|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
संयुक्त राष्ट्रसंघीय शान्ति मिसन नरहे पनि सहयोग
जारी रहने काठमाडौं, May 17, 2008-शान्तिकालागि संयुक्त राष्ट्रसंघीय मिसन 'अनमिन' लाई विदाईको तैयारी भैरहेकाबेला राष्ट्रसंघका महासचिव वान कि मुनले नेपालमा राष्ट्रसंघीय भूमिकाको आवस्यकता अझै रहेको तर 'अनमिन' कै म्याद थपिनेमा भने आफू आशावादी नरहेको बताएका छन् । संविधान सभा निर्वाचनको पर्यवेक्षण, चुनावको निश्पक्षताकालागि माओवादी लडाकू तथा नेपाली सेनाको अनुगमन लगायतकालागि डेढ वर्षअघि 'अनमिन' कार्यालय नेपालमा स्थापना गरिएको थियो । संविधान सभा चुनाव सम्पन्न भएपछि 'अनमिन' को आवस्यकता नरहेको माओवादीले बताउन थालेको छ । सरकार र द्धन्दरत माओवादी दुबैको आग्रहमा राष्ट्रसंघीय मिसन 'अनमिन' एक वर्षकालागि नेपाल आएको थियो । तर संविधान सभा निर्वाचनको मिति सर्दै गएपछि उसको मूल भूमिका निर्वाहकालागि 'अनमिन' को म्याद गत माघमा ६ महिनाकालागि थप गरिएको थियो । राष्ट्रिय सहमति बमोजिम सरकारले 'अनमिन' को म्याद नबढाए 'अनमिन' आगामी साउन ७ गते बिदा हुनेछ । नेपालमा 'अनमिन' को उपस्थिति दुबै छिमेकी राष्ट्र भारत र चीनले रुचाएका छैनन् । नेपालको शान्ति प्रकृयाका सम्बन्धमा राष्ट्रसंघले शुक्रबार सार्वजनिक गरेको महसचिव मुनको प्रतिवेदनमा नेपालको शान्ति प्रकृया अझै नटुङ्गिएको र यस सम्बन्धमा अझै धेरै काम गर्न बाँकी रहेको औंल्याइएको छ । महासचिव मुनको यो भनाईको सोझो 'नेपालमा राष्ट्रसंघीय मिसनको आवस्यकता र भूमिका अझै समाप्त भएको छैन' भन्ने हुन्छ । तर अनमिनको म्याद बढाउनेमा आशावादी नदेखिएका महासचिव मुनले भनेका छन्- 'तैपनि शान्ति प्रकृयाको सफलता तथा नेपालको दीर्घकालीन विकासमा सहयोगकालागि राष्ट्रसंघ सदैब तत्पर रहनेछ ।' 'संविधान सभा निर्वाचन जारी शान्ति प्रकृयाको एक कोशे ढुङ्गामात्र हो शान्ति प्रकृयाले पूर्णता पाउन अझै धेरै बाँकी छ' मुनको प्रतिवेदनमा भनिएको छ- 'नेपालमा द्धन्दको कारण मानिएका आर्थिक-सामाजिक समस्याको समाधान र राष्ट्रको सम्पूर्ण इच्छा अनुसारको नयाँ संविधान बनाउने कामको सुरुवात बल्ल हुँदैछ ।' उनले जनादेश अनुरुप सहमतिको सरकार गठन र नयाँ संविधानको मस्यौदाको कार्य थालिहाल्न नेपाली राजनीतिक दलहरुलाई आफ्नो प्रतिवेदनमार्फत् सुझावपनि दिएका छन् । अरुलाई जस्तै आफूलाई पनि संविधान सभा निर्वाचनमा माओवादीले प्राप्त गरेको बिजयले आश्चर्यचकित बनाएको उल्लेख गर्दै उनले संविधान सभा निर्वाचन यता माओवादीले सहमतिको राजनीतिकालागि देखाएको तत्परताप्रति खुसी प्रकट गरेका छन् । उनले भनेका छन्- 'यो स्थितिमा अन्य राजनीतिक दलहरुलेपनि तत्कालिन राजनीतिक लाभ वा हानीका आधारमा अघि बढ्नुभन्दा देशको बृहत् स्वार्थकालागि शान्ति प्रकृया तथा मुलुकको दीर्घकालीन हित अनुकूलको व्यवहार गर्नु जरुरी छ । संविधान निर्माणजस्तो महत्वपूर्ण कार्यमा अघि बढ्न साना-साना कुरामा व्यवधान बनेर आउनु हुँदैन ।' शान्ति प्रकृयाको सबैभन्दा जटिल विषयको रुपमा रहेको सेना समायोजनको विषयमापनि राष्ट्रसंघीय महासचिव मुनको प्रतिवेदनमा चर्चा गरिएको छ । 'विस्तृत शान्ति सम्झौतामा उल्लेख भए अनुसार माओवादी लडाकूहरुको भविष्य निर्धारण गर्ने तथा नेपाली सेनाको लोकतान्त्रिकरण गर्ने कुरामा बिलम्ब गर्नु हुँदैन' मुनको प्रतिबेदनमा भनिएको छ- 'हतियार सहितका तालिमप्राप्त व्यक्तिलाई लामो समयसम्म त्यत्तिकै राख्न सकिन्न त्यसैले यो विषयको दीर्घकालीन समाधानको खोजी थालिहाल्न जरुरी छ ।' 'अनमिन' को म्याद नथपिने संकेत देखिएपछि 'अनमिन' प्रमुख इयान मार्टिनले गत महिना कार्यरत कर्मचारीहरुलाई अन्यत्र काम खोज्ने आसयसहितको पत्र दिएका थिए । महासचिव मुनका अनुसार 'अनमिन' को म्याद नथपिएको अवस्थामा 'अनमिन' कार्यालयमा रहेका कर्मचारीहरु आगामी डिसेम्बरसम्म बिदा भैसक्नेछन् । मुनको प्रतिबेदनमा भनिएको छ- 'यो स्थितिमा संविधान सभा निर्वाचनकालागि खटिएका कर्मचारीहरु जिल्ला तथा क्षेत्रीय कार्यालयबाट मुख्य कार्यालयमा फर्कंदै गरेका छन् भने कतिपयले मिसन कार्यालयबाटैपनि बिदा लिइसकेका छन् ।' -Sitaram Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®