|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
संयुक्त राष्ट्र संघ (UN) का महासचिव मुन नेपाल जाँदै |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
UN General Secretary Ban Ki-moon. Photo: eEyeCam काठमाण्डौं, October 16, 2008-संयुक्त राष्ट्र संघका महासचिव वाङ कि मुन यही कार्तिकको दोश्रो साता नेपाल आउने भएका छन् । नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन 'अनमिन' प्रमुख इयान मार्टिनले बताएअनुसार कात्तिकको मध्यमा नेपाल आउने महासचिव मुन फिलिपिन्सबाट भारत हुँदै नेपाल आउने छन् । नेपाल भ्रमणका क्रममा मुनले राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', परराष्ट्रमन्त्री उपेन्द्र यादवलगायत संविधान सभाका सदस्यहरुलाई भेट्ने कार्यक्रम रहेको छ । मार्टिनकाअनुसार नेपालको शान्ति प्रकृयाबारे महासचिव मुनले जानकारी लिनुका साथै लुम्बिनीको पनि भ्रमण गर्ने कार्यक्रमसमेत तय गरिएको छ । 'दलहरुले सहमतिबाट सेना समायोजनको मापदण्ड निर्धारण गर्नेमा हामी विश्वस्त छौं' मार्टिनले भने- 'सेना समायोजनका लागि विशेष समिति बन्ने भनिएको छ, त्यसले तय गर्ने मापदण्डबाटै काम अगाडि बढ्नेछ ।' अनमिन शान्ति प्रकृयामा नेपाल सरकारले सहयोग मागेबमोजिमको सहयोग गर्न तयार रहेकोसमेत बताए । राष्ट्र संघसँग सेना समायोजनको धेरै अनुभव भएपनि कुन मापदण्ड अपनाउने भन्नेबारे नेपालका राजनीतिक दलहरुलेनै निर्णय गर्नुपर्नेमा उनको जोड थियो । उनले भने- 'दलहरुले सेना समायोजनका लागि सहमतिका साथ मापदण्ड बनाउन् भन्ने हाम्रो आग्रह हो ।' मार्टिनले सेना समायोजनबारे विभिन्न राजनीतिक दल र बुद्धिजीवीबाट आएका धारणालाई स्वाभाविकसमेत भनेका छन् । |
|
|
तर अनमिन त्यस्ता बहसमा सहभागी हुन नचाहेको स्पष्ट पार्दै सहमतिबाट आग्रह गरेअनुरुपको सहयोग गर्न सकिने बताए । अनमिनबारे विभिन्न दलका नेताहरुबाट भएको आलोचनाबारे सोधिएको प्रश्नमा उनले भने- 'काम गर्दा समर्थन र आलोचना भइहाल्छन् तर अनमिनले शान्ति प्रकृयामा नेपाल सरकारले आग्रह गरेअनुरुपको भूमिका निभाइरहेको छ ।' अनमिनले कुनै दल विशेषलाई सहयोग नगरिरहेको मार्टिनको दावी थियो । नेपाली कांग्रेसले पछिल्लो समयमा अनमिन प्रमुख मार्टिन माओवादी पक्षधर बन्दै गएको आरोप लगाएको छ । तर मार्टिनले यो आरोपको खण्डन गर्दै भने- 'मानवअधिकार हननको विपक्षमा अनमिन उभिएको छ, जुनसुकै पक्षबाट पीडित भएमा अनमिनले आफूहरुले निष्पक्ष ढंगले बोलेको छ र त्यसअनुसार कामपनि गरेको छ ।' 'तराईका सशस्त्र समूहलाई वार्तामा ल्याउन अन्मिनको भूमिका रहन्छ ?' भन्ने सन्चारकर्मीहरुको प्रश्नमा उनले आफूहरु कुनैपनि सशस्त्र समूहसंग राजनीतिक रुपमा सम्पर्कमा नरहेको बताए । नेपाल सरकारले आवश्यक परेर भूमिका चाहे छलफल गर्न सकिने बताउँदै उनले भने- 'सशस्त्र समूहसंग हुने भनिएको वार्तामा अनमिनले कुनै भूमिका खोजेको छैन ।' Ian Martin. Photo: eEyeCam -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||