|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
राष्ट्र संघका महासचिवद्वारा नेपालको संबिधान सभालाई सम्बोधन |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
"विभिन्न जातीय समूहहरुलाई सशक्त तुल्याउने
संघीय राज्यको सिर्जना गर्नु छ ।" "प्रधानमन्त्री प्रचण्डको देशलाई 'शान्तिको नमूना' बनाउने सपना पुरा गरौं" UN General Secretary Ban Ki-moon at the press conference in Kathmandu. Photos: Sitaram -UNO बिशेष सम्बाददाता काठमाण्डौं, November 1, 2008- हिजो मात्र दुई दिने भ्रमणकाक्रममा नेपाल आइपुग्नु भएका संयुक्त राष्ट्र संघका महासचिव बानकि मुनले नेपालको संबिधान सभालाई सम्बोधन गर्नु भएको छ। सम्बोधनको क्रममा उहाँले भन्नु भएको छ- "महामहिमहरु, संविधानसभाका सम्माननीय अध्यक्ष सुभाषचन्द्र नेम्वाङ, यो संविधान सभालाई सम्बोधन गर्न पाउने संयुक्त राष्ट्र संघको पहिलो महासचिव हुन पाएकोमा म गौरवान्वित छु । यहाँहरुको मुलुकले हासिल गरेको ऐतिहासिक रुपान्तरण र यसमा तपाईँहरुले खेल्नु भएको उल्लेखनीय भूमिकाका लागि म हार्दिक बधाई दिन चाहन्छु" उहाँले अगाडि भन्नु भएको छ- "अगष्ट र सेप्टेम्बरको विनासकारी बाढीका कारण भएको जनधनको क्षतिबाट म मर्माहत भएको कुरा पनि यहाँ बताउन चाहन्छु । नेपालस्थित राष्ट्रसंघीय निकायहरु तथा मिसनले नेपाल रेडक्रससँग निकटतम सहकार्य गरेको ठूलो मात्रामा राहत सामग्री बाढी पीडितसम्म पुर् याएका छन् । निरन्तर राहत वितरण तथा पुनस्र्थापनाका काममा नेपालस्थित राष्ट्रसंघीय टोलीले सरकारलाई निरन्तर सहयोग गरिरहेको छ । हामी तपाईँहरुको प्रगति सुरक्षा र कल्याणमा समर्पित साझेदार हौं । महामहिमहरु, चैतमा यहाँ सम्पन्न भएको निर्वाचनले नेपाली जनताको भावना प्रस्फुटित भयो र उनीहरुले शान्ति विकास र परिवर्तनका बारेमा आवाज उठाए । यो संविधानसभा तपाईँहरुको देशको इतिहासकै सबैभन्दा समावेशी व्यवस्थापिका हो । यो कक्षमा हेर्दा म नेपालका जनता र साँस्कृतिक विविधताको वैभव देख्दैछु। |
|
|
यो संविधान सभा नै तपाईँहरुको उल्लेख्य प्रगतिको प्रमाण हो । नेपाली जनताको नयाँ र समृद्ध भविष्यका आशाहरुलाई मूर्त रुप दिन ठूलो सम्भावना सामुहिक रुपमा तपाईँहरुले बोक्नु भएको छ । तपाईँहरु सबैजना र नेपालका सम्पूर्ण जनताले शान्ति प्रकृयालाई अगाडि बढाउनु भएको हो र यस ऐतिहासिक परिवर्तनको हिस्सा हुन पाएकोमा संयुक्त राष्ट्रसंघ गौरवान्वित छ । तपाईँहरुको साझेदारका हैसियतमा हामीले विभिन्न ठोस कदमहरु चालिरहेका छौं । उदाहरणका लागि राष्ट्रसंघीय शान्ति निर्माण कोषले नेपालको राष्ट्रसंघीय शान्ति कोषका लागि एक करोड डलर निकासा गरेको छ । यो रकम स्थानीय स्तरका शान्ति निर्माण कार्यव्रुमहरुमा खर्च गरिने छ । यसैगरी यो रकम पूर्व लडाकुहरुलाई पुनस्र्थापना युवा रोजगारी सिर्जनालगायत अन्य कार्यव्रुमहरुमा पनि खर्च गरिनेछ । मैले प्रधानमन्त्री प्रचण्डलाई न्युयोर्कमा भेट्दा उहाँले राष्ट्रसंघीय सहयोगमा नेपाललाई 'शान्तिका लागि नमूना' बनाउन चाहेको उल्लेख गर्नुभएको थियो । यो सुन्दर लक्ष्य हो । यसको अर्थ हामी दुबैको काँधमा महत्वपूर्ण जिम्मेवारीहरु हुनेछ । नेपालको राजनीतिक आर्थिक र सामाजिक रुपान्तरणका लागि मेरो व्यक्तिगत सहयोग र सम्पूर्ण संयुक्त राष्ट्रसंघको सहयोग रहने कुरामा विश्वस्त पार्न चाहन्छु । हामीले आपुनो जिम्मेवारी बहन गर्ने नै छौं र तपाईँहरुले त्यसै गर्नका लागि प्रोत्साहन गर्छु । शान्ति प्रवि्रुयाको निरन्तर प्रगतिले नै अन्तर्राष्ट्रिय सहयोगलाई सुनिश्चित गर्नेछ । तत्कालको सबैभन्दा ठूलो चुनौतीमा माओवादी लडाकुहरुको समायोजन र पुनस्र्थापना गर्नु हो । यस सन्दर्भमा माओवादी सेनाका सदस्यहरुको समायोजन पुनस्र्थापना तथा निरिक्षणका लागि विशेष समितिको हालै गरिएको गठनको म स्वागत गर्छु । म उक्त समितिमा प्रतिनिधित्व गर्ने पक्षहरुलाई समितिको महत्वपूर्ण काम चाडो भन्दा चाडो सुरु गर्न प्रोत्साहित गर्छु । यसैगरी म सरकारलाई उमेर नपुगेका र योग्य नठहरिएका लडाकुहरुको औपचारिक बिदाइको प्रकृया छिटो सुरु गर्न आव्हान गर्छु । नेपाली महिलाहरुले द्वन्द्वको सबैभन्दा बढी पीडा झेलेका छन् । शान्तिको सुदृढीकरणका लागि अनेकन उपायद्वारा कार्यरत नेपालका कयौँ महिलालाई म यहाँ सम्मान प्रकट गर्न चाहन्छु । शान्ति प्रकृयाका हरेक तहमा सम्भव भएसम्म महिलाहरुलाई समावेश गरियो भने यो प्रकृया अझै बढी सशक्त हुन्छ । शान्तिलाई दिगो बनाउन द्वन्द्वका आला घाउहरुलाई पुर्ने प्रयास गर्नु पनि आवश्यक छ । यसको अर्थ वेपत्ता पारिएकाहरुको अवस्था सार्वजनिक गरिनुपर्छ र पीडितहरुलाई क्षतिपूर्ति दिइनु पर्छ । यसको अर्थ विस्थापित व्यक्तिहरुलाई घर फर्कन सक्षम तुल्याउनु पनि हो । यसैगरी विगतमा भएका मानवअधिकारको हननको अपरिहार्य रुपमा दुःखका साथ आत्मस्वीकारोक्ति र दण्डहिनताको अन्त्य गर्नु पनि हो । तपाईँहरुले नयाँ संविधानको निर्माण गर्नैपर्छ । यो अत्यन्तै कठिन त हुनेछ तर अभूतपूर्व प्राप्ति पनि हुनेछ । यस प्रकृयामा तपाईँहरुको राज्य पुनस्रंरचनाजस्ता चर्का विषयहरुको सामना गर्नु पर्नेछ । तपाईँहरुले राष्ट्रिय एकतालाई कायम राख्दै विभिन्न जातीय समूहहरुलाई सशक्त तुल्याउने संघीय राज्यको सिर्जना गर्नु छ । मलाई आशा छ, तपाईँहरु सहकार्यको भावना सहित अघि बढ्नु हुनेछ । छलफलको माध्यमबाट तपाईँहरुले एउटा साझा लक्ष्य बनाउन सक्नुहुन्छ । यो पुस्तौं पुस्ताका लागि स्थिर नेपालको जग निर्माण गर्ने ठूलो अवसर हो । म तपाईँहरुलाई आफ्ना नातिनातिनाहरु र उनीहरुका पनि नातिनातिनाहरुलाई राष्ट्रको इतिहासमा तपाईँको भूमिका गौरवका साथ सम्झने वातावरण बनाइ दिन आग्रह गर्दछु ।" तपाईँहरु जनताका ऋणी हुनुहुन्छ । उनीहरुले शासनमा प्रगति देख्नुपर्छ । उनीहरुले शान्तिको प्रतिफलको अनुभूति पाउनुपर्छ । उनीहरुलाई रोजगारीका अवसर स्वास्थ्य सेवा र शिक्षा माथिको पहुँचमा सुधार आवश्यक छ । अहिले विश्वव्यापी रुपमा देखिएको वित्तीय संकट अनि खाद्यान्न र इन्धनको मुल्य नाटकीय रुपले बढेको समयमा त्यसको अझै आवश्यकता छ । विश्वभरि नै अति गरिब मानिसहरु यी अन्तरसम्बन्धित संकटबाट ग्रस्त भइरहेका छन् । हरेक दिन धेरै मानिसहरु गरिबी र भोकमरीमा फसिरहेका छन् । उनीहरुको आवाज सुनिनुपर्छ र उनीहरुको व्यथालाई बुझ्नुपर्छ । म सबै सरकारहरुलाई सहस्राब्दी विकास लक्ष्यमा पुग्ने र जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्ने आफ्ना प्रतिबद्धताबाट पछि नहट्न आव्हान गरिरहेको छु । यो संकटको घडीमा हाम्रो विचार दुरदर्शी हुनुपर्छ । हामीले हाम्रो पृथ्वी र यहाँ जोखिममा परेका मानिसहरुको संरक्षण गरे मात्र हाम्रो भविष्य सुरक्षित हुन्छ । धेरै नेपालीहरुले दुखकष्ट भोगिरहेको कुरा मलाई थाहा छ । महत्वपूर्ण विकास सहायता वा रेमिन्टेन्समा गिरावट जस्ता अतिरिक्त समस्याहरुका लागि नेपालसँग शाब्दिक तथा आलङ्कारिक रुपमा 'कुनै शक्ति' छैन। नेपालस्थित राष्ट्रसंघीय टोलीले भोकालाई सहयोग गर्न र भविष्यमा खाद्य सुरक्षा हासिल गर्न सरकारसँग सहकार्य गरिरहेको छ । अझ भन्नुपर्दा नेपालको राजनीतिक रुपान्तरण सामाजिक र आर्थिक रुपान्तरण सँगसँगै अघि बढ्न सक्छ र बढ्नुपर्छ भन्ने मलाई विश्वास छ । चराका दुईवटा पखेटा झैँ यस देशलाई अघि बढ्न दुबै पक्षहरु आवश्यक छन् । तपाईँहरुले विभिन्न परीक्षाहरु पार गरिसक्नु भएको छ । हरेकपटक तपाईँहरुले मतभिन्नतालाई चिर्दै सहमतीमा पुग्नु भएको छ । यो नै लोकतान्त्रिक प्रकृया हो । तपाईँहरुले वार्ता र सम्झौताबाट सम्भाव्य मनमुटाव कम गर्दै जानु हुनेछ भन्ने कुरामा म विश्वस्त छु । म गठबन्धन सरकारका सम्पूर्ण दलहरुलाई मित्रता काम राख्न र साथसाथै सरकार बाहिरका दलहरुसँग सहकार्यको भावनासहित मिलेर अघि बढ्न आग्रह गर्छु । नेपाली काङ्ग्रेसले अन्तरिम सरकारमा नेतृत्वदायी भूमिकासहित शान्ति प्रकृयामा अमूल्य योगदान पुर् याएको छ । अहिले यो प्रतिपक्षमा छ र यो महत्वपूर्ण निर्णयहरुमा निरन्तर सहभागी हुनेछ भन्ने मलाई आशा छ । यसले नै सफलतालाई सुनिश्चित गर्छ । यसैसँगै शान्ति सम्झौतामा हस्ताक्षर गरेका सबै दलहरुले आपुनो वचन प्रति प्रतिबद्ध हुनुपर्छ । यसका साथै सबै दलहरुले लोकतान्त्रिक सरकार तथा मानवअधिकारका नियमहरु सम्मान गर्नैपर्छ । म सरकारलाई सबै दलहरुसँग वार्ता र परामर्श जारी राख्न आव्हान गर्छु । उनीहरुले नेपाली जनताप्रति उत्तरदायी रहँदै शान्ति प्रकृया पूरा गर्न र सुदृढ गर्न सहयोग गर्ने छन् भन्नेमा म जोड दिन चाहन्छु । माननीय सभासद्हरु आफ्नो देशमा शान्ति कायम गर्नमा नेपालले विश्वव्यापी शान्तिका लागि गरेको योगदानका अनुभवको प्रयोग गर्न सक्छ । तपाईँको देशले आधा सताब्दी देखि राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरुमार्फत अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्नका लागि नेतृत्वदायी भूमिका खेलेको छ । विगत पचास वर्षमा तपाईँहरुले ४० वटा शान्ति स्थापना मिसनलाई ६०००० शान्ति सेनाहरु उपलब्ध गराएर योगदान दिनुभएको छ । आफ्नो सैनिक तथा प्रहरी उपलब्ध गराएर योगदान गर्ने राष्ट्रहरुमा नेपाल पाँचौं स्थानमा पर्छ । हाम्रो ठूला शान्ति स्थापना मिसनहरु मध्येको एक सुडानको राष्ट्रसंघीय मिसनका फोस्र कमाण्डर नेपाली नै छन् । तपाईँहरुले हामीलाई तपाईँहरुको सबैभन्दा उत्कृष्ट मानवीय स्रोत उपलब्ध गराउनु भएको छ । ती मध्ये केहीले संयुक्त राष्ट्रसंघीय झण्डामुनि रहेर शान्तिका लागि आफ्नो जीवनको वलिदान दिएका छन् । एक नेपाली सैनिकको वीरताको कथा मेरो दिमागमा अझै ताजा नै छ । जुन २००५ मा सेनानी कबिन्द्रजङ्ग थापाले डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोको खतरनाक भूभागमा जाने समयमा एक मानव अधिकारकर्मीको टोलीलाई सुरक्षा प्रदान गर्न सहयोग गरिरहेका थिए । उनीहरुले त्यहाँको युद्धको सबैभन्दा निकृष्ट ज्यादतीसामूहिक वलात्कारका बारेमा छानबिन गर्दै थिए । उक्त टोलीको हिँड्ने क्रममा सयौं सशस्त्र मिलिसियाले हेलिकोप्टरलाई घेरे र गोली बर्षाउन थाले । सेनानी थापाले प्रत्येक व्यक्ति सुरक्षित साथ हेलिकोप्टर चढाए । हेलिकोप्टरमा चढ्ने उनी अन्तिम व्यक्ति थिए । हेलिकोप्टर भित्र चढ्ने बित्तिकै उनीलाई गोली लाग्यो र उनको निधन भयो । सेनानी थापाले आफ्ना साथीहरुको सुरक्षा गर्दै ज्यान दिए । उनले शान्ति र मानवअधिकारको रक्षार्थ ज्यान दिए । उनले संयुक्त राष्ट्रसंघको रक्षा गर्दै ज्यान दिए । उनको वीरतामा हामीले नेपालका सम्पूर्ण जनताहरुले प्रधानमन्त्री प्रचण्डको देशलाई 'शान्तिको नमूना' बनाउने सपना चरितार्थ गर्ने सक्ने सम्भावना बोकेको देख्न सक्छौं । नेपालका जनताहरुले लोकतन्त्रका लागि अडान लिएका छन् । उनीहरुले अरु राम्रो जीवन खोजेका छन् । नेपालीहरु सुदृढ भविष्यको हकदार छन् र नेपाललाई त्यस दिशातिर डोर्याउने जिम्मेबारी तपाईँहरुको हो । यो लक्ष्य प्राप्त गर्न तपाईँहरुलाई म सफलताको कामना गर्छु । धन्यवाद !" Read Address by Secretary-General to the Constituent Assembly of Nepal Nepalese journalists attending the press conference organized by UNMIN. Photos: Sitaram |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||