Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
सहमतीको मिलन विन्दुको विकल्प एमाले महासचिव खनालले सुझाए

काठमाडौं,  August 10, 2008- नेकपा माओवादीको नेतृत्वमा राष्ट्रिय सहमतीको सरकार बनाउने प्रमूख चार राजनीतिक दलको प्रयास रक्षा मन्त्रालयमा आएर अडकिएको छ । खास गरी माओवादी र काँग्रेस दुबैले रक्षा मन्त्रालय नछाड्ने भएपछि सहमती बन्न नसकेको बताइएको छ ।

माओवादी शान्ति प्रकृयाको महत्वपूर्ण अङ्ग भएकाले शान्ति प्रकृयासँग सम्बन्धीत कुनै मन्त्रालय उसले नलिदा उपयुक्त हुने काँग्रेसको तर्क छ । काँग्रेस नेता डा. प्रकाशशरण महत भन्दछन 'हामीले आफ्नो लागि भन्दा पनि शान्ति प्रकृयाको लागि रक्षा मन्त्रालयमा मागेका हौं।'

काँग्रेसले रक्षा मन्त्रालय आफ्नो वटम लाइन भएको बताई रहँदा विगतमा प्रधानमन्त्री लिने पार्टीले नै रक्षा मन्त्रालय सम्हाल्दै आएकाले आफ्नो पार्टीले रक्षा मन्त्रालय नछाड्ने माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को भनाई छ । काँग्रेसले नेतृत्व लिँदा प्रधानमन्त्री सहित रक्षा, गृह, अर्थ लगायतका महत्वपूर्ण सबै मन्त्रालय लिएकाले पनि माओवादीले ती मन्त्रालय पाउनु स्वाभाविक भएको प्रचण्डले बताए ।

२०५१ सालको एमालेको नौ महिनै शासन काल पछि अहिले सम्म प्रधानमन्त्री वाहेक अर्को व्यक्ति रक्षा मन्त्री भएको छैन ।

उता एमाले महासचिव झलनाथ खनाल भने राष्ट्रिय सहमतीको सरकारको विकल्प नभएकाले माओवादी र काँग्रेस दुबै लचिलो हुनु पर्ने तर्क गर्छन्‌ । साउन २६ गते साँझ ६ बजे सकिएको एमाले-माओवादी वार्ता पछि काँग्रेस र माओवादीलाई आफ्नो पार्टीले मिलन विन्दुको विकल्प दिएको बताए । यद्यपि महासचिव खनालले मिलन विन्दु के हो भन्ने कुरा सन्‍चारकर्मीसँग खुलाउन चाहेनन्‌ ।

काँग्रेसलाई गृहमन्त्रालय दिएर मिलन विन्दु खोज्नु भएको हो भन्ने सन्‍चारकर्मीको जिज्ञासामा भने उनी मौन रहे । माओवादी र एमालेवीच गृहमन्त्रालय एमालेलाई दिने सहमती भइसकेको चर्चा छ ।

एमाले स्थायी कमिटी सदस्य इश्वर पोखरेल भने माओवादीलाई रक्षा मन्त्रालय दिदा केही फरक नपर्ने धारणा राख्छन् । पोखरेलले एमाले संविधान सभा दलको कार्यालयमा भने 'आखिर माओवादीले रक्षा मन्त्रालय लिए पनि आफ्ना १९ हजार सेनालाई प्रकृया नपुर्याई समायोजन गर्न मिल्ने हैन क्यारे ।'

यसै बिच, माओवादी अध्यक्ष प्रचण्डले वृहत्तर राष्ट्रिय सहमतीको लागि आफ्नो पार्टी रक्षा, गृह र अर्थ मध्ये एक मन्त्रालय छाड्न तयार रहेको जानकारी दिएका छन् ।

मधेशी जनअधिकार फोरमले भने प्रमुख तीन दलवीच सहमती बन्न सके आफ्नो पार्टी बाधक नबन्ने बताएको छ । फोरम संविधान सभा दलका नेता विजयकुमार गच्छदारले तीन ठूला पार्टीले छाडेको मन्त्रालय आफ्नो पार्टीले लिने बताए । फोरमले गृह र अर्थ मन्त्रालय मागे उसको वटम लाइन सन्‍चार मन्त्रालय भएको फोरम सम्वद्ध स्रोतले जनाएको छ ।
  साउन २५ गते बस्ने भनिएको चार दलको वैठक बस्न नसकेपनि आज दलहरुवीच द्धिपक्षीय छलफल भएको छ । आज विहानैदेखि माओवादी र फोरम, एमाले र फोरम काँग्रेस र माओवादी तथा एमाले र माओवादीवीच छुट्टाछुट्टै छलफल भएको थियॊ ।

-Santa Bagam in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®