Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
एमाले भित्र सरकारमा को जाने भन्ने विवाद चर्कियो

काठमाडौं,  August 17, 2008- माओवादी नेतृत्वको सत्ता गठबन्धनको एक हिस्सेदार दल नेकपा एमाले भित्र सरकारमा को जाने भन्ने विवाद चर्किएको छ ।

स्थायी समिति सदस्य बामदेब गौतमको नेतृत्वमा सरकारमा जानुपर्छ भन्ने पक्षमा बहुमत देखिएपछि आज विहान बस्ने भनिएको स्थायी समितिको बैठक अचानक स्थगित गरिएको छ ।

जानकारी अनुसार १५ सदस्यीय एमाले स्थायी समितिका एक सदस्य निवर्तमान महासचिव माधव नेपाल जापान भ्रमणमा छन् । नेपालको अनुपस्थितिमा उनको मत बैकल्पिक स्थायी समिति सदस्य अशोक राईले हाल्न पाउने भएपछि गौतमको पक्षमा देखिएको हो । बैठक आइतबार विहान बस्ने कार्यक्रम थियो ।

गौतम पार्टीको नेतृत्व गर्दै सरकारमा जाने सम्भावना देखिएपछि महासचिव झलनाथ खनालले बैठक नै स्थगित गरिदिएको श्रोतले बताएको छ । महासचिव खनाल स्थायी समिति सदस्य इश्वर पोखरेलको नेतृत्वमा सरकारमा जानुपर्ने पक्षमा छन् । पोखरेल खनाल निकट मानिन्छन् । गौतमलाई माओवादीपरस्तको आरोप लाग्दै आएको छ ।

अब निवर्तमान महासचिव नेपाल स्वदेश फर्केपछिमात्र स्थायी समितिको बैठक बसेर कसको नेतृत्वमा सरकारमा जाने भन्ने कुराको टु्ङ्गो लगाइने भएको छ । नेपाल स्वदेश फर्कन अझै २-३ दिन लाग्ने बताइएको छ । निर्वाचनद्धारा देशले नयाँ प्रधानमन्त्री पाएपनि एमाले भित्रको गुटगत संघर्षका कारण पूर्ण आकारको सरकार पाउन अझै हप्तादिन पर्खनुपर्ने भएको छ ।

-Sitaram Baral in Kathmandu


















   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®