|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
एमालेले प्रचन्डलाई रोल्पा-२ छोडि दिने? बिशेष काठमाडौं ब्युरोबाट काठमाडौं, March 28, 2008-माओवादी अध्यक्ष प्रचण्डले एमालेसँग चुनावी तालमेलको अध्याय समाप्त भएको बताएका छन् । उनको यस्तो अभिव्यक्ति आएलगत्तै एमालेले भने प्रचण्डका लागि रोल्पा- २ छाडिदिने भएको छ । Prachanda in Liwang, Rolpa. Photo contributed by: Sirab चुनावी अभियानको क्रममा रौतहट पुगेका अध्यक्ष प्रचण्डले एमाले, राजावादी र विदेशीहरुको चंगुलमा फसेर तालमेलको विरुद्धमा उभिएकाले तालमेलको औचित्य अव समाप्त भएको बताए । उता एमाले महासचिव नेपालले भने तालमेलको सम्भावना अझै बाँकी रहेको जनाएका छन् । सीमा जोडिएका रौतहट र बारामा आयोजित कार्यक्रममा प्रतिस्पर्धी यी दुई कम्युनिष्ट पार्टीका शीर्ष नेताले उपरोक्त कुरा बताएका हुन् । एमालेको कमजोर संगठन रहेको रोल्पामा प्रचण्डको विजय भने निश्चित जस्तै छ । बताइए अनुसार शुक्रबार राजधानीको सभामार्फत् वा शनिवार विज्ञप्ति निकालेर एमालेले यससम्बन्धी घोषणा गर्दैछ । त्यहाँ एमालेका तर्फबाट शान्तकुमार ओली उठेका छन् । माओवादी अध्यक्ष प्रचण्ड रोल्पाको चुनावी अभियान सकेर देशव्यापी अभियानमा लागिसकेका छन् । एमालेकै कारण तालमेल हुननसकेको बताउदै रौतहट पुगेका प्रचण्डले सन्चारकर्मीहरुसँगको भेटमा भने- 'एमाले भनेको तानाशाहहरुको पाउमा दाम चढाएर ढोग्ने पार्टी हो तैपनि उ सच्चिन्छ कि र गणतन्त्रवादीहरुको बहुमत ल्याउन सकिन्छ कि भनेर हामीले निकै प्रयत्न गर्यौं तर उ दरवारको पन्जाबाट छुट्न सकेको रहेनछ त्यसैले उसँग अब ताममेलको ढोका बन्द भयो ।' चुनाव नजििकंदै गर्दा माओवादी आफ्नो विजयप्रति ढुक्क देखिन थालेको छ । मधेश आन्दोलनपछि पूर्वी र मध्य तराईमा माओवादी कमजोर देखिएपनि मधेशवादी दलहरुबीचको फाटो र मधेशका सभाहरुमा देखिएको उपस्थितिपछि माओवादी उत्साहित बनेको छ । एमाले महासचिव नेपालको गृहजिल्ला रौतहटको गौरमा आयोजित सभामा प्रचण्डले भने- 'संविधान सभा निर्वाचनमा हामीले १ सय ५० भन्दा बढि सिट जित्ने निश्चित भैसकेको छ । त्यसैलेपनि अब तालमेलको आवस्यकता छैन ।' उता
एमाले महासचिव नेपालले भने तालमेलको सम्भावना अझै बाँकी रहेको बताएका छन् ।
बाराको सिमरामा काठमाडौंकालागि जहाज चढ्नु अघि कार्यकर्ताहरुलाई सम्बोधन
गर्दै महासचिव नेपालले बताए- 'गणतन्त्रवादी पार्टीसँग एकता र चुनावी
तालमेलको सम्भावना अझै बाँकी छ ।'Madhav Kumar Nepal. Photo courtesy: UML.Org.np |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®