Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

संयुक्त राष्ट्र संघका पूर्व सैनिक सल्लाहकार सेना समायोजनको पक्षमा


बोल्दै जनरल गुरुङ्ग Lt. General (Rtd.) Chitrabahadur Gurung. Photos: Sitaram

काठमाडौं,  June 17, 2008- संयुक्त राष्ट्रसंघीय महासचिवका सैनिक सल्लाहकार भैसकेका नेपाली सेनाका बरिष्ठ एक पूर्व सैन्य अधिकारीले माओवादी लडाकाहरुलाई सैन्य बलमा समायोजन नगर्दा निकै ठूलो समस्या उत्पन्न हुने चेतावनी दिएका छन् ।

राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानका सैनिक सल्लाहकारको भूमिका निर्वाह गरेका नेपाली सेनाका अवकासप्राप्त लेफ्टिनेन्ट जनरल चित्रबहादुर गुरुङ्गले भनेका छन्- 'राजनीतिक उद्देश्यकालागि लडाईं लड्नेहरुलाई त्यो उद्देश्य प्राप्त भएपछि त्यत्तिकै छाडििदंदा समस्या उत्पन्न हुन्छ भन्ने अफ्रिकी मुलुक कंगोलगायतका देशको उदाहरणले देखाएको छ, त्यो अनुभवको आधारमा यहाँपनि सेना समायोजन हुनुपर्छ ।'

सेना समायोजन नहोन्जेल शान्ति प्रकृयाको टुङ्गो नलाग्ने बताउँदै गुरुङ्गले अर्को कुनै सुरक्षा बल बनाएर माओवादी सेनाको समायोजन गर्नुपर्ने बताए । एभरेष्ट प्रेस क्लबले आयोजना गरेको अन्तरकृया कार्यक्रममा गुरुङ्गको भनाई थियो- 'तैपनि समायोजन हामीले सोचेजस्तो चाँडो हुन सक्दैन, अरु मुलुकको उदाहरण हेर्ने हो भने समायोजनकालागि ५ देखि ७ बर्ष लागेको उदाहरण छ ।' राज्यको पुनस्रंरचना, संघीयता लगायतका अग्रगमनका एजेण्डा कार्यान्वयन उचित भएपनि त्यसबाट राष्ट्रिय सुरक्षामा खतरा आउन सक्ने बताउँदै गुरुङ्गले अब सिर्जना हुने खतरा सामना गर्न अहिल्यैदेखि बृहद राष्ट्रिय सुरक्षा नीति बनाउनु पर्ने कुरामा जोड दिए ।


कार्यक्रममा उपस्थित अबकासप्राप्त जनरल गुरुङ्ग, द्धन्दविद् डा. उप्रेती र डेपुटी कमाण्डर पासाङ्ग

अन्तरकृया कार्यक्रममा जनमुक्ति सेनाका डेपुटी कमाण्डर नन्दकिशोर पुन 'पासाङ्ग' पनि सहभागी थिए । सेना समायोजनसम्बन्धी बिषय बृहद शान्ति सम्झौतामा उल्लेख भएको बताउँदै डेपुटी कमाण्डर पासाङ्गले सेना समायोजनका विषयमा अन्य राजनीतिक दलहरुले चुनाव अगाडि एउटा कुरा र चुनाव पछाडि अर्को कुरा गरेको आरोप लगाए । 'चुनाव हार्ने दलहरुले सेना समायोजन सम्बन्धी विषयमा समस्या समाधान गर्ने होइन समस्या बल्झाउने कुरा गरिरहेका छन्' पासाङ्गले भने- 'हाम्रो दक्षतामाथि प्रश्न उठाएर समायोजन गर्न हुन्न भनिएको छ, सयौं लडाई लडेर खारिएका जनमुक्ति सेनाका योद्धाहरु राष्ट्रिय सेना बन्न सक्षम नहुने जुन सेना हामीसँगको लडाईंमा हार्यो त्यसलाई दक्ष भन्ने यो कस्तो मान्यता हो ?'

तक्मा र फुलीका लर्को लगाउँदैमा कुनैपनि सेना दक्ष र सक्षम छ भन्ने मान्यता बनाउनु गलत भएकोपनि उनले बताए । 'जनमुक्ति सेनाले तक्मा र फुलीको व्यवस्था गरेको भए अहिले नेपाली सेनाका जनरलहरुले लगाउने भन्दा कैयौं गुणा बढि तक्मा र फुलीहरु हाम्रा छातीमा झुण्डिरहेका हुन्थे किनभने हाम्रा हरेक योद्धाले सरकारी सेनासँगको सयौं लडाईंमा बिजय हासिल गरेका छन्' उनले भने- 'कुनैपनि सैनिक सक्षम छ वा छैन भन्ने कुरा छातिमा लगाएको तक्मा हेरेर होइन लडाईको परिणाम हेरेर मूल्याङ्कन गर्नुपर्छ।'

सभासद् तथा सैन्यविद् डा. इन्द्रजीत राईले दुई सेना समायोजन गरी नयाँ राष्ट्रिय सेना बनाउँदा नयाँ सेनाको क्षमता बढ्ने उल्लेख गरे । 'जनमुक्ति सेना र नेपाली सेना दुबै पैदल सेना हुन्' उनले भने- 'त्यसैले दुबैको समान हैसियत छ, समान हैसियत भएका सेना मिलाएर नयाँ सेना बनाउँदा त्यसको क्षमतापनि बढ्छ ।' राईले जनमुक्ति सेनालाई राष्ट्रिय सेनामा मिलाउँदा राष्ट्रिय सेनाको क्षमता घट्छ भन्ने प्रचारको खण्डन गर्दै भने- 'नेपाली सेनासँग एउटा एयरक्र्याफ्ट छैन यसले साइबर युद्ध गर्न सक्दैन, यसको क्षमता भनेको सानो सानो लडाईं लड्न सक्नेमात्र हो, नेपाली सेनाले लड्नसक्ने लडाईं जनमुक्ति सेनालेपनि लडेर देखाइसकेको छ, अनि कसरी दुई सेना मिलाएर बन्ने नयाँ राष्ट्रिय सेनाको क्षमता कम हुन्छ ?'

द्धन्दबिद् डा. बिष्णुराज उप्रेतीले जनमुक्ति सेना अहिलेसम्म 'इन्ट्याक्ट फोस्र' को रुपमा रहेको बताउँदै समायोजनमा बखेडा निकालिए त्यसले जनमुक्ति सेनाको समग्र फोस्रलाई असन्तुष्ट पार्ने सम्भावना औंल्याए । उप्रतीको भनाई थियो- 'एउटा इन्ट्याक्ट फोस्रलाई असन्तुष्ट बनाइयो भने त्यसबाट उत्पन्न हुने खतराका बारे सोचिएको छैन, टुङ्गो लागिसकेको समायोजनसम्बन्धी बिषयलाई राजनीतिक सौदाबाजी बनाउन लागियो भने त्यसले सकरात्मक परिणाम दिनेछैन ।' माओवादी सेना राजनीतिक सेना भएपनि समायोजनपछि व्यवसायिक सेनाको रुपमा विकसित गर्न सकिने द्धन्दविद् उप्रेतीको भनाई थियो ।

-Sitaram Baral in Kathmandu

तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®