सुदुर पश्चिमाञ्चलमा विश्वविद्यालय स्थापना गर्ने
निर्णय
सरकारले सुदुर पश्चिमाञ्चल विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको छ ।
बन तथा कृषि विश्वविद्यालय चितवन र सुर्खेतमा मध्येपश्चिमाञ्चल
विश्वविद्यालय खोल्ने निर्णय गर्दा आफ्नो क्षेत्रमा विश्वविद्यालय स्थापना
नगरेको भन्दै सुदुर पश्चिमका जनताले विरोध गर्दै आएका थिए ।
मन्त्री परिषदको फागुन २१ गते बसेको वैठकले सुदुर पश्चिमान्चल
विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको सरकार प्रवक्ता सूचना तथा संचार
मन्त्री कृष्णबहादुर महराले बताए । पाँच विश्वविद्यालय संचालन भईरहेकोमा
चितवन, सुर्खेत र सुदुरपश्चिममा बिश्वबिद्यालय बन्ने भएपछि मुलुकमा
बिश्वबिद्यालयहरुको संख्या आठ पुगेको छ ।