|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
अब पश्चिम नेपालमा विश्वविद्यालय, थप १० करोड आवश्यक सुर्खेत, 31 Mar, 09- मध्यपश्चिमान्चल विश्वविद्यालय स्थापनाका लागि सुरुका दुई बर्षमा करिव १० करोड रुपैयाँ लाग्ने भएको छ । विश्वविद्यालय अनुदान आयोगद्धारा मंगलबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा सो जानकारी गराइएको हो । मध्यपश्चिमान्चल विश्वविद्यालयको स्वरुप र संरचना विषयक अन्तरकि्रयामा कार्यपत्र प्रस्तुत गर्दै डा. नारायणप्रसाद पौडेलले भौतिक संरचना तथा पूर्वाधार निर्माणका लागि ९ करोड, ७७ लाख, ९२ हजार रुपैयाँ आवश्यक पर्ने बताए । उनका अनुसार भवन निर्माणमा ५ करोड, ७७ लाख, फर्निचर खरीदमा १ करोड, विज्ञान इन्जिनियरिङ तथा स्वास्थ्य ल्यावमा २ करोड, विद्युतमा ५० लाख र बिषयगत किताव खरीदमा ५० लाख लागत अनुमान गरिएको छ । विश्वविद्यालयको बार्षिक खर्च सात करोड ७२ लाख हुने कार्यपत्रमा उल्लेख छ । यो खर्च विश्वविद्यालयको आन्तरिक स्रोतबाट २ करोड, ७९ लाख र सरकारी अनुदान ४ करोड ९३ लाखबाट ब्यहोरिने बताइएको छ । सरकारले गत १६ फागुनमा मध्यपश्चिमान्चल विश्वविद्यालय सुर्खेतमा स्थापना गर्ने निर्णय गरेपछि विश्वविद्यालय अनुदान आयोगले नयाँ विश्वविद्यालयको स्वरुप र संरचनाबारे बहस चलाएको हो । कार्यक्रममा स्थानीय शिक्षाविदहरुले मध्यपश्चिमान्चल विश्वविद्यालय सरकारी अनुदानबाट साचालन हुने गरी स्थापना गरिनुपर्ने माग राखेका छन् । उनीहरुले मप विश्वविद्यालयलाई साधारण र प्राविधिक प्रौद्यगिक दुवै किसिमको शिक्षा प्रदान गर्ने किसिमको बनाउनु पर्ने धारणासमेत राखेका छन् । कार्यक्रममा विश्वविद्यालय स्थापना मूल समितिका सचिव महेन्द्रकुमार मल्लले यस क्षेत्रमा रहेका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक र कर्मचारीलाई मध्यपश्चिमान्चल विश्वविद्यालयमा समाहित गर्न आकर्षक कार्यक्रम ल्याइनुपर्ने बताए । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष कमलकृष्ण जोशीले भने मध्यपश्चिमान्चल विश्वविद्यालयलाई पूर्णसरकारी बनाउन नहुने बताएका छन् । अन्तर्राष्ट्रिय अनुभवले समेत विश्वविद्यालय जस्तो कुरा पूर्ण सरकारी हुनु हानिकारक भएको देखाएकोले त्यस्तो जोखिम मोल्न नहुने उनले बताए । पूर्ण सरकारी बनाउँदा प्राज्ञिक स्वतन्त्रता नहुने र सरकारले अनुदान कटौती गर्दा विश्वविद्यालय नै बन्द हुने खतरा रहेको उनलको भनाई छ । सुर्खेतवासीले पूर्ण सरकारी अनुदानबाट संचालित विश्वविद्यालयको माग गरे पनि विश्वविद्यलयका लागि हालसम्म करिब १३ करोड रुपैयाँ जम्मा गरिसकेका छन् भने १७ करोड बराबरको जिन्सी जम्मा गरिसकेकाछन्। पहिलो पटक २०६१ पुसमा १ करोड ७० लाख संकलन गरिएको थियो । भरखरै मात्र वीरेन्द्रगरमा आयोजित श्रीमद् भागतवत महायज्ञमा करिब ११ करोड संकलन भएको छ । -Geban Mijhar in Surkhet |
|
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||