|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
काँग्रेस र एमाले आ-आफ्नै दलका राष्ट्रपति माग
गर्दै प्रचन्ड कहाँ पुगे काठमाडौं, June 16, 2008- नेपाली काँग्रेस र एमालेले आ-आफ्नै पार्टीका राष्ट्रपति बनाइनु पर्ने पक्षमा देखिएका छन् । संविधान सभाबाट सबैभन्दा ठूलो दल बनेको नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई छुट्टाछुट्टै भेटी एमाले काँग्रसका नेताहरुले यस्तो माग गरेका हुन् । माओवादी अध्यक्ष दाहाल निवास नयाँ बजारमा असार १ गते आफ्नै पार्टीबाट राष्ट्रपति बनाइनु पर्ने प्रश्ताव लिएर एमालेका महासचिव झलनाथ खनाल र काँग्रेस नेता तथा गृहमन्त्री कृष्णप्रसाद सिटौला पुगेको स्रोतले जनाएको छ । एमाले स्थायी कमिटी सदस्य अमृतकुमार बोहरालाई समेत लिएर गएका महासचिव खनालले आफ्नै पार्टीका पूर्व महासचिव माधवकुमार नेपाललाई राष्ट्रपति बनाउन आग्रह गरेको स्रोतले बताएको छ । पूर्व महासचिव नेपाल संविधानको निर्वाचनमा काठमाडौं र रौतहत दुबै क्षेत्रबाट पराजित भएका थिए । काँग्रेस नेता अमरेश िसंहका साथ प्रचण्ड निवास पुगेका गृहमन्त्री सिटौलाले वर्तमान प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई नै राष्ट्रपति बनाउनु पर्ने प्रश्ताव गरेका थिए । खनाल र सिटौला दुबैको प्रश्ताव माओवादी नेतृत्वले अस्विकार गरेको माओवादी स्रोतले बताएको छ । उक्त स्रोतका अनुसार एमाले र माओवादीवीच प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई कुनै हालतमा राष्ट्रपति बनाउन नसकिने सहमती भएको छ । एक घण्टाभन्दा लामो छलफलपछि प्रचण्ड निवासबाट कालो अनुहार लिएर बाहिरिएका गृहमन्त्री सिटौलाले सन्चारकर्मीसँग भने आफू माओवादीलाई चाँडो सहमती निर्माण गर्नुस् भन्न आएको दाबी गरेका थिए । प्रधानमन्त्रीको विश्वास पात्र मानिने अमरेश कुमार िसंहले गृहमन्त्रीलाई सन्चारकर्मीसँग लामो कुराकानी गर्न दिएनन् । गृहमन्त्री सिटौला पुग्नुभन्दा आधा घण्टा पहिले प्रचण्ड निवासबाट बाहिरिएका एमाले महासचिव खनालले पनि सन्चारकर्मीसँग सरकार चाँडो गठन हुनु पर्यो भन्ने कुरा आफू राखेको बताएका थिए । महासचिव खनालले सहमतीको प्रयास जारी रहेको पनि उल्लेख गरे । स्थायी कमिटी सदस्य अमृतकुमार बोहरालाई युएस नेपाल अनलाईनले सम्पर्क गर्दा प्रचण्डसँग राखेको सबै कुरा अहिले मिडिया मार्फत सार्वजनिक गर्न नमिल्ने बताए । माओवादीको तर्फबाट अध्यक्ष दाहाल सहित वरिष्ठ नेताहरु डा. बाबुराम भट्टराई, रामबहादुर थापा 'बादल' र मोहन वैद्य 'किरण' सहभागी थिए । -Santa Bagam in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®