|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
संरासंका महासचिव मुनले नेपालको संविधान सभाको बैठकलाई सम्बोधन
गर्नुहुने UN General Secretary Ban Ki-moon. Photo: eEyeCam काठमाण्डौं, October 24, 2008- कार्तिक १५ गते (October 31) जम्मा २० घन्टाका लागि नेपाल आउन लाग्नुभएका संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले नेपालको संविधान सभाको बैठकलाईपनि सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ । महासचिव मुनले भोलिपल्ट November 1 मा संविधान सभाको बैठकलाई विशेष सम्बोधन गर्नुहुनेछ । मुनको नेपाल भ्रमणलाई स्मरणीय बनाउन सरकारी अधिकारीहरु यतिबेला कम्बर कसेर लागेका छन् । जानकारीअनुसार आएको दिन ताहाचलस्थित सोल्टीमा बस्नुहुने महासचिव मुनकालागि त्यसदिन बेलुकी प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले रात्रिभोजको आयोजना गर्नुभएको छ । महासचिव मुनले १६ गते विहान राष्ट्रपति रामवरण यादवसँग भेट गर्ने कार्यक्रमपनि तय भएको छ । यसका अलवा महासचिव मुन १६ गते शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने कार्यक्रमपनि छ । नोभेम्बर १ कात्तिक १६ का दिन मुनले नेपालका हिम शृंखलाको दृश्यावलोकन माउन्टेन फ्लाइटबाट गर्नेछन् । परराष्ट्र मन्त्रालय श्रोतकाअनुसार राष्ट्रसंघीय महासचिव मुनको सुरक्षाका लागि 'अनमिन' ले काठमाडौंमा चारजना सैनिक पृष्ठभूमिका सुरक्षाकर्मी खटाउने भएको छ भने नेपाल सरकारले प्रधानमन्त्रीलाई दिइने सरहको सुरक्षा एबं सम्मान दिने भएको छ । महासचिव मुनका साथ उपमहासचिवको हैसियतमा रहेका वरिष्ठ सल्लाहकार विजय नाम्बियर पनि रहनेछन् । महासचिव नेपालमा रहुन्जेलको अवधिका लागि सरकारले बुलेटप्रुफ कारसहित अन्य दुईवटा कार उपलब्ध गराउने कार्यक्रम बनाएको छ । -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||