Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

एमालेको राजाधानीमा शक्ती प्रदर्सन, तर पुरानो शक्ती अझै फर्केन



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
देश बिखण्डन गराउन बिदेशी शक्तिहरु लागिरहेको एमाले महासचिब खनालको दाबी


UML public meeting in Kathmandu. Photos: Sitaram

काठमाण्डौ, 6 Feb, 09- बुटवलमा हुने आठौं महाधिवेशनको तैयारीकै क्रममा नेकपा एमाले ले राजधानी काठमाडौंमा शुक्रबार एक भब्य सभाको आयोजना गरेको छ ।

संविधान सभा निर्वाचनमा राजधानीमा नराम्रो पराजय भोगेको एमालेले आफ्नो शक्तिलाई पुनस्र्थापित गर्न महाधिवेशनको सन्दर्भमा यो सभाको आयोजना गरिएको हो । सभामार्फत् एमालेले राजधानीमा 'शक्ति प्रदर्शन गर्यो ।

आयोजकहरुले राजधानीमा हुने सभामा करिव २ लाखको उपस्थिति हुने बताएपनि सभाको उपस्थितिले एमाले नेताहरुको त्यो दाबी सत्य साबित हुन सकेन। आयोजकहरुले बुटवलमा महाधिवेशन उद्घाटन समारोहमा ३ लाख हुने दावी गरेका छन् ।

विभिन्न क्षेत्रबाट रत्नपार्कमा जुलुश पुगेपछि सुरु भएको मूल जुलुशको नेतृत्व एमाले महासचिव झलनाथ खनाल, पूर्व महासचिव माधब नेपाल लगायतका नेताहरुले गरेका थिए । सभामा बक्ताको रुपमा रहेका स्थायी समिति सदस्य केपी ओली र गृहमन्त्री बामदेब गौतम सभा सुरु भएपछिमात्र कार्यक्रम स्थलमा पुगेका थिए । उपचारार्थ बैकक गएका गौतम सभामा सम्बोधनकालागि शुक्रबारमात्र काठमाडौं फर्किएका थिए ।

राजधानीका विभिन्न क्षेत्रबाट आएका जुलुशमध्ये सबैभन्दा राम्रो प्रदर्शन अनेरास्ववियूले गरेको थियो । कार्यक्रममा विभिन्न आकर्षक झाँकीहरु प्रदर्शन गरिएका थिए । कार्यक्रमको सुरुवात बेलुनमा झुण्ड्याइएका आठ वटा झण्डा उडाएर गरिएको थियो । झण्डा बालबालिकाहरुले उडाएका थिए । तर झण्डा उडाउने निर्धारित कार्यक्रम भन्दा अगाडि नै ८ मध्ये ३ वटा झण्डा फुत्केर उडेका थिए । आठौं महाधिवेशन जनाउन आठ वटा झण्डाको प्रयोग गरिएको थियो ।
 

सभालाई सम्बोधन गर्दै एमाले नेतृ विद्या भण्डारी Photos: Sitaram

नेकपा एमाले महासचिव झलनाथ खनालले सामन्तवादी र यथास्थितिवादीले मुलुकको अग्रगतिलाई रोक्न खोजिरहेको बताएका छन् । देश बिखण्डन गराउन बिदेशी शक्तिहरु लागिरहेको भन्दै खनालले देश र राष्ट्रियताको रक्षाका निम्ति जुनसुकै बलिदान गर्नपनि एमाले तयार रहेको उल्लेख गरे ।

एमाले आठौ महाधिबेशनको तयारी र प्रचार प्रसारका लागि माघ २४ गते राजधानिमा आयोजना गरेको जनसभामा बोल्दै महासचिव खनालले एमालेको महत्वपूर्ण भूमिककै कारण देशमा शन्ति स्थापना भएको दावी गरे । नयाँ संबिधान बनाउनका लागि आर्थिक, सामाजिक र आर्थिक बिभेदलाइ अन्त्य गरिनुका साथै शान्ति प्रकृयालाइ पूर्णता दिनुपर्ने उनको भनाइ थियो ।

एमाले पूर्व महासचिव माधवकुमार नेपालले अहिलेको मुख्य कार्यभार जनताले चाहे अनुसारको प्रगतिशील संविधान निर्माण गर्नु भएको बताउँदै त्यसका लागि दलहरुको बीचमा राम्रो सम्बन्ध हुनुपर्नेमा जोड दिए । इतिहासको सम्मान गर्न नसके भबिष्यले आफूहरुलाइ सम्मान नगर्ने भन्दै नेपालले पुर्खाले बगाएको रगत पशिनाको मुल्याङ्कन गरिनुपर्नेमा उल्लेख गरे ।


सभालाई सम्बोधन गर्दै विद्यार्थी नेतृ रामकुमारी झाँक्री Photos: Sitaram

समाजको लोकतान्त्रीकरण गर्ने कार्यमा एमाले अगाडि सर्नुपर्ने भन्दै नेपालले मुलुक संक्रमणकाल र चुलमुले राजनितिक स्थितिमा एमालको भूमिका झन् बढेको धारणा राखे । संवैधानिका समितिको सभापति समेत रहेका नेपालले समयभित्र संबिधान बनाउन दलहरुबीच एक आपसमा सुमधुर सम्बन्ध र सहकार्य हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा एमाले नेता तथा उप्रधान एवं गहृमन्त्री बामदेव गौतमले एमाले नभएको भए १२ बुँदे समझदारी नहुने दाबी गरे । गौतमले बन्दुक र ज्यादति नभई बिचारको भरमा अगाडि बढ्नुपर्ने औँल्याए।


सभामा उपस्थितहरुलाई स्वागत गर्दै बालबालिकाहरु Photos: Sitaram

स्थायी समिति सदस्य केपी ओलीले उग्रबामपन्थि र िहंसाबादी शक्तिलाइ एमालेले शान्ति प्रकृयामा ल्याएको बताउँदै बिखण्डनकारी, िहंसाबादी र यथास्थितिबादिलाई मिलाएर अगाडि लैजान एमालॆ मात्र सक्षम रहेको दावी गरे । जनताको बहुदलीय जनवादले नै देशमा गणतन्त्र ल्याएको समेत ओलीको भनाई दावी थियो । महाधीबेशन पछि एमालेले अन्य दलको पिछलग्गु नभई आफ्नै पहिचान निर्माण गर्ने, उग्रबामपन्थि बिरुद्धको प्रतिकार दरिलो ढंगले अगाडि बदाउने, नयाँ नेपाल निर्माणको अगुवाइ र नेतृत्व गर्नका लागि आन्तरीक जीवनलाइ लोकतानत्रीक र एकताबद्ध बनाउने तथा लोकतन्त्रका नाममा हुने गुटबन्दिको अन्त्य गर्ने बताउनुभएको छ । ओलीले महाधिबेशन पछि एमाले नेतृत्वमा नयाँ र युवा पुस्ता आउने बताए । कार्यक्रममा स्थायी समिति सदस्य साहना प्रधान, नेतृ विद्या भण्डारी, रामकुमारी झाँक्रीमगर, कृष्णगोपाल श्रॆष्ठ लगायतले एमालेले संविधान सभामा नराम्रो धक्का खाएको भन्दै पाठ सिक्नुपर्ने धारणा राखेका थिए ।

एमालेको सभा सहभागी हुन उपत्यकाका विभिन्न भागबाट खुलामन्‍चमा केन्द्रीत भएका कार्यकर्ताहरुले नाराबाजी नगरेपनि ब्यान्ड बाजा र झाँकीका साथ जुलुश खुलामन्‍च पुगेका थिए ।

-Sitaram Baral & Santa Bagam in Kathmandu


आदिबासी महिलाहरु आफ्नो परम्परागत पोशाकमा Photos: Sitaram


सभामा उपस्थित स्थानीय नेवार महिलाहरु परम्परागत पोशाकमा




सभामा विद्यार्थीको तर्फबाट सहभागी जुलुशको नेतृत्व गर्दै विद्यार्थी नेतृ रामकुमारी झाँक्री Photos: Sitaram




आकासमा उडिरहेका बेलुनहरु Photos: Sitaram


जुलुशलाई आकर्षक बनाउन प्रयोग गरिएको लाखे नाच




जुलुशको तैयारी गर्दै अनेरास्ववियू अध्यक्ष रामकुमारी झाँक्रीमगर Photos: Sitaram





Photos: Sitaram
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®