UML General Secretary Jhalanath Khanal. Photo
courtesy: cpnuml.org काठमाडौं, August 23, 2008- नेकपा एमालेका महासचिव झलनाथ खनालले आफ्नो पार्टी हैसियत
गुमाएर अपमानका साथ सरकारमा नजाने बताएका छन् ।
हाम्रा सहयोगी पत्रकार मनोज साहले दिएको जानकारी अनुसार एमाले बारा जिल्ला
कमिटीको छैटौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै महासचिव खनालले एमाले झुकेर
सरकारमा नजाने दाबी गरे ।
मर्यादाक्रममा माओवादीसँग कुरा नमिलेर आफ्नो पार्टीले भदौ ६ गते सपथ ग्रहण
वरिस्कार गरेको उनको भनाई थियो । ठूलो पार्टी भएकाले प्रधानमन्त्रीमा सहयोग
गरेकाले मर्यादाक्रममा आफ्नो पार्टीलाई प्रधानमन्त्री पछिको दोश्रो स्थान
दिनुपर्ने खनालको जिकिर थियो । यसअघि ३ दलबीच दलहरुको मर्यादाक्रमबारे
सहमति भइसकेको समेत बताए ।
महासचिव खनालले आफूहरु जनताको आदेश अनुसार माओवादी नेतृत्वमा सरकार बनोस्
भनेर मात्र सरकारमा सहभागी हुन खोजेको खुलासा गरे ।