Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
सरकार नबन्दै सरकार छाड्ने चेतावनी: मन्त्रालय माग्न पत्रकारको शरणमा

काठमाडौं,  August 17, 2008- माओवादीसँग गठबन्धन भएको एक हप्ता बितेको छैन एमाले स्थायी कमिटि सदस्य इश्वर पोखरेलले नेकपा माओवादीले भएको सहमति कार्यान्वयन नगरे नयां गठबन्धन भंग हुने चेतावनी दिन थालेका छन् ।

पोखरेलले माओवादीले शान्ति सम्झौतामा उल्लेख गरिएका र पछिल्लोपटक आफूहरुसंग गरेको सहमति पालना जतिसक्दो छिटो गर्नुपर्ने बताएका छन् । 'माओवादीले सैन्य संरचना भंग गरेको व्यवहारिक कार्यान्वयन गर्नुपर्छ' पोखरेलको भनाई छ- 'माओवादी नेताहरुमा सहमति कार्यान्वयन नगर्ने परिपाठी कायम छ सहमति कार्यान्वयन नभए गठबन्धन टुट्छ ।'

रिपोटस्र क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले माओवादीलाई अझै विश्वास गर्न नसकिने बताए । माओवादीले शान्ति सम्झौताको पालना नगरेको आरोप लगाउदै पौडेलले भने- 'कांग्रेस जिम्मेवार प्रतिपक्षको भूमिका निभाएर संविधान निर्माणमा सकृय हुन्छ ।' माओवादीले कपटपूर्ण व्यवहार कायमै राखेको आरोप लगाउँदै पौडेलले माओवादीका गलत गतिविधिको विरोध गरेर लोकतान्त्रिक पद्धतिको विकासमा योगदान पुर्याउने बताए ।

नेकपा माओवादी का सचिवालय सदस्य टोपबहादुर रायमाझीले नयां सरकारले सहमतिको विकास गरेर मुलुक संचालन गर्ने बताए । 'सरकार सहमतिका लागि अन्य दलहरुलाई समेत समावेश गरी संविधान निर्माणमा लाग्नेछ' माओवादी नेता रायमाझीले भने- 'नेपाली जनताको चाहनाअनुसार लोकतान्त्रिक र अग्रगामी संविधान निर्माण हुनेछ ।' नयां सरकारले विगतमा भारतसंग भएका सन्धि-सम्झौताको पुनरावलोकन गरी नयाँ सम्झौताका लागि पाइला चाल्ने उनले बताए ।

नेकपा माले का महासचिव सीपी मैनालीले आफ्नो दलले भूमिसुधार मन्त्रालय पाउनुपर्ने बताए । अहिलेसम्म आफ्नो दलले भूमिसुधार मन्त्रालय संचालन गर्दै आएको बताउँदै मैनालीले भने- 'भूमिसुधार मन्त्रालय नपाए त्योभन्दा ठूलो माग रहन्छ होइन भने नेकपा माले सरकारमा सहभागी हुनेछैन ।' आफ्नो पार्टीले भूमिसुधार मन्त्रालय पाए भूमिसुधारका लागि नयां सोच र योजना ल्याउने दावीपनि उनले गरे । स्मरणीय छ, यो मन्त्रालय 'कमाई' हुनेमध्येको मन्त्रालय हो ।

नेपाल सद्भावना पार्टीका महासचिव अनिलकुमार झाले चािहं आफूहरु सरकारमा जाने नजाने भन्ने दोधारमै रहेको बताए । आफ्नो पार्टीलाई कसैलेपनि सरकारमा सहभागी हुन आग्रह नगरेको बताउँदै महासचिव झाले आफ्नो दल सरकारभन्दा संविधान निर्माणमा केन्द्रित भएको बताए । नेकपा संयुक्त का अध्यक्ष चन्द्रदेव जोशीले आफ्नो दललाई सरकारमा सहभागी गराउने हो भने उपयुक्त मन्त्रालय दिनुपर्ने बताए । जोशीको भनाई थियो- 'अहिले वामपन्थीको साझा मोर्चा बनाएर जाने नयां अवसर आएको छ यो मौका चुकाउनु हुँदैन ।'

-Sitaram Baral in Kathmandu
   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®