|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
यसरी बन्दैछ एकिकृत नेकपा माओवादी काठमाण्डौं, January 4, 2009- पच्चीस दलहरुको सहभागिता रहेको संविधान सभामा निकट भविष्यमै एउटा दलको नामै नामेट हुने भएको छ । सम्भवत नयाँ बर्ष २०६६ लाग्दासम्म संविधान सभामा ७ सिट रहेको जनमोर्चा नेपालको अस्तित्व रहनेछैन । शनिवार सम्पन्न सो पार्टीको राष्ट्रिय कार्यकर्ता भेलाले आफ्नो दल विघटनको निर्णयसमेत गरिसकेको छ । पुष महिनाभित्रै जनमोर्चाको औपचारिक विघटन भैसक्नेछ । जनमोर्चा नेपालको माउ पार्टी नेकपा एकता केन्द्र-मसालले नेकपा माओवादीसँग एकता गर्ने निर्णय गरेपछि जनमोर्चालेपनि निर्णयप्रति सहमति जनाउँदै पार्टी विघटनको घोषणा गरेको हो । यो निर्णयसँगै पार्टी एकता भएपछि जनमोर्चाका ७ जना सभासद्हरु नेकपा माओवादीमा सामेल हुनेछन् । नयाँ पार्टीको नाम एकिकृत नेकपा माओवादी राख्ने अनौपचारिक सहमति दुबै दलले गरिसकेका छन् । संविधान सभामा नेकपा माओवादीले प्रत्यक्ष, समानुपातिक र मनोनित गरी २ स २९ स्थान हात पारेको छ । पार्टी एकता लगत्तै जनमोर्चाका सभासद्हरुपनि नयाँ एकिकृत पार्टीमा सामेल भएपछि संविधान सभामा नेकपा माओवादी अझ ठूलो दलको रुपमा दरिनेछ । संविधान सभाको प्रत्यक्ष निर्वाचनमा जनमोर्चाले नेकपा माओवादीको सहयोगमा २ स्थान जितेको थियो भने समानुपातिक निर्वाचनबाट थप ५ जना निर्वाचित भएका थिए । जानकारी अनुसार जनमोर्चा अध्यक्ष अमिक शेरचन जनमोर्चा विघटन र माओवादीसँग एकताको पक्षमा थिएनन् । तर छलफलको क्रममा उनी भारी अल्पमतमा परेपछि पार्टी एकता गर्न नहुने भन्ने आफ्नो फरक मत उनले फिर्ता लिएका थिए । राष्ट्रपति निर्वाचनमा पार्टी निर्णय विपरित कांग्रेस समर्थित उम्मेदवार डा. रामबरण यादवलाई मतदान गरेपछि उनलाई जनमोर्चा नेपालको अध्यक्षबाट ६ महिनाकालागि कार्वाहीसमेत गरिएको थियो । -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||