|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
माओवादीका सन्दर्भमा अमेरिकी फरक-फरक धारणा काठमाडौं, April 23, 2008-नेपाली माओवादीका सन्दर्भमा दुई अमेरिकी अधिकारीहरुबाट आएका फरक-फरक धारणा र माओवादीबारे अमेरिकाको स्पष्ट धारणा नआउँदा नेपालको राजनीतिमा अन्यौल थपिएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रबक्ता टम केसेले मंगलबार वासिङ्टन डिसीमा आयोजित पत्रकार सम्मेलनमा नेपाली माओवादीलाई हेर्ने अमेरिकी दृष्टिकोणमा अहिल्यै कुनै परिवर्तन नआएको बताएपछि माओवादीलाई हेर्ने अमेरिकी धारणा बाझिएको देखिएको छ । सभामुख सुवाष नेम्बाङ्गसँग सोमबार भएको भेटमा नेपालकालागि अमेरिकी राजदूत न्यान्सी पावेलले माओवादीको नेतृत्वमा गठन हुने सरकारलाई अमेरिकाको सहयोग रहने जानकारी दिएकी थिइन् । पूर्ववर्ती राजदूत जेम्स एफ. मोरियार्टीका विपरित नयाँ राजदूत पावेलले माओवादीप्रति नरम रुख अख्तियार गर्दै आएकी छिन् । तर अमेरिकी राजदुतको सो धारणा आएको भोलिपल्टै अमेरिकी विदेश मन्त्रालयका तर्फबाट अमेरिकी नीति यथावत रहेको बताइयो । अमेरिकाले यसअघि कुनै हल्ला नगरी माओवादीलाई आतंककारी सूचिबाट हटाइसकेको छ । तर प्रबक्ता केसेले भने यसबारे आफूलाई जानकारी नभएको बताएका छन् । आतंककारीको सूचिबाट हटाउने काम कानूनी प्रकृयाबाट हुने बताउँदै उनले भनेका छन्- 'कानूनी अड्चनहरु समाप्त भएभने कुनैपनि आन्दोलन र आतंकवादबीचको साँठगाँठ बिच्छेद भएको ठहर्छ तर नेपालको सन्दर्भमा पुनर्विचार भइरहेको छ वा छैन भन्ने बारेमा केही बताउन सक्दिन ।' उनले माओवादीलाई हेर्ने सम्बन्धमा अमेरिकाले पुनर्विचार गर्ने बताएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । 'हामीले कानूनी आवस्यकताको सम्मान गर्नुपर्छ, नेपालको सम्बन्धमापनि यो कुरा लागु हुनेछ' प्रबक्ता केसेले भनेका छन्- 'कुनैपनि समूह िहंसा र आतंकको बाटो परित्याग गरेर राजनीतिक प्रकृयामा सहभागी हुन्छ र आफूलाई बैध कृयाकलापमा सहभागी गराउँछ भने त्यसले पक्कैपनि धारणामाथि पुनर्विचार गर्न अवसर दिनेछ ।' प्रबक्ता केसेको यो धारणाले माओवादीलाई अव कसरी हेर्ने भन्ने सम्बन्धमा अमेरिका निकै ठूलो अन्तर्द्वन्दमा रहेको देखाएको छ । |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®