एमाले महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक
प्रतिबेदन अब कस्ले लेख्ने?
काठमाण्डौं, November
20, 2008-
यसअघि महाधिवेशनमा प्रस्तुत गरिने प्रतिबेदनहरु एमालेका
महासचिवले तैयार गर्ने प्रचलन रहेपनि एमालेको आसन्न आठौं महाधिवेशनमा
प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन एमाले स्थायी समिति आफैंले तयार गर्ने
भएको छ ।
बुधवार सम्पन्न स्थायी समितिको बैठकले यस्तो निर्णय गरेको हो । महासचिव
झलनाथ खनाल संयोजक रहेको दस्तावेज मस्यौदा समितिमा स्थायी समितिका सबैलाई
सदस्य रहनेगरी पूर्णता दिएकाले महासचिवको साटो स्थायी समितिले नै प्रतिवेदन
तैयार गर्ने स्थिति देखा परेको हो ।
गत असोज २८ गते सम्पन्न एमालेको केन्द्रीय कमिटी पछिल्लो बैठकले महासचिव
झलनाथ खनाललाई दस्तावेज मस्यौदा समितिको संयोजकको जिम्मेवारी दिएको थियो ।
यसैगरी भरतमोहन अधिकारीको संयोजकत्वमा महाधिवेशन मुल व्यवस्थापन कमिटी गठन
गरिएको थियो ।
जानकारीअनुसार आगामी बस्ने सो पार्टीको केन्द्रीय कमिटीको बैठकमा प्रतिवेदन
प्रस्तुत गरी तल्ला कमिटीहरुमा छलफलका लागि लैजाने निर्णयपनि एमालेले गरेको
छ ।
स्थायी समितिको यो निर्णयले खनाललाई कमजोर महासचिवको रुपमा प्रमाणित गरेको
छ ।