|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
एकिकृत माओवादीको नेताहरुको कार्यविभाजन तथा जिम्मेवारीमा हेरफेर |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
![]() United Maoists 1st meeting of its central committee. Photos: Santa काठमाण्डौ, January 21, 2009- एकिकृत नेकपा माओवादीको प्रथम वैठक सम्पन्न भएको छ । काठमाडौंस्थित नेपाल प्रज्ञा भवनमा माघ ८ गते सम्पन्न वैठकले सडक सदन र सरकारबाट सँगसँगै संघर्ष गर्ने निर्णय गरेको छ भने नेताहरुको कार्यविभाजन तथा जिम्मेवारीमा समेत हेरफेर गरेको छ । मौजुदा केन्द्रिय सचिवालयमा दीनानाथ शर्मालाई थप गरेर १६ सदस्यीय बनाउने निर्णय गरेको छ । कृष्ण भुजेललाई थप गरेपछि एकिकृत माओवादी केन्द्रिय समिति एक सय ३८ सदस्यीय भएको छ । केन्द्रिय समिति १ सय ७५ बनाउने सहमती भएपनि बाँकी ३७ सदस्यको स्थान खाली राखिएको छ । नेकपा एकिकृत, माले, एमाले जस्ता पार्टीबाट विद्रोह गरेर आउने नेताहरुको लागि सो स्थान खाली राखिएको एकिकृत माओवादीका प्रवक्ता दीनानाथ शर्माले बताएका छन् । वैठकले 'एकता तथा राष्ट्रिय जागरण तथा विकास अभियान' भन्ने नारा तय गरेको छ । यसअघि माओवादीको नारा 'राष्ट्रिय जागरण तथा विकास अभियान' भन्ने थियो । वरिष्ठ नेता मोहन वैद्य 'किरण'को नेतृत्वमा ११ सदस्य रहेको केन्द्रिय संगठन विभाग गठन गरेको छ । सो विभागमा नन्दकिशोर पुन मगर 'पासाङ्ग', नेत्रविक्रम चन्द 'विप्लव', सिपी गजुरेल, वर्षमान पुन मगर 'अनन्त', शक्तिबहादुर बस्नेत 'दिवाकार' लगायत सदस्य रहेका छन् । |
|
![]() विभिन्न जनवर्गीय संगठन मिलाउन रक्षामन्त्री समेत रहेका रामबहादुर थापा मगर 'बादल'को नेतृत्वमा पाँच सदस्यीय समिति निर्माण गरिएको छ । समितिका सदस्यहरुमा लिलामणी पोखरेल, टोपबहादुर रायमाझी, नेत्रविक्रम चन्द 'विप्लप' र गिरीराजमणी पोखरेल रहेका छन् । वैठकले अर्थमन्त्री समेत रहेका नेता डा. बाबुराम भट्टराईको संयोजकत्वमा १६ सदस्यीय संविधान मस्यौदा समिति निर्माण गरेको छ । समितिमा लिलामणी पोखरेल, प्रकाश विप्लव 'अनन्त', चन्देश्वर श्रेष्ठ, खिमलाल देवकोटा, सोनाम साथी, सिपी गजुरेल, विश्वभक्त दुलाल, पम्फा भुसाल, रामरिझान यादव, देव गुरुङ्ग र एकराज भण्डारी सदस्य रहेको प्रवक्ता शर्माले बताए । सदन हेर्ने जिम्मेवारी नारायणकाजी श्रेष्ठलाई दिइएको छ । संसदीय दलको सचेतकमा जयपुरी घर्ति मगरलाई ल्याइएको छ । दलको प्रमुख सचेतकमा पोष्टबहादुर वोगटीलाई नै कायम राखिएको छ । हेडक्वाटरको काम प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केन्द्रिय सचिवालयसँग समन्वय गरेर गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताए । अध्यक्ष प्रचण्ड, मोहन वैद्य, बाबुराम भट्टराई, रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ सहितको पाँच सदस्यीय हेडक्वाटर बन्ने चर्चा चलेपनि यस विषयमा ठोस निर्णय नभएको शर्माको दाबी थियो । एमाले लगायतका दलहरु समन्वय गर्न बनेको संयन्त्रको नेतृत्व पनि प्रकाशलाई नै दिने निर्णय भएको छ । यसअघि सो जिम्मेवारी वरिष्ठ नेता किरणले लिएका थिए । सरकार सन्चालनको लागि बनेको संयन्त्रमा देव गुरुङ्ग र प्रकाश रहने भएका छन् । पार्टी अन्तर्ग रहने राज्य समितिका इन्चार्जहरुमा भेरी-कर्णालीमा खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड', सेती-महाकालीमा धमेन्द्र वास्तोला, लिम्बुवानमा नारायण शर्मा, किरातमा इन्द्रमोहन सिग्देल, कोचिलामा शीतल, ताम्मासालीङमा अग्नीप्रसाद सापकोटा, नेवाःमा हितमान शाक्य 'सुमन', मिथिलामा विश्वनाथ साह, मगरातमा हेमन्त वली, अवधमा दिपेन्द्र पौडेल, थारुवानमा हरिभक्त कँडेल, तमुवानमा हितराज पाण्डे, भोजपुरामा भीमप्रसाद गौतम रहेका छन् । राज्य समितिका इन्चार्जको मातहतमा सह-इन्चार्ज, सेक्रेटरी तथा सह-सेक्रेटरी रहेको व्यवस्था समेत गरिएको छ । आजको वैठकमा नारायणकाजी श्रेष्ठलाई संविधान सभा दलको उपनेता बनाउने तथा डा. बाबुराम भट्टराईलाई उपप्रधानमन्त्री बनाउने विषयमा छलफल भएको थियो । अहिले उपनेता रहेका भट्टराई अस्वस्थताका कारण वैठकमा उपस्थित हुन नसकेपछि यस विषयमा सचिवालयले निर्णय गर्ने भएको छ । -Santa Bagam in Kathmandu |
||
![]() ![]() ![]() Photos: Santa |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||