
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
सेना समायोजन विशेष समितिका विषयमा संयुक्त राष्ट्र संघको चासो
काठमाण्डौं,
January 11, 2009-
संयुक्त राष्ट्रसंघीय नेपाल मिसनका प्रमुख इयान मार्टिनले आज
प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नुभएको छ । भेटमा मार्टिनले प्रधानमन्त्री
प्रचण्डको संयोजकत्वमा गठन गरिएको विशेष समितिका विषयमा चासो राख्नुभएको
थियो ।
यसै साता पुर्नगठन गरिएको यो समितिले पूर्णता पाएपछि काम सुरु हुने जानकारि
प्रधानमन्त्री प्रचण्डले मार्टिनलाई दिनुभएको थियो । आठ जना सदस्य रहने गरि
गठन गरिएको यो समितिमा माओवादी, एमाले र काँग्रेसका दुई/दुई जना सदस्य तथा
मधेशी जनअधिकार फोरम र तराईमधेश लोकतान्त्रिक पार्टीका एक/एक जना सदस्य
राख्ने सहमति दलहरुवीच भैसकेको छ ।
प्रधानमन्त्री र मार्टिनवीच सेना भर्ना सम्वन्धी विवाद अनमिनको अबको
भूमिकाका विषयमा छलफल भएको बताइएको छ ।
भेटका क्रममा अनमिनको आकार घटाउने गरि संयुक्त राष्ट्रसंघीय सुरक्षा
परिषद्मा भएको छलफलका विषयमा पनि चर्चा भएको थियो । सुरक्षा परिषद्मा
संयुक्त राष्ट्र संघका महासचिव बान की मुनले राजनीतिक दलहरुबीच तनावका
स्थिति कायम रहे शान्ति प्रकि्रया टुङगोमा पुर्याउने र संविधान लेख्ने काम
नै जोखिममा पर्ने चिन्ता व्यक्त गर्नुभएको थियो ।
सुरक्षा परिषद्को बैठकमा नेपालको शान्ति प्रकि्रया सम्बन्धि पछिल्लो प्रगति
विवरण पेश गर्दै महासचिव वानले सेना समायोजन विशेष समिति गठनमा दलहरुबीचको
विवाद खेदजनक रहेको टिप्पणी गर्नु भएको थियो ।
-Danda Gurung in Kathmandu
|
|