Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

मुनले नेपालमा कुन कुनलाई भेटे ?



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
संरासंका महासचिव मुनको २३ घण्टे नेपाल बसाईको बृतान्त


UN General Secretary Ban Ki-moon with President Dr. Rambaran Yadav. Photos: Santa

काठमाण्डौं, November 1, 2008-
संयुक्त राष्ट्र संघका महासचिव वान कि मुन दुई दिने नेपाल भ्रमण सकेर कार्तिक १६ गते बङ्गलादेश प्रस्थान गरेका छन् । श्रीमती बानको विशेष अनुरोधमा महामानव गौतम बुद्धको जन्म थलो लुम्बिनी पुगेर महासचिव बान भैरहवास्थित गौतम बुद्ध विमान स्थलबाट बङ्गलादेश गएका हुन्‌ ।

महासचिव बानले आफ्नो करिब २३ घण्टे नेपाल बसाई अत्यन्त व्यस्त समय तालिकामा बिताए । कार्तिक १५ गते काठमाडौंस्थित अन्तराष्ट्रिय विमान स्थलमा ओर्लेका वानले साँझ ७:२५ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटवार्ता गरे ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको औपचारिक भेटवार्तापछि उनी लागे होटल याक एण्ड यतिमा आयोजित रात्री भोजमा सामेल हुन । रात्री भोज महासचिन बानकै सम्मानमा प्रधानमन्त्री प्रचण्डले आयोजना गरेका थिए ।

उनले कार्तिक १६ गते विहान ८ बजे राष्ट्रपति डा. रामवरण यादवसँग भेटे । राष्ट्रपति कार्यालय शितल निवासमा भएको भेटवार्तामा महासचिव मुनले नेपालको शान्ती प्रकृया, सेना समायोजन र शान्ती प्रकृयापछिको प्रगति र उपलब्धीका वारेमा जानकारी लिएका थिए । महासचिव बानले राष्ट्रपति यादवको कार्यकालको सफलताको कामना गरे ।
 
UN Gen. Sect. Moon and President Dr. Yadav.

सो अवसरमा राष्ट्रपति यादवले राष्ट्रसंघले नेपालको शान्ती प्रकृयामा खेलेको भुमिकाको प्रशंसा गर्दै महासचिव बानलाई धन्यवाद दिएका थिए ।

त्यसपछि बान लागे शितल निवासमै भएको परराष्ट्र मन्त्रालयमा । त्यहाँ उनको प्रतिक्षा गरिरहेका थिए परराष्ट्र मन्त्री उपेन्द्र यादव । यादवसँगको संक्षिप्त भलाकुसारी सकिए लगत्तै बान महाराजगंज तर्फ लागे ।

महाराजगंजमा उनले पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई भेटे । भेटघाटमा के-के कुरा भयो भन्ने जानकारी काँग्रेस नेता प्रकाशशरण महतले सन्‍चारकर्मीलाई दिएका थिए । महतकाअनुसार कोइरालाले बानसँग संयुक्त राष्ट्र संघीय मिसन अनमिनको भूमिकाको आलोचना गरेका थिए ।

त्यसपछि उनी लागे नयाँ बानेश्वरस्थित संविधान सभा भवन अर्थात अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा । त्यहाँ उनले करिब २० मिनेट संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गसँग भलाकुसारी गरे ।

सभाध्यक्ष सुवास नेम्वाङले संविधान सभाको निर्वाचन, यसको प्रकृया, संविधान सभामा भएको सहभागिता दलको प्रतिनिधित्व बारेमा जानकारी गराएका थिए । सोही क्रममा सभासदहरुले महासचिव बानसंग विविध विषयमा जिज्ञासा राखेका थिए ।


UN Gen. Sect. Moon after meeting President Dr. Yadav. Photos: Santa

त्यसपछि महासचिवले संविधान सभाका सभासदहरुसँग छलफल गरे । त्यसक्रममा सभासद् रामशरण महतले आन्तरिक रुपमा विस्थापीतहरुको पुनरस्थापनाका लागि सहयोगको आग्रह गरे । अर्का सभासद् एकनाथ ढकालले सहस्राव्दी लक्ष्य पुरा गर्न नेपाललाई राष्ट्रसंघले के कस्तो सहयोग गर्दैछ भन्ने जिज्ञासा राखेका थिए ।

यसैगरी परि थापा, हृदयस त्रिपाठी, सुरेन्द्र पाण्डे, एन के प्रसाई लगाएतले पनि महासचिव मुनलाई सेना समायोजन र विश्वभर देखापरेको आर्थिक मन्दीका विच नेपाललाई आउने सहयोगका बारेमा आफ्ना जिज्ञासा राखेका थिए ।

अन्तराष्ट्रिय सम्मेलन केन्द्रस्थित अनमीन मुख्यालयका कर्मचारीलाई पनि बानले भेटेका थिए । नेपालको शान्ति प्रकृयामा सघाईरहेका कर्मचारीले अनमीनले गरिरहेको कामको उपलव्धीबारे जानकारी गराए ।

आफ्नो नेपाल भ्रमणबारे जानकारी दिन दिनको ११:३८ बजे अनमीन कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । त्यहाँ उनले भ्रमण र नेपालबारे आफ्नो धारणा राखे पछि सन्‍चारकर्मीको प्रश्नको उत्तरसमेत दिन भ्याए ।

दिनको १:४५ बजे गौतम बुद्धको जन्मस्थल लुम्बिनी तर्फ उडेका उनलाई त्यहाँ संस्कृति तथा राज्य पुनरसंरचना मन्त्री गोपाल किरातीले स्वागत गरेका थिए ।

लुम्बिनी विकास कोषका योजना अधिकृत तथा पुरातत्वविद् बसन्त बिडारीले लुम्बिनी गुरुयोजनाका बारेमा जानकारी बानलाई जानकारी दिएका थिए ।

सन् १९७८ मा संयुक्त राष्ट्रसंघकै पहलमा तयार गरिएको गुरुयोजना हालसम्म पुरा हुन सकेको छैन । त्यति मात्र होइन विश्वभरकै वौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रविन्दु बनेको र विश्व सम्पदा सुचिमा सुचिकृत लुम्बिनीस्थित मायादेवी मन्दिरमा लगाइएको रङ खुइलिएर अहिले दयनिय अवस्थामा रहेको छ ।

श्रीमती बानको भेटघाट


UN Secretary-General Ban Ki-moon and Mrs. Ban Soon-taek. Photo courtesy: gg.govt.nz

महासचिव बान पत्नी बान सुन ताएकले कार्तिक १६ गते विहान प्रधानमन्त्री पत्नी सीता दाहालसँग भेटघाट गरेकी छन् । दाहाललाई उनले निवासमै गएर भेटेकी थिइन्‌ ।

महासचिव पत्नीले 'भ्वाइस अफ चिलड्रेन'को स्वयम्भूस्थित कार्यालयमा पुगेर औवलोकन गरेकी थिइन्‌ । लुम्बिनीको भ्रमण पनि उनकै आग्रहमा गरिएको बताइएको छ ।

-Santa Bagam in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®