अमेरिका भ्रमण सफल भएकोमा प्रधानमन्त्री प्रचण्ड दङ्ग
Prime Minister Prachanda at the Kathmandu International Airport.
Photos: Santa
काठमाडौँ, September 30, 2008-
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो अमेरिका भ्रमण सफल
भएको बताएका छन् । दश दिन लामो अमेरिका भ्रमणबाट फर्केका प्रधानमन्त्री
प्रचण्डले काठमाडौंस्थित अन्तराष्ट्रिय विमान स्थलमा सन्चारकर्मीसँग भने
'समग्र भ्रमण अत्यन्त सकारात्मक रह्यो ।'
Prime Minister Prachanda with Deputy Prime
Minister Bamdev Gautam and wife Sita Dahal.
विकास निर्माण तथा शान्ति प्रकृयामा नेपाललाई सहयोग गर्न अमेरिका तयार
रहेको प्रधानमन्त्रीको भनाई थियो । उनले अमेरिकी राष्ट्रपति जर्ज डब्लु
बुससँगको भेटमा आर्थिक सहयोग आवश्यक भएको कुरा राखेको सन्चारकर्मीलाई
जानकारी गराए । खास गरी नेपालको पर्यटन क्षेत्रमा सहयोग गर्न अमेरिका तयार
रहेको उनको भनाई थियो ।
Prime Minister was welcome by Ian Martin, Chief,
UNMIN
भ्रमणको क्रममा त्यहाँस्थित नेपालीहरुसँग सौहार्दपूर्ण वातावरणमा भेटघाट
गर्ने अवसर मिलेको पनि उनले बताए । प्रधानमन्त्रीले न्यूयोर्कमा विभिन्न
संघसंस्थाका प्रतिनिधिहरुसँग छलफल गरेको उल्लेख गरे ।
आफ्नो पार्टीलाई आतङकवादीको सूचीबाट हटाउन रिचर्ड बाउचरसँग कुरा राखे पनि
त्यसबारे बुससँग भने कुरा गर्ने वातावरण नमिलेको प्रधानमन्त्रीको भनाई थियो
। माओवादी शान्ति प्रकृयामा धेरै अगाडि बढेको भए पनि अमेरिका भने जहाँको
तँही रहेको प्रधानमन्त्रीले आरोप लगाए ।
प्रधानमन्त्री प्रचण्ड १३ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै असोज ४ गते
अमेरिका प्रस्थान गरेका थिए । असोज १४ गतॆ थाई एयरको विमानबाट नेपाली
समयअनुसार मन्यान्ह १२:२८ बजे काठमाडौं आइपुगेका हुन् ।
प्रधानमन्त्रीले भ्रमण पश्चात विदेशी मुलुकहरुसँग राम्रो माहोल बनेको र अब
देश भित्रैको समस्या समाधानमा लाग्ने बताए ।
न्यू योर्कबाट नेपाल प्रस्थान गर्नु अघी प्रधानमन्त्रीले युएस नेपाल अनलाइनसँग बिशेष भेटबार्ता गर्नु
भएको छ । (सो बिशेष भेटबार्ता प्रकासित गरिदै छ ।)