Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
अज्ञात समूहद्वारा प्रहरी चौकी आक्रमण, एक प्रहरिको मृत्‍यु

काठमाण्डौ, 7 Feb, 09- दश बर्ष जनयुद्ध गरेको माओवादीसमेत शान्ति प्रकृयामा आएको बेला माओवादीको उद्गम स्थल रोल्पासँगै सीमा जोडिएको प्यूठानको एक प्रहरी चौकीमा शुक्रबार राति आक्रमण भएको छ ।

आक्रमणमा परी एकजना प्रहरी मारिएका छन् । चौकीमा रहेका सबै हतियार लुटिएका छन् । आक्रमण प्यूठानको स्याउलीवाङ्गमा रहेको प्रहरीचौकीमाथि भएको हो ।

आक्रमण रोल्पामा बिगत एक बर्षदेखि आतंक मच्चाउँदै आएको अज्ञात समूहले गरेको अनुमान सुरक्षा निकायहरुले गरेका छन् । रोल्पाका गाम लगायतका गाविसहरुमा माओवादीमाथि आक्रमण गर्दै आएको सो समूहसँग एम- १६ इन्सास लगायतका अत्याधुनिक हतियार रहेको छ । तर सो समूहका मानिसहरुको अहिलेसम्म सुरक्षा निकायले पहिचान गर्न सकेका छैनन् ।

जानकार अनुसार सो समूहको आक्रमणमा परी प्यूठान चिसावाङ्गका प्रहरी जवान सुमन जिसीको मृत्यु भएको छ । अत्याधुनिक हतियारसहित आएको समूहको प्रतिकारमा जीसीको मृत्यु भएपछि अन्य प्रहरीहरु भागेका थिए । ती मध्ये केही शनिवार दिउसो जिल्ला प्रहरी कार्यालयको सम्पर्कमा पुगेका थिए । प्रहरीसँग थोत्रा राइफल र पिस्तोलमात्र थियो । आक्रमणकारीले ५ राईफल, १ पिस्तोल, एउटा सटगन र २ सय ५० राउण्ड गोली लगेको प्रहरीले बताएको छ ।

आक्रमणको खबर पाएलगत्तै शनिवार विहान जिल्ला प्रहरी कार्यालय प्यूठानले ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ । प्यूठान वरपरका बाग्लुङ्ग, रोल्पा, दाङ्ग, गुल्मीमासमेत प्रहरीलाई उच्च सतर्कतामा राखिएको छ । स्मरणीय छ, विहीबार राप्रपा प्रवेश गरेका शाहीकालीन मन्त्री बुद्धिमान तामाङ्गले रोल्पामा जस्तै सशस्त्र रुपले माओवादीको प्रतिकार गर्ने बताएको भोलिपल्टै यो आक्रमण भएको छ ।

जानकारी अनुसार मृतक प्रहरी जवान प्रहरी कार्यालयको सुरक्षाकालागि सेन्ट्री बसेका थिए । उनकी १८ बर्षीया श्रीमति गर्भवती भएको र आगामी फागुन पहिलो हप्ता बच्चा जन्माउने तैयारीमा रहेको बताइएको छ । उनलाई सुरुमै गोली हानिएपछि आक्रमणकारीहरुलाई चौकी कब्जामा लिन सफल भएको थियो । सेन्ट्रीको हत्यापछि प्रत्याक्रमणको तैयारीसमेत गर्न नपाएका प्रहरीको राइफल आक्रमणकारीहरुले लुट्न सफल भएका थिए ।

-Sitaram Baral in Kathmandu





   
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®