेरी सिपाहीमा झारिए। तर ति गोरा साहेबलाई के थाहा थियो कि यि भानु तिनै बिरलै पाइने अदम्य आँट र पराक्रम भएका वीर योद्धा गोर्खा थिए जसले बैरीसँगको लडाईंमा ब्रिटिश साम्राज्यको बिजयलाई सुनिस्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने छन् भनेर। भानुभक्तलाई सिपाहीमा झार्ने अफिसरको नाउ आज कहाँ बिलिन भएर गयो तर हाम्रा वीर योद्धा भानु हामी माझ मात्र होइन विश्वको सैन्य ईतिहासमा अमर बनेका छन्। स्मरण रहोस्-सिपाहीमा घटुवा भएका भानुभक्तले यसै पदमा रहेर लड्दा भिसी पाएका हुन्। केही बर्ष अघी डा. चन्द्रबहादुर गुरुङले भिसी भानुभक्तसँग उनले आफ्नै अफिसरलाई राइफलले ताकेको कुरा के साच्चै मार्न होइथ्यो त भनी सोद्धा भिसी भानुभक्तले भनेका थिए-"मैले त डर देखाउन मात्र राइफल देखाएको थिएँ। उ त सारो डराए छ। भएको बिल्ला पनि फुकाली दियो। मैले पनि सोंचे, आ, घरबाट ल्याएको होइन, उसैले दियो, उसैले फाल्यो।" उसो त भिसी भानुभक्तका चारै छोराहरु ब्रिटिश सेनामा रहेर सेवा गरी सकेका छन् भने यिनका एक नाती अहिले ब्रिटिश गोर्खा सेनाको पहिलो रोयल गोर्खा राइफल्स अन्तर्गत अफ्गानिस्तानमा कार्यरत छन्। भिसी पदकको मुल्य दुई करोड! ब्रिटिश सैन्य ईतिहासमा बिद्याबारिधी गरेका डा. चन्द्रबहादुर गुरुङका अनुसार भिसी भानुभक्तको युद्ध पदक भिसी (Victoria Cross) अहिले उनको परिवारसँग नभै लण्डनको विन्चेस्टरमा रहेको ब्रिटिश सङ्रहालयमा रहेको छ। जसको मुल्य अहिले झन्डै दुई करोड रुपैयाँ पर्दछ। बर्सेनी १३०० पाउन्द बहादुरी भत्ता पाउदै आएका भानुभक्तले आफ्नो पौरखले आर्जेको बेचेमै पनि एक लाख तिस हजार पौन्डभन्दा बेसी पर्ने तक्मा भिसी पाउना साथ उती बेलै (सन् १९४६) सुम्पेर उनले आफ्नो उदार गोर्खाली दिलको अर्को 'बहादुरी' देखाएका थिए। धन्य हुन्- भिसी भानुभक्त! यो पङ्क्तिकार सन् १९९२ मा भिसी भानुभक्तको अन्तर्वाता लिन गोर्खा बजारदेखी नौ घण्टाको यात्रा तय गरी फाल्फु गाउ पुगेको थियो। त्यतीखेर उनले आफुले बर्मामा लडेको लडाईंको बारेमा लण्डन गजेटमा भिसी प्रदान गर्दा लेखिएको प्रसस्तीको बारेमा भनेका थिए- "यसमा लेखिएकोभन्दा धेरै दु:ख भोगियो। तर पेन्सन केही छैन। भिसी भत्ता पनि एक दमै कम छ।" तर जब लडाईंको कुरा आयो, उनका आँखा चम्किए, हातका पाखुराहरु कस्सिए। यस्तो अनुभुती हुन्थ्यो कि मानौं उनी यतिखेर बैरीसँग बर्माको जङ्गलमा लडिरहेका छन्। भिसी भानुभक्त आज हाम्रा सामु छैनन् तर यि महायोद्धा हाम्रो मुटु र मन मस्तिस्कमा सदा प्रिय रहिरहने छन्। अन्तत: उनको आत्मालाइ चीर शान्ती मिलोस्। -Pradeep Thapa Magar, Jersey City, NJ (Comments? 551-358-7726) |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®