-UNO
बिशेष सम्बाददाता काठमाडौं, July 20, 2008-नेकपा एमालेका युबा नेता तथा अनेरास्वब्युका पूर्व अध्यक्ष
योगेश भट्टराई बिगत तीन हप्तादेखी अमेरिकि नेपालीहरु बिच भेटघाटमा ब्यस्त
रहेका छन्।
Yogesh Bhattarai with New Yorker
Nepalese. Photo courtesy: Tek Gurung
जुलाईको पहिलो हप्ता असोसिएशन अफ नेपालीज इन अमेरिका
(ANA) को अधिबेशनमा मुख्य अतिथिको रुपमा भाग लिन अमेरिका आइ पुगेका भट्टराई
वासिङ्टन डि.सी. को उक्त कार्यक्रम पछि न्यूयोर्कका नेपालीहरु बिच भेटघाटमा
लागेका छन्।
यसै बिच गत शुक्रबार नेता भट्टराईको सम्मानमा Nepalese Democratic Youth
Forum (NDYF) ले एक रात्रीभोजको आयोजना गरेको तथा उक्त भेलामा न्यू योर्कका
झन्डै ५० जना नेपालीहरुको सहभागीता रहेको थियो।
भट्टराईको यस पटकको अमेरिका यात्रा दोश्रो हो। यस अघी उनी सन् १९९९ मा यता
आएका थिए। उनी यसै महिनाको २४ तारिखमा नेपाल फर्किदै छन्।